माघ २४, काठमाडौं । वरिष्ठ नेपाली अभिनेता सुनिल थापाको निधन भएको छ। थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा आज बिहान स्वास्थ्यमा अचानक समस्या देखिएपछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो। अस्पताल स्रोतका अनुसार हृदयघात (कार्डियाक अरेस्ट) का कारण उहाँको निधन भएको हो। कलाकार संघका अध्यक्ष मोहन निरौलाले यो दुःखद जानकारी पुष्टि गर्नुभएको छ। शंखमुलस्थित आफ्नो अपार्टमेन्टमा बस्दै आउनुभएका थापा लामो समयदेखि नेपाली चलचित्र उद्योगका साथै भारतीय (बलिउड र भोजपुरी) सिनेमामा सक्रिय...
फागुन ९, काठमाडौँ । गायिका इन्दिरा जोशीले ‘ओम नम शिवाय’ बोलको गीत बजारमा ल्याएकी छन् । आफ्नै शब्द तथा संगीत रहेको गीतको भिडियोमा इन्दिरा आफैले अभिनय गरेकी छन् । सक्षम श्रेष्ठको संगीत र निर्देशनमा भजन स्वरूपमा तीन मिनेट चार सेकेन्ड लामाे गीतको छायांकन पशुपतिनाथ मन्दिर परिसरमा गरिएको छ । भिडियो गायिका इन्दिराकै अफिसियल च्यानल इन्दिरा जोशी अफिसियलबाट बजारमा आएको छ । ...
मिस नेपाल वर्ल्ड-२०२० को ताज नम्रता श्रेष्ठले चुमेकी छिन् । आजको होटल पार्क भिलेजमा भएको फिनालेमा सहभागी २० प्रतिस्पर्धीलाई पछि पार्दै नम्रता श्रेष्ठले मिस नेपाल २०२० जितेकी हुन् । मिस नेपाल सुप्रानेसनल २०२० को ताज सिमल कनौजियाले पाएकी छन् । मिस नेपाल अर्थको उपाधि सुप्रिया श्रेष्ठले जितिन् । मिस नेपाल इन्टरनेशनलको उपाधि सन्ध्या शर्माले पहिरिइन् । ...
भिटेनको म्युजिक भिडियो ‘पारा’ संसोधन भएर आउने भएको छ । आज एक प्रेस बिज्ञप्ति निकाल्दै ‘कतिपय निकायप्रति ठेस पुग्न गएको भन्ने गुनासो आएकोले उक्त म्युजिक भिडियो कार्तिक १३ गते नै आधिकारिक युटुब च्यानल vten music बाट हटाइएको’ भनिएको छ । संसोधित म्युजिक भिडियो केहिदिनमा नै सोही च्यानलबाट आउने भनिएको छ । भिटेनको गीतमाथि छानबिन गर्न केही दिन अघि मात्रै प्रहरी प्रधान कार्यलयले साइबर ब्यूरोलाई निर्देशन दिएको थियो । भिटेन-...
गीतकार दुर्गानीधि कौडाल (नवराज) को आधुनिक गजल ‘तिमिसँग मनको बह’ रेकर्ड गरिएको छ । कौडालको रचना तथा डा.श्यामसुन्दर चौधरीको स्वर र संगीत रहेकाे उक्त गजलको अरेन्ज तथा रेकर्डिङ रविन दर्शनधारी अल्फा स्टुडियो छाउनीले गरेको छ । मधुर बस्नेतको निर्माण तथा याक ईन्टरटेन्मेन्ट प्रा.लि.ले बजारमा ल्याउँदै गरेकाे म्युजिक भिडियोको गीत रेकर्डिङ सकिएकाे र छायांकनको तयारी भइरहेको कौडालले जानकारी गराउनु भयो । व्यास न.पा. १४ छाब्दी स्थायी घर भई लामाे समय...
