• समाचार
    • समाज
    • विचार/ब्लग
    • अर्थ
    • सूचना/प्रविधि
    • स्वास्थ्य
    • साहित्य
    • अन्तर्राष्ट्रिय
    • आर्थिक
    • खेलकुद
    • मनोरञ्जन
    • कानुन

नेपालगञ्ज–पोखरा हवाई उडान भदौको अन्तिम साताबाट पुनः सञ्चालन हुने

August 21, 2026

ShareTweet
Subscribe

भदौ ५, काठमाडौँ । लामो समयदेखि रोकिएको नेपालगञ्ज–पोखरा नियमित हवाई सेवा यही भदौको अन्तिम सातादेखि पुनः सञ्चालन हुने भएको छ। निजी क्षेत्रको सेवा प्रदायक बुद्ध एयरले यही भदौ ३१ गतेदेखि नेपालगञ्ज–पोखरा उडान पुनः सञ्चालन गर्न लागेको जनाएको हो।

बुद्ध एयर नेपालगञ्जका प्रमुख विनीतविक्रम शाहले यात्रुको माग बढेकाले उडान पुनः सञ्चालन गर्ने निर्णय भएको जानकारी दिनुभयो। उहाँका अनुसार भारतको उत्तर प्रदेशलाई पोखरासँग सिधा जोड्ने यो उडानका लागि यात्रुको माग बढ्दै गएको छ। गत जेठ ५ गतेदेखि यो उडान स्थगित गरिएको थियो।

भारतबाट आउने धार्मिक पर्यटकको सङ्ख्या घट्नु र इन्धन खर्च बढी हुनुका कारण उडान रोकिएको शाहले बताउनुभयो। पछिल्लो समय धार्मिक पर्यटकको सङ्ख्या पुनः बढ्नाका साथै उडानको माग बढेकाले सेवा पुनः सञ्चालन गर्न लागिएको उहाँले जनाउनुभयो। तालिकाअनुसार आइतबार, बुधबार र शुक्रबार उडान सञ्चालन हुनेछ, र त्यसका लागि बुकिङ खुला गरिइसकिएको बुद्ध एयरले जनाएको छ।

नेपालगञ्ज–पोखरा उडान पुनः सञ्चालन हुने भएपछि बाँकेका पर्यटन व्यवसायी उत्साहित भएका छन्। पर्यटन प्रवद्र्धन मञ्च बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले पश्चिम नेपालसँगै भारतका नागरिकलाई समेत पोखरासँग सिधा जोड्ने भएकाले यो उडान पर्यटन व्यवसायीका लागि महत्वपूर्ण रहेको बताए। उनका अनुसार हवाई सेवा सञ्चालन भएपछि पोखरालगायतका क्षेत्रबाट बागेश्वरी मन्दिर तथा भारतको अयोध्यासहितका धार्मिकस्थलमा पुग्न सहज हुनेछ। साथै बाँके, बर्दिया, दाङ, सुर्खेतलगायत पश्चिम नेपालका नागरिकलाई पोखरा र मुस्ताङ पुग्न पनि यसले सहज बनाउने उनले बताए।

स्थानीय पर्यटन व्यवसायीको लामो प्रयासपछि २०७८ साल साउन १७ गतेदेखि सातामा तीन दिन नेपालगञ्ज–पोखरा उडान शुरू गरिएको थियो।

संबन्धित शीर्षकहरु

रसुवा बाढी : उद्धार-राहतमा सेना, प्रहरी परिचालन, प्रधानमन्त्री शाहको सुरक्षित स्थानमा बस्न आग्रह
भोटेकोसी नदीमा बाढी, रसुवाका जलविद्युत् आयोजनामा ठूलो क्षति
मनसुनको प्रभावले देशभर वर्षा, कतिपय स्थानमा भारी वर्षाको चेतावनी
प्रधानमन्त्री शाह आज प्रतिनिधिसभामा सांसदका प्रश्नको जवाफ दिने, ११ जनाले दर्ता गराए प्रश्न
जितपुर सिमरा: बालिका गरिमा चौधरी हत्या प्रकरणमा सरकार-पीडित परिवारबीच तीनबुँदे सहमति
बिजुली खपत बढ्दो क्रममा, प्रतिव्यक्ति ४१८ युनिट नाघ्यो
नेपवेस्टसँगको सम्झौता टुंग्याउन मेयरहरूको माग, फोहोर व्यवस्थापन अलपत्र
सिंहदरबार, सर्वोच्च अदालतको आगजनी: रसायन प्रयोगको आशंका हट्यो, पेट्रोलियम मात्र पुष्टि

ताजा अपडेट

  • बिहान ११:०० बजे देखि सा‌ँझ ५:०० बजे सम्म यी ठाउँमा विद्युत प्राधिकरणको सटडाउन
  • रसुवा बाढी : उद्धार-राहतमा सेना, प्रहरी परिचालन, प्रधानमन्त्री शाहको सुरक्षित स्थानमा बस्न आग्रह
  • भोटेकोसी नदीमा बाढी, रसुवाका जलविद्युत् आयोजनामा ठूलो क्षति
  • मनसुनको प्रभावले देशभर वर्षा, कतिपय स्थानमा भारी वर्षाको चेतावनी
  • प्रधानमन्त्री शाह आज प्रतिनिधिसभामा सांसदका प्रश्नको जवाफ दिने, ११ जनाले दर्ता गराए प्रश्न
  • जितपुर सिमरा: बालिका गरिमा चौधरी हत्या प्रकरणमा सरकार-पीडित परिवारबीच तीनबुँदे सहमति
  • बिजुली खपत बढ्दो क्रममा, प्रतिव्यक्ति ४१८ युनिट नाघ्यो

सम्पादक/संचालक

डी.पी. तिम्सिना

कार्यकारी सम्पादक

टेलिना खनाल

सह–सम्पादक

राधिका कार्की

अध्यक्ष

शिखा पुरी

सुचना बिभाग दर्ता नं. १९००/०७६–०७७

हाम्रो बारेमा

यो ई–पत्रिका अनलाइन न्युज पोर्टल हो । यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधिका समाचार तथा विश्लेषणलाई समेट्छ।

Epatrikaa
सम्पर्क

स्ट्याण्डर्ड पब्लिकेसन प्रा.लि.

काठमाडौँ, नेपाल

फोन: ०१-४३८८०४२,९८५१०६४९३२,९८२४६१२९२२

इमेल: epatrikaa@gmail.com

: epatrikanepal@gmail.com