शिक्षा र स्वास्थ्य क्षेत्रको ३ प्रतिशत समता कर लागू नहुने, सरकारको निर्णय

श्रावन ५, काठमाडौं । सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रस्ताव गरिएको ३ प्रतिशत समता कर हालका लागि लागू नगर्ने निर्णय गरेको छ । प्रधानमन्त्री बालेन शाहले मंगलबार सामाजिक सञ्जालमार्फत यो जानकारी सार्वजनिक गर्नुभएकाे हो। प्रधानमन्त्री शाहका अनुसार उक्त कर हालको स्वरूपमै कार्यान्वयन गर्दा सर्वसाधारणलाई थप आर्थिक भार पर्ने र निराशा बढ्ने देखिएपछि अर्थमन्त्री स्वर्णिम वाग्लेसँगको परामर्शमा यो निर्णयमा पुगिएको हो । उहाँले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क...

चिडियाखानामा बर्ड फ्लू लुकाएको आरोपमा प्रमुख साह पदमुक्त

असार ६, काठमाडौँ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा ‘बर्ड फ्लू’ को सङ्क्रमण पुष्टि भएको विषय गुपचुप राखेको गम्भीर आरोपमा चिडियाखाना प्रमुख सत्यनारायण साह पदमुक्त हुनुभएकाे छ। राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी) को केन्द्रीय कार्यालयलाई समयमै जानकारी नगराई सूचना लुकाएको आरोपमा कोषका अध्यक्ष एवं कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको निर्देशनमा साहलाई जिम्मेवारीबाट हटाइएको हो। वन्यजन्तुको सुरक्षा र सूचना प्रवाह जस्तो संवेदनशील विषयमा चरम लापरबाही गरेको भन्दै कोषले साहलाई केन्द्रीय...

स्वास्थ्य बीमा बोर्डले ओपिडी सेवा सुविधामा तोक्यो नयाँ सीमा

माघ १९, काठमाडौँ । नेपाल सरकारको स्वास्थ्य बीमा बोर्डले ओपिडी सेवाको वार्षिक सुविधा सीमित गर्ने महत्वपूर्ण निर्णय गरेको छ। अब स्वास्थ्य बीमा गरेका परिवारले एक आर्थिक वर्षमा ओपिडी सेवाबाट अधिकतम २५ हजार रुपैयाँसम्म मात्र उपचार सुविधा पाउने भएका छन्। बोर्डले व्ययभार बढ्दै गएपछि कार्यक्रमलाई दिगो बनाउन र बिमित नागरिकलाई प्रभावकारी सेवा दिने उद्देश्यले यो कदम चालेको जनाएको छ।पाँच जनासम्मको परिवार लाई वार्षिक रु. २५,००० सम्मको सुविधा...

भेरी अस्पतालमा एनिमिया र थालसेमियाकाे २४ सै घण्टा उपचार सेवा शुरू

पाैष ९, काठमाडाैँ । भेरी अस्पतालमा एनिमिया र थालसेमियाकाे २४ सै घण्टा उपचार सेवा शुरू भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले थारु समुदायको प्रमुख स्वास्थ्य समस्या सिकलसेल एनिमिया र थालसेमियाकाे उपचार सेवा सेवाको उद्घाटन गर्नु भएको हाे । मन्त्री पाैडेलले उद्घाटन कार्यक्रममा सिकलसेलको औषधी नि:शुल्क रूपमा वितरण गर्ने मन्त्रालयको योजना रहेको बताउनुभयो ।स्वास्थ्य मन्त्रालयको विशिष्टिकृत सेवा प्रदेशस्तरमा विस्तार गर्ने योजनाअन्तर्गत मृगौला प्रत्यारोपण सेवा विस्तार गर्न शहीद धर्मभक्त...

कोरोनाभाइरसको नयाँ भेरियन्ट बीएफ-७ संक्रमण बढ्दै गएको भन्दै सचेत रहन आग्रह

पाैष ९, काठमाडाैं । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिकस्थलमा अनिवार्य मास्क लगाउन अनुरोध गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति निकालेर छिमेकी देशमा कोरोनाभाइरसको नयाँ भेरियन्ट बीएफ-७ को संक्रमण बढ्दै गएको भन्दै माक्स लगाउन आग्रह गरेको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता तथा डा. सञ्जयकुमार ठाकुरद्वारा हस्ताक्षरित विज्ञप्तिमा स्यानिटाइजरको प्रयोग गर्न, नियमितरूपमा साबुनपानीले हात धुन, भौतिक दूरीसमेत कायम गर्न पनि आग्रह गरेको छ । यसैगरी कोभिड–१९ को बुस्टर...

देशभर २०६५ जनामा कोरोना संक्रमण २५ जनाकाे मृत्यु

पछिल्लो २४ घण्टामा देशभर २०६५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन विधिगरी कुल १३ हजार ११७ जनाको परीक्षण भएको थियो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २५ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या १० हजार ६६३ पुगेको छ । हालसम्म कोरोना संक्रमितको कुल संख्या ८ लाख ३८ हजार ९४८ पुगेको...

नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ११४ जनामा सङ्क्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ११४ जनामा सङ्क्रमण पुष्टि भएको छ । १४ हजार ९१० जनाको पीसीआर र एन्टीजेन विधीत्राट परीक्षण गर्दा पीसीआर विधिबाट २३०९ र एन्टिजेन विधिबाट ८०५ जनामा सङ्क्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा २ हजार १९७ जना कोरोनाबाट मुक्त भएका छन्। आज १६ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ। ...

नेपालमा पनि सङ्क्रमितको सङ्ख्या घट्यो

काठमाडौँ, जेठ १ । नेपालमा आज सङ्क्रमितको सङ्ख्यामा केही कमि भएको छ । आज बिगत २४ घण्टामा ८१६७ जना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १८ हजार ५ सय ४८ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा ८१६७ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा २१४६, भक्तपुरमा ३४७ र ललितपुरमा ४४४ जना गरी गत २४ घण्टामा काठमाडौं उपत्यकामा २९३७ जना संक्रमित भएका छन् । गत २४ घण्टामा १ सय ८७...

वीर अस्पतालको नयाँ भवन अब कोरोना विशेष अस्पताल

वीर अस्पतालको नयाँ भवनलाई ५ सय शय्याको कोभिड-१९ अस्पताल बनाइने भएको छ । आज बसेको मन्त्रपिरिषद् बैठकले उक्त निर्णय गरेको हो । केही दिनअघि उपप्रधानमन्त्री इश्वर पोख्रेलको अध्यक्षतामा बसेको सीसीएमसीको बैठकले वीर अस्पतलालको नयाँ भवनलाई कोभिड-१९ विशेष अस्पताल बनाउनका लागि मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो । आज साँझ बालुवाटारमा बसेको बैठक कोभिड-१९ नियन्त्रणकै विषयमा केन्द्रित रहेको परारष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । ...

नेपालमा ९०० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि

काठमाडौँ, बैशाख ३ । पछिल्लो २४ घण्टामा नेपालमा ९०० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकानुसार ६ हजार १५८ जनाको स्वास्थ्य परीक्षण गर्दा ९०० जनामा सङ्क्रमण पुष्टि भएको हो । काठमाडौँ उपत्यकामा ३४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ जसमा काठमाडौँमा २८६, ललितपुरमा ४३ जना र भक्तपुरमा १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । नेपालमा अहिलेसम्म कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ८२ हजार ८९० छ...