सलमान खानको राधेः योर मस्ट वान्टेड भाइ २२ मे २०२० मा रिलिज हुँदैछ । इद उल फितरको अवसर पारेर रिलिज गर्न तयारी हुँदै गरेको राधे प्रभु देवले निर्देशन गरेका छन् भने रिल लाइफ प्रोडक्सनको व्यानरमा तयार गरिदै गरेको चलचित्रका निर्माता सोहेल खान हुन । चलचित्रमा राधेको भूमिकामा सलमान खान छन् । चलचित्रमा दिशा पटेनी, रन्दीप हुदा, पुल्कित सम्राट, सपना पव्वी लगायतको भुमिका रहेको छ । ...
र्यापर भिटेन रिहा भएका छन् । महानगरीय प्रहरी परिसर, ललितपुरले भिटेनलाई उनका बुवाको जमानीमा रिहा गरेको हो । भाइटीकाको भोलिपल्ट हाजिर हुने गरि रिहा गरिएको ललितपुर प्रहरी परिसरले जनाएको छ । “हामी यस्तै त हो नी ब्रो” बोलको गीतमा लागुऔषध गाँजा सेवन गर्न प्रोत्साहित गर्ने तथा समाजमा अपाच्य अश्लिल शब्दहरू प्रयोग गरी गीत गाउनुका साथै प्रहरीको युनिफर्म लगाई लागुऔषध सेवन गरिरहेको फोटो आफ्नो फेसबुकमा राखेका समिरलाई महानगरीय अपराध महाशाखा...
नेपाली कथानक चलचित्र ‘छ माया छपक्कै’ रिलिज भएको तेस्रो दिन पुरा भएको छ । शुक्रबारबाट रिलिज भएको छ माया छपक्कैले विगतमा गरेका सफल चलचित्रका रेकर्डहरुलाई पनि पछि पार्दै छ । दीपक–दीपाको फिल्म भन्ने वित्तिकै रमाइलो हेर्न पाइन्छ भन्ने बालबालिकादेखि बुढापाकाहरु पनि सिनेमाहल पुगेको पाइन्छ । छ माया छपक्कै लागेका हलहरु हाउसफूलमा चलिरहेका छन् । विगतमा जस्तै दीपक–दीपाको फिल्म हलमा चल्दा हिन्दी चलचित्रलाई छोडेर नेपाली चलचित्र हेर्नेको भिड लागेको पाइन्छ...
साहित्यकार महेश थापाद्वारा लिखित ‘मरीचिका’ बजारमा आएको छ । कथासंग्रह ‘मरीचिका’ प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले लोकार्पण गर्नुभयो । उक्त कार्यक्रममा प्रधानमन्त्री ओलीले शारीरिक रूपले अफ्ठ्यारो स्थितिमा भएका थापाले आफुले देश र उहाँले गर्न सक्ने काम शारीरिक अशक्तताका भएतापनि जिम्मेवारीपूर्वक गर्नुभएको बताउँदै देश विकासमा प्रत्येक नेपालीको योगदान आवश्यक भएको आशय व्यक्त गर्नुभयो । ‘महेशजीबाट धेरैले प्रेरणा लिन सकिन्छ, उहाँले देशलाई गर्न सक्ने योगदान लेखेर मात्र...
नेकपाका वरिष्ठ नेता, पूर्व प्रधानमन्त्री एवम् गीतकार जे.एन. खनालका परिवर्तनका स्वरहरु – २ गीतिसङ्ग्रहको आज प्रधानमन्त्री के.पी शर्मा ओलीले प्रज्ञा प्रतिष्ठानमा लोर्कापर्ण गर्नु भयो । उक्त गीति एल्बममा युवा संगीतकार मिलन तिमल्सीनाको एकल संगीत रहेको छ । उक्त एल्बममा ९ वटा गीतहरु छन भने एउटा जे.एन खनालकै वाचनमा श्रद्धाञ्जली आमालाई नामक कविता छ । उक्त एल्बममा इलाम हाम्रो चिया बारी राम्रो, पहिले नेपाली हाँै, आमा, हामी युवा,...


