प्रहरीद्वारा विभिन्न स्थानबाट लागूऔषध सहित २६ जना पक्राउ

श्रावण ३०, काठमाडौँ । देशभरका विभिन्न स्थानबाट अवैध तथा नियन्त्रित लागूऔषध सहित प्रहरीले २६ जनालाई नियन्त्रणमा लिएको छ। कास्कीमा पोखरा महानगरपालिका-१ सिम्पानीबाट टापेन्टाडोल २२० ट्याब्लेट सहित लामाचौर बस्ने २५ वर्षीय सन्दिप गुरूङ समेत ५ जनालाई शुक्रबार राति पक्राउ गरिएको छ। अनुसन्धानको क्रममा सिम्पानी बस्ने २१ वर्षीय लुकास तामाङको हेम्जास्थित डेरा कोठाबाट थप ८०० ट्याब्लेट फेला परेपछि उनलाई पनि पक्राउ गरिएको हो। मोरङमा सुन्दरहरैँचा नगरपालिका-५ खोक्सीबाट ब्राउनसुगर जस्तो पदार्थ ३९० मिलिग्राम सहित...

स्मार्ट टेलिकम सम्पत्ति लिलामी प्रकरण: भण्डारीको थुनुवा म्याद विरुद्धको रिटमा सर्वोच्चमा सुनुवाई

श्रावण २२, काठमाडौँ । स्मार्ट टेलिकमको सम्पत्ति लिलामीसँग जोडिएको विवादमा पक्राउ परेका नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन कार्यकारी अध्यक्ष भुपेन्द्र भण्डारीको थुनुवा म्याद थप विरुद्ध दायर बन्दीप्रत्यक्षीकरण रिटमाथि सर्वोच्च अदालतमा सुनुवाई भइरहेको छ। जिल्ला अदालत काठमाडौंले भण्डारीलाई थप ६ दिन थुनामा राखी अनुसन्धान गर्न अनुमति दिएको थियो। यसै आदेशको विरुद्धमा उहाँकी पत्नी दिप्ती बस्नेतले साउन २१ गते केन्द्रीय अनुसन्धान ब्यूरो, जिल्ला सरकारी वकिल कार्यालय, जिल्ला अदालत काठमाडौं र प्रहरी प्रधान कार्यालयसमेतलाई...

सम्पत्ति शुद्धीकरण विभागद्वारा सात मुद्दा, १२१ प्रतिवादी उपर एक खर्ब बढी बिगो दाबी

श्रावण ८, काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले चालु आर्थिक वर्षमा सातवटा मुद्दामा अनुसन्धान पूरा गरी अघि बढाएको छ । विभागले बिहीबार सार्वजनिक गरेको विवरणमा यसको उल्लेख छ । विभागका अनुसार उक्त सातवटा मुद्दामा जम्मा १२१ जना व्यक्ति प्रतिवादी बनाइएका छन् । यिनीहरूबाट कुल एक खर्ब १८ अर्ब ५ करोड रुपैयाँ बराबरको बिगो भराउनुपर्ने दाबी विभागले गरेको हो । विभागमा प्राप्त हुने सम्पत्ति शुद्धीकरण र आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानीसम्बन्धी उजुरी तथा...

अभियानी वेदिका केसी पक्राउ

श्रावण ७, काठमाडौँ । चरित्र हत्या गरेको आरोपमा प्रहरीले अभियानी वेदिका केसीलाई पक्राउ गरेको छ। साइबर ब्युरोले बिहीबार बिहान काठमाडौंको जोरपाटीबाट उनलाई पक्राउ गरेको हो। एक महिलाले सामाजिक सञ्जालमार्फत आफ्नो चरित्र हत्या गरिएको भन्दै जाहेरी दिएपछि थप अनुसन्धानका लागि केसीलाई पक्राउ गरिएको हो। जाहेरीको विस्तृत विवरण र जाहेरवाला को हुन् भन्ने भने खुलाएका छैन। उल्लेखनीय छ, धर्म, आस्था र परम्पराका बारेमा प्रचलित गलत धारणा वा विषयहरूलाई लिएर केसीले लगातार बहस र...

