गीतकार दुर्गानीधि कौडाल (नवराज) को आधुनिक गजल ‘तिमिसँग मनको बह’ रेकर्ड गरिएको छ । कौडालको रचना तथा डा.श्यामसुन्दर चौधरीको स्वर र संगीत रहेकाे उक्त गजलको अरेन्ज तथा रेकर्डिङ रविन दर्शनधारी अल्फा स्टुडियो छाउनीले गरेको छ । मधुर बस्नेतको निर्माण तथा याक ईन्टरटेन्मेन्ट प्रा.लि.ले बजारमा ल्याउँदै गरेकाे म्युजिक भिडियोको गीत रेकर्डिङ सकिएकाे र छायांकनको तयारी भइरहेको कौडालले जानकारी गराउनु भयो ।
व्यास न.पा. १४ छाब्दी स्थायी घर भई लामाे समय काठमाडौँमा रहनु भएका कौडाल हाल अध्ययनको शिलशिलामा साईप्रसमा हुनुहुन्छ । कौडालले विदेशी भूमिमा रहँदा अध्ययन तथा रोजगारीबाट बचेको केही समयमा आफ्नो गीत संगीत प्रतिको लगनलाई निरन्तरता दिइरहनु भएको छ । ‘संगीत जीवनको मर्म हो’ भन्ने कौडालका आधुनिक गजल ‘भन्छन् नी दुनियाले’, रोईला गित ‘चलुबुले’ र लोक तथा आधुनिक गित ‘मर्म’ बजारमा आईसकेका छन । दर्शक तथा श्रोताले आफ्नो रचना मन पराएकोले थप उर्जा मिलेकोले विदेशी भूमिमा भएपनि आफ्नो सांगीतिक यात्रालाई निरन्तरता दिएको बताउँदै अझै अरु पनि रचना गर्दै जाने बताउनु भयो ।
सुनेको थिए पराईसँग नाता जोड्दै छौ रे अजम्बरी भनेर लाएको माया तिमिले तोड्दै छौ रे
तिमिसँग बाचा कसम खान पाको थिइन झुटो माया तिमिसँग मैले लाको थिईन्
बहुप्रतिभाका धनी, वृद्ध, तरुण तथा बालबच्चा जोकोहीका प्रिय पात्र, नेपालमा रहँदा एक सफल शिक्षकको रुपमा विभिन्न क्याम्पस तथा स्कुलहरुमा अंग्रेजी विषयको प्राध्यापन गर्नुहुन्थ्यो । पुस्तक लेखनमा पनि उत्तिकै रुची राख्ने कौडालका अंग्रेजी निबन्ध र व्याकरण, क्याम्पस स्तरीय विभिन्न पुस्तकहरू बजारमा आएका छन् ।
गीतकार दुर्गानीधि कौडाल (नवराज) को आधुनिक गजल ‘तिमिसँग मनको बह’ रेकर्ड गरिएको छ । कौडालको रचना तथा डा.श्यामसुन्दर चौधरीको स्वर र संगीत रहेकाे उक्त गजलको अरेन्ज तथा रेकर्डिङ रविन दर्शनधारी अल्फा स्टुडियो छाउनीले गरेको छ । मधुर बस्नेतको निर्माण तथा याक ईन्टरटेन्मेन्ट प्रा.लि.ले बजारमा ल्याउँदै गरेकाे म्युजिक भिडियोको गीत रेकर्डिङ सकिएकाे र छायांकनको तयारी भइरहेको कौडालले जानकारी गराउनु भयो ।
व्यास न.पा. १४ छाब्दी स्थायी घर भई लामाे समय काठमाडौँमा रहनु भएका कौडाल हाल अध्ययनको शिलशिलामा साईप्रसमा हुनुहुन्छ । कौडालले विदेशी भूमिमा रहँदा अध्ययन तथा रोजगारीबाट बचेको केही समयमा आफ्नो गीत संगीत प्रतिको लगनलाई निरन्तरता दिइरहनु भएको छ । ‘संगीत जीवनको मर्म हो’ भन्ने कौडालका आधुनिक गजल ‘भन्छन् नी दुनियाले’, रोईला गित ‘चलुबुले’ र लोक तथा आधुनिक गित ‘मर्म’ बजारमा आईसकेका छन । दर्शक तथा श्रोताले आफ्नो रचना मन पराएकोले थप उर्जा मिलेकोले विदेशी भूमिमा भएपनि आफ्नो सांगीतिक यात्रालाई निरन्तरता दिएको बताउँदै अझै अरु पनि रचना गर्दै जाने बताउनु भयो ।
तिमिसँग मनको बह पोख्न पाको थिईन
बाध्यताले तिमिसँग भेट्न पाको थिइन
सुनेको थिए पराईसँग नाता जोड्दै छौ रे
अजम्बरी भनेर लाएको माया तिमिले तोड्दै छौ रे
तिमिसँग बाचा कसम खान पाको थिइन
झुटो माया तिमिसँग मैले लाको थिईन्