सिंहदरबार, सर्वोच्च अदालतको आगजनी: रसायन प्रयोगको आशंका हट्यो, पेट्रोलियम मात्र पुष्टि
August 21, 2026
भदौ ५, काठमाडौं। जेनजी आन्दोलनका क्रममा भदौ २४ गते सिंहदरबार, सर्वोच्च अदालत र राष्ट्रपति भवनलगायतका संरचनामा भएको आगजनीमा पेट्रोलियम पदार्थबाहेक अन्य कुनै रासायनिक पदार्थ प्रयोग भएको पुष्टि हुन सकेको छैन। भारतको प्रयोगशालाबाट प्राप्त परीक्षण प्रतिवेदनका आधारमा नेपाल प्रहरीका एक प्रवक्ताले जानकारी दिनुभएकाे हो।
घटनाको एक महिनापछि अमेरिकी अखबार द न्यूयोर्क टाइम्समा छापिएको एउटा रिपोर्टले नेपालमा ठूलो चर्चा पाएको थियो। सो रिपोर्टमा आगजनी योजनाबद्ध हुनसक्ने र सोडियम, म्याग्नेसियम जस्ता प्रज्वलनशील रसायन प्रयोग भएको हुनसक्ने अनुमान गरिएको थियो। रिपोर्ट छापिँदासम्म प्रहरीले घटनास्थलबाट नमूना नै संकलन गरिसकेको थिएन।
पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित जाँचबुझ आयोगले पनि सामाजिक सञ्जाल ‘डिस्कर्ड’को कुराकानी केलाउँदा मोलोटोभ ककटेलबारे ३५६ पटक छलफल भएको र सोडियम, नेपाल्म बनाउने सूत्र आदानप्रदान भएको फेला पारेको थियो। तर वैज्ञानिक प्रमाणले यसलाई पुष्टि गर्न सकेको थिएन।
भदौ २३ गते प्रहरीको गोलीबाट २० जनाको मृत्यु भएपछि आन्दोलन उग्र बनेको र भदौ २४ गते मात्र थप २० जनाको मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ। समग्र मृतक संख्या ७६ पुगेको थियो।
नेपालमा त्यस्ता रसायन जाँच्ने प्रयोगशाला नभएकाले सिंहदरबार, सर्वोच्च अदालतलगायतबाट लिइएको नमूना भारतको प्रयोगशालामा पठाइएको थियो। आयोगले फागुन २४ गते प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाउँदासम्म भारतबाट नतिजा आइसकेको थिएन। नमूना संकलन नै ढिलो भएकाले र त्यसपछि परेको वर्षाले पनि प्रमाण नाश भएको हुनसक्ने अनुमान थियो — अनुसन्धान गर्ने प्रहरी आफैं आक्रमणको सिकार भएकाले लामो समय काम अघि बढाउनै सकेको थिएन।
श्रोतका अनुसार भारतीय प्रयोगशालाको रिपोर्टमा पेट्रोलियम पदार्थबाहेक अन्य कुनै रसायन प्रयोग भएको उल्लेख छैन। घटनाकै बेला प्रदर्शनकारीले मोटरसाइकलबाट पेट्रोल निकालेको तस्बिर-भिडिओ पनि सार्वजनिक भएका थिए, जसले प्रहरीको सुरुदेखिकै आकलनलाई बल पुर्यायो।