भदौ ७, काठमाडौं । देशभर बिजुलीको प्रयोग निरन्तर बढिरहेको छ। गत आर्थिक वर्षमा प्रतिव्यक्ति विद्युत् खपत करिब ६ प्रतिशतले उकालो लागेर ४१८.३१ युनिटमा पुगेको छ । वर्षको सुरुवातमा यो आँकडा ३९४.६९ युनिट मात्र थियो भने एक वर्षभित्रै प्रतिव्यक्ति खपतमा साढे तेइस युनिटको वृद्धि भएको हो।
नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनले यो तथ्य उजागर गरेको छ। प्रतिवेदनका अनुसार खपत बढ्नुको प्रमुख कारण बिजुली प्रयोगकर्ताको संख्यामा भएको उल्लेखनीय वृद्धि हो। गत वर्ष मात्रै उपभोक्ता संख्या साढे तीन प्रतिशतले बढेको छ । करिब दुई लाख पाँच हजार नयाँ प्रयोगकर्ता थपिएसँगै कुल संख्या ६३ लाख ८३ हजार ९१६ पुगेको छ, जुन अघिल्लो वर्ष ६१ लाख ७८ हजार ७५३ मात्र थियो।
यी प्रयोगकर्तामध्ये अधिकांश, अर्थात् ५९ लाख २७ हजार ४४० घरधुरीले प्राधिकरणबाटै सिधा बिजुली पाइरहेका छन्, भने बाँकी करिब साढे चार लाख घरपरिवार सामुदायिक र ग्रामीण विद्युतीकरण योजनामार्फत जोडिएका छन्।
दीर्घकालीन प्रवृत्ति हेर्ने हो भने विस्तार अझ स्पष्ट देखिन्छ छ वर्षअघि जम्मा ४५ लाख २८ हजार ४११ रहेको प्रयोगकर्ता संख्या अहिले ६३ लाख ३३ हजार नाघिसकेको छ।
प्राधिकरणले यसलाई राष्ट्रिय विद्युत् प्रणालीको पहुँच फराकिलो हुँदै गएको संकेतको रूपमा लिएको छ, जसले समग्र माग पनि बढाइरहेको छ। यही क्रममा गत आर्थिक वर्षमा बिजुली बिक्री साढे नौ प्रतिशतले वृद्धि भई १२ अर्ब ३७ करोड ६५ लाख ८२ हजार युनिट पुगेको छ, जुन एक वर्षअघि ११ अर्ब २८ करोड ८२ लाख ६८ हजार युनिट थियो।