मनसुनको प्रभावले देशभर वर्षा, कतिपय स्थानमा भारी वर्षाको चेतावनी
August 26, 2026
भदौ १०, काठमाडौं । मनसुनको न्यून चापीय रेखा सद्दे स्थानको आसपास रहेसँगै देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। मौसमविद्हरूका अनुसार आज दिउँसो र राति देशभर साधारणतया बादल लाग्नेछ भने पहाडी र हिमाली भूभागमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा तथा हिमपात हुने सम्भावना छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा धेरै स्थानमा मध्यम वर्षा हुने प्रक्षेपण गरिएको छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागमा थोरै स्थानमा वर्षा हुनेछ। तराई भूभागका केही स्थानमा पनि मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ।
विशेष गरी कोशी र बागमती प्रदेशको हिमाली-पहाडी भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका एक/दुई स्थानमा भारी वर्षा हुनसक्ने भएकाले सतर्क रहन आग्रह गरिएको छ।