रसुवा बाढी : उद्धार-राहतमा सेना, प्रहरी परिचालन, प्रधानमन्त्री शाहको सुरक्षित स्थानमा बस्न आग्रह
August 26, 2026
भदौ १०, काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीपछि उद्धार तथा राहतका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी परिचालन गरिएको प्रधानमन्त्री बालेन्द्र शाहले जानकारी दिनुभएकाे छ।
सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री शाहले विपद् व्यवस्थापन प्राधिकरणलाई सक्रिय बनाइएको र प्रभावित क्षेत्रमा मेडिकल टिम, नेपाल स्काउट र रेडक्रसलगायतका निकायसँग समन्वय गरी आवश्यक कदम चाल्न निर्देशन दिइएको उल्लेख गर्नुभएकाे छ।
नुवाकोट र धादिङसहित तल्लो तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइएको पनि उहाँले जनाउनुभएकाे छ।
प्रधानमन्त्री शाहले सबैलाई सुरक्षित स्थानमा बस्न आग्रह गर्दै आफन्तसँग सम्पर्क हुन नसकेमा सम्बन्धित सरकारी निकायबाट जारी हुने उद्धारसम्बन्धी सूचनाको प्रतीक्षा गर्न अनुरोध गर्नुभएकाे छ। प्रभावित क्षेत्रका नागरिकलाई एसएमएस र फोनमार्फत समेत सुरक्षित स्थानमा जान अलर्ट गरिएको उहाँले बताउनुभएकाे छ।
साथै, सम्भावित उद्धार तथा राहत कार्यका लागि सबै हेलिकप्टरलाई तयारी अवस्थामा राख्न निर्देशन दिइएको प्रधानमन्त्री शाहले जनाउनुभएकाे छ।