• समाचार
    • समाज
    • विचार/ब्लग
    • अर्थ
    • सूचना/प्रविधि
    • स्वास्थ्य
    • साहित्य
    • अन्तर्राष्ट्रिय
    • आर्थिक
    • खेलकुद
    • मनोरञ्जन
    • कानुन

कथासंग्रह ‘मरीचिका’ बजारमा

April 10, 2019

ShareTweet
Subscribe

साहित्यकार महेश थापाद्वारा लिखित ‘मरीचिका’ बजारमा आएको छ । कथासंग्रह ‘मरीचिका’ प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले लोकार्पण गर्नुभयो ।

उक्त कार्यक्रममा प्रधानमन्त्री ओलीले शारीरिक रूपले अफ्ठ्यारो स्थितिमा भएका थापाले आफुले देश र उहाँले गर्न सक्ने काम शारीरिक अशक्तताका भएतापनि जिम्मेवारीपूर्वक गर्नुभएको बताउँदै देश विकासमा प्रत्येक नेपालीको योगदान आवश्यक भएको आशय व्यक्त गर्नुभयो ।

‘महेशजीबाट धेरैले प्रेरणा लिन सकिन्छ, उहाँले देशलाई गर्न सक्ने योