प्रहरीद्वारा विभिन्न स्थानबाट लागूऔषध सहित २६ जना पक्राउ
August 15, 2026
श्रावण ३०, काठमाडौँ । देशभरका विभिन्न स्थानबाट अवैध तथा नियन्त्रित लागूऔषध सहित प्रहरीले २६ जनालाई नियन्त्रणमा लिएको छ।
कास्कीमा पोखरा महानगरपालिका-१ सिम्पानीबाट टापेन्टाडोल २२० ट्याब्लेट सहित लामाचौर बस्ने २५ वर्षीय सन्दिप गुरूङ समेत ५ जनालाई शुक्रबार राति पक्राउ गरिएको छ। अनुसन्धानको क्रममा सिम्पानी बस्ने २१ वर्षीय लुकास तामाङको हेम्जास्थित डेरा कोठाबाट थप ८०० ट्याब्लेट फेला परेपछि उनलाई पनि पक्राउ गरिएको हो।
मोरङमा सुन्दरहरैँचा नगरपालिका-५ खोक्सीबाट ब्राउनसुगर जस्तो पदार्थ ३९० मिलिग्राम सहित २२ वर्षीय प्रसान्त मगर, लेटाङ नगरपालिका-३ विरनटोलबाट गाँजा करिब १०० ग्राम सहित १८ वर्षीय एक किशोर, र कानेपोखरी गाउँपालिका-६बाट ब्राउनसुगर जस्तो पदार्थ २ ग्राम ५०० मिलिग्राम सहित २४ वर्षीय निमेस घिमिरे पक्राउ परेका छन्।
सुनसरीको इटहरी उपमहानगरपालिका-१०बाट खैरो हेरोइन जस्तो पदार्थ ५ ग्राम ८५० मिलिग्राम सहित ४१ वर्षीय मोहन गुरूङ समेत ३ जना पक्राउ परेका छन्।
बर्दियाको बढैयाताल गाउँपालिका-२बाट खैरो हेरोइन करिब ३४९ ग्राम ३६० मिलिग्राम सहित ५२ वर्षीय दिवे सुनार पक्राउ परेका छन्।
धनुषाको विदेह नगरपालिका-८ बफैबाट खैरो हेरोइन जस्तो पदार्थ ३९ ग्राम ३६० मिलिग्राम सहित २८ वर्षीय उमेश मण्डल पक्राउ परेका छन्।
झापाको बिर्तामोड नगरपालिका-३बाट ब्राउनसुगर जस्तो पदार्थ ४९० मिलिग्राम सहित ४० वर्षीय सन्तोष राजबंशीलाई सिटि सफारी (प्र.१-०१-००२ ह ७८६६) सहित पक्राउ गरिएको छ।
ललितपुरमा हरीसिद्दी गुमथचोकबाट ट्रामाडोल ६० ट्याब्लेट र पोलेन ४ ग्राम सहित मोटरसाइकल (ना.३३ प ६४५४) मा सवार महोत्तरीका २५ वर्षीय सुरज तामाङ समेत २ जना, र महालक्ष्मी नगरपालिका-३ ईमाडोलबाट टापेन्टाडोल ७१० ट्याब्लेट र प्रेगाब्लिन २४ ट्याब्लेट सहित बाजुराका २९ वर्षीय खगेन्द्र बहादुर राउत पक्राउ परेका छन्।
कैलालीको धनगढी उपमहानगरपालिका-८बाट ब्राउनसुगर जस्तो पदार्थ १ ग्राम १३० मिलिग्राम सहित २० वर्षीय क्रिस बम समेत ४ जना पक्राउ परेका छन्।
तनहुँको ब्यास नगरपालिका-९ माझफाँटबाट गाँजा करिब १ किलो ५५० ग्राम सहित ३० वर्षीय मनोज थापा समेत २ जना पक्राउ परेका छन्।
उदयपुरको कटारी नगरपालिका-३बाट टापेन्टाडोल ६१ ट्याब्लेट सहित १९ वर्षीय सलम खान समेत २ जना शनिबार दिउँसो पक्राउ परेका छन्।
सम्बन्धित जिल्ला तथा इलाका प्रहरी कार्यालयहरूले यी सबै घटनामा थप अनुसन्धान अगाडि बढाइरहेको प्रहरीले जनाएको छ।