भदौ १०, काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीपछि उद्धार तथा राहतका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी परिचालन गरिएको प्रधानमन्त्री बालेन्द्र शाहले जानकारी दिनुभएकाे छ। सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री शाहले विपद् व्यवस्थापन प्राधिकरणलाई सक्रिय बनाइएको र प्रभावित क्षेत्रमा मेडिकल टिम, नेपाल स्काउट र रेडक्रसलगायतका निकायसँग समन्वय गरी आवश्यक कदम चाल्न निर्देशन दिइएको उल्लेख गर्नुभएकाे छ। नुवाकोट र धादिङसहित तल्लो तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित...
भदौ १०, काठमाडौं । भोटेकोसी नदीमा आएको बाढीका कारण रसुवा क्षेत्रमा रहेका नेपाल विद्युत् प्राधिकरणअन्तर्गतका विभिन्न जलविद्युत् आयोजना तथा विद्युत् गृहमा ठूलो क्षति पुगेको छ । बाढीले प्रभावित क्षेत्रमा कार्यरत कर्मचारीहरूको हालको अवस्था समेत अहिलेसम्म अज्ञात रहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार बाढीबाट रसुवागढी, त्रिशूली–३ बी हब, त्रिशूली जलविद्युत्, माथिल्लो त्रिशूली–३ ए तथा देवीघातलगायतका विद्युत् गृहमा ठूलो क्षति पुगेको हो । यद्यपि क्षतिको यकिन तथा विस्तृत विवरण भने अझै...
भदौ १०, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज बस्ने प्रतिनिधिसभाको बैठकमा सांसदहरूले दर्ता गराएका प्रश्नको जवाफ दिने हुनुभएकाे छ। संघीय संसद् भवन, सिंहदरबारमा दिउँसो १ बजेदेखि बस्ने बैठकमा यो कार्यक्रम राखिएको हो। संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभा नियमावली, २०८३ को परिच्छेद–९ बमोजिम प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम तय गरिएको हो। सांसदहरूले सरकारको कामकारबाही, नीतिगत विषय तथा समसामयिक सवालमा दर्ता गराएका प्रश्नको प्रधानमन्त्री शाहले जवाफ दिनुहुनेछ। प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि विभिन्न दलका जम्मा ११ सांसदले...
भदौ ७, काठमाडौँ । जितपुर सिमरा उपमहानगरपालिकाकी ९ वर्षीया बालिका गरिमा चौधरीसँग सम्बन्धित जघन्य आपराधिक घटनालाई लिएर नेपाल सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति भएको छ। पीडित परिवारका माग तथा घटनापछि उठेका कानुनी र सामाजिक सरोकार सम्बोधन गर्ने उद्देश्यले यो सहमति भएको हो। यस्ता गम्भीर आपराधिक घटनामा कानुनी व्यवस्थालाई थप प्रभावकारी बनाउनुपर्ने विषयलाई सहमतिले प्राथमिकतामा राखेको छ। सहमतिको पहिलो बुँदाअनुसार जघन्य प्रकृतिका आपराधिक घटनामा कसुर र सजायसम्बन्धी विद्यमान कानुनी प्रावधानको...
भदौ ७, काठमाडौं । देशभर बिजुलीको प्रयोग निरन्तर बढिरहेको छ। गत आर्थिक वर्षमा प्रतिव्यक्ति विद्युत् खपत करिब ६ प्रतिशतले उकालो लागेर ४१८.३१ युनिटमा पुगेको छ । वर्षको सुरुवातमा यो आँकडा ३९४.६९ युनिट मात्र थियो भने एक वर्षभित्रै प्रतिव्यक्ति खपतमा साढे तेइस युनिटको वृद्धि भएको हो। नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनले यो तथ्य उजागर गरेको छ। प्रतिवेदनका अनुसार खपत बढ्नुको प्रमुख कारण बिजुली प्रयोगकर्ताको संख्यामा भएको उल्लेखनीय वृद्धि हो।...
भदौ ५, काठमाडौँ । काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापन समस्याको जड नेपाल सरकार र नेपवेस्ट कम्पनीबीचको अलपत्र सम्झौता भएको भन्दै स्थानीय तहका प्रमुखहरूले सो सम्झौता या त तुरुन्त खारेज गर्न वा कार्यान्वयनमा लैजान सरकारसँग जोडदार माग गरेका छन्। शुक्रबार सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाको अध्यक्षतामा काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापनसम्बन्धी छलफल कार्यक्रम आयोजना गरिएको थियो। सो कार्यक्रममा ललितपुर महानगरपालिकाका नगर प्रमुख तथा उपत्यका मेयर्स फोरमका अध्यक्ष चिरिबाबु महर्जनले सन् २०११ जुनमा...
भदौ ५, काठमाडौं। जेनजी आन्दोलनका क्रममा भदौ २४ गते सिंहदरबार, सर्वोच्च अदालत र राष्ट्रपति भवनलगायतका संरचनामा भएको आगजनीमा पेट्रोलियम पदार्थबाहेक अन्य कुनै रासायनिक पदार्थ प्रयोग भएको पुष्टि हुन सकेको छैन। भारतको प्रयोगशालाबाट प्राप्त परीक्षण प्रतिवेदनका आधारमा नेपाल प्रहरीका एक प्रवक्ताले जानकारी दिनुभएकाे हो। घटनाको एक महिनापछि अमेरिकी अखबार द न्यूयोर्क टाइम्समा छापिएको एउटा रिपोर्टले नेपालमा ठूलो चर्चा पाएको थियो। सो रिपोर्टमा आगजनी योजनाबद्ध हुनसक्ने र सोडियम, म्याग्नेसियम जस्ता प्रज्वलनशील रसायन...
भदौ ५, काठमाडौँ । लामो समयदेखि रोकिएको नेपालगञ्ज–पोखरा नियमित हवाई सेवा यही भदौको अन्तिम सातादेखि पुनः सञ्चालन हुने भएको छ। निजी क्षेत्रको सेवा प्रदायक बुद्ध एयरले यही भदौ ३१ गतेदेखि नेपालगञ्ज–पोखरा उडान पुनः सञ्चालन गर्न लागेको जनाएको हो। बुद्ध एयर नेपालगञ्जका प्रमुख विनीतविक्रम शाहले यात्रुको माग बढेकाले उडान पुनः सञ्चालन गर्ने निर्णय भएको जानकारी दिनुभयो। उहाँका अनुसार भारतको उत्तर प्रदेशलाई पोखरासँग सिधा जोड्ने यो उडानका लागि यात्रुको माग बढ्दै गएको...
भदौ ४, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोगका लागि अनुरोध गरेको छ।कार्यालयले आज एक पत्र जारी गर्दै स्थानीय सीप र उद्यमको प्रवर्द्धन, रोजगारी सिर्जना र आयात प्रतिस्थापन गर्ने उद्देश्यले संघीय मन्त्रालय, प्रदेश, स्थानीय तह र विदेशस्थित नियोगहरूलाई स्वदेशी वस्तु तथा सेवालाई प्राथमिकता दिन अनुरोध गरेको हो ।अबदेखि स्टेशनरी, फर्निचर, निर्माण सामग्री र खाद्य वस्तु खरिद गर्दा अनिवार्य रूपमा नेपाली उत्पादन रोज्नुका साथै...
भदौ ४, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले माननीय मन्त्रीहरूले चालु आर्थिक वर्षमा गरिने मुख्य काम र उपलब्धिका लागि कार्यसम्पादन सम्झौता गर्नुभएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार आयोजित कार्यक्रममा मन्त्रीज्यूहरूले प्रधानमन्त्री शाहज्यूसँग कार्यसम्पादन सम्झौतामा हस्ताक्षर र सम्झौताको प्रति आदानप्रदान गर्नुभएको हो। उहाँहरूसँग सुशासन, सामाजिक न्याय र समृद्धिसँग सम्बन्धित कार्यसम्पादन सम्झौता गरिएको हो। प्रधानमन्त्री शाहले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठ, गृहमन्त्री...