कांग्रेस नेता आङटावा शेर्पालाई ४ वर्ष कैद

असार ३०, काठमाडौँ । बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वसंविधानसभा सदस्य आङटावा शेर्पालाई दोषी ठहर गर्दै कैद र जरिवानाको फैसला सुनाएको छ। मंगलबार न्यायाधीश तेजबहादुर खड्काको एकल इजलासले शेर्पालाई ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवानाको फैसला गरेको हो। अदालतले उनलाई ठगी, सङ्गठित अपराध र राज्यविरुद्धको कसुरमा दोषी ठहर गरेको छ। नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने लोभ देखाई ठगी गर्ने गिरोहलाई सघाएको...

नक्कली भुटानी शरणार्थी प्रकरण: बेचन झालाई एक वर्ष कैद र १० हजार जरिवाना

असार ३०, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले मुख्य प्रतिवादीमध्येका एक बेचन झालाई दोषी ठहर गर्दै सजाय निर्धारण गरेको छ। मंगलबार न्यायाधीश तेजबहादुर खड्काको इजलासले झालाई ‘ठगी उद्योग’को कसुरमा दोषी ठहर गर्दै एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको हो। झा यस प्रकरणमा लामो समयदेखि चर्चामा रहेका पात्र हुन्। उनी २०८१ असार १४ गते पक्राउ परेका थिए। अदालतले ठगी उद्योगको कसुरमा उनलाई दोषी ठहर गरेसँगै...

नक्कली भुटानी शरणार्थी प्रकरण: पूर्वगृहमन्त्री खाण दोषी ठहर, २ वर्ष कैदको फैसला

असार ३०, काठमाडौँ | बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई दोषी ठहर गरेको छ। मंगलबार जिल्ला न्यायाधीश तेजबहादुर खड्काको इजलासले खाणलाई ‘ठगी र सङ्गठित अपराध’ को कसुरमा मतियारका रूपमा दोषी ठहर गर्दै २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको हो। जिल्ला अदालतको यस फैसलाले खाणको राजनीतिक करियरमा गम्भीर प्रश्न खडा गरेको छ। कानुनतः खाणलाई उच्च अदालत र सर्वोच्च अदालतमा...

व्यवसायी सुलभ अग्रवाल र दीपक भट्ट पुर्पक्षका लागि थुनामा

असार ३, काठमाण्डाै । विशेष अदालतले बहुचर्चित सम्पत्ति शुद्धीकरण (मनी लाउन्ड्रिङ) मुद्दाका प्रतिवादीहरू व्यवसायी सुलभ अग्रवाल र दीपक भट्टलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । अदालतका अध्यक्ष न्यायाधीश सुदर्शनदेव भट्ट तथा सदस्य न्यायाधीशहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले बुधबार थुनचेक बहसपछि दुवै प्रतिवादीलाई धरौटीमा रिहा गर्न अस्वीकार गर्दै कारागार चलान गर्न आदेश दिएको हो । अदालतको यो आदेशसँगै दुवै जनालाई डिल्लीबजार कारागार पठाइएको छ । कूल ३९...

सेफ सन्तोष साह थुनामुक्त

असार २, काठमाडौं । चेक अनादरसम्बन्धी मुद्दामा पक्राउ परेका चर्चित सेफ सन्तोष साह रिहा हुनुभएकाे छ । व्यवसायी शकुन्तला अधिकारी थापाले दिएको उजुरीका आधारमा पक्राउ पर्नुभएका साह पीडित पक्षलाई चेकबमोजिमको रकम भुक्तानी गरेपछि हाजिरी जमानीमा रिहा हुनुभएकाे हाे । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले साहलाई गत शुक्रबार जनकपुरबाट पक्राउ गरी काठमाडौं ल्याएको थियो । अनुसन्धान प्रक्रिया पूरा गरी जिल्ला प्रहरी परिसर काठमाडौंको रोहवरमा उहाँलाई सोमबार रिहा गरिएको परिसरका प्रवक्ता...

सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र उपस्थित गराउन प्रहरीलाई आदेश

फागुन काठमाडौं । सर्वोच्च अदालतले पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र उपस्थित गराउन प्रहरीलाई आदेश दिएको छ । प्रसाईंको हकमा दायर भएको बन्दीप्रत्यक्षीकरण रिट निवेदनमा न्यायाधीश कुमार रेग्मीको एकल इजलासले २४ घण्टा भित्र उपस्थित गराउन आदेश दिएको हो । आदेशमा भनिएको छ,यसमा के कसो भएको हो ? “निवेदकको मागबमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? मागबमोजिमको आदेश जारी हुनु नपर्ने कुनै आधार र कारण भए सवुद प्रमाण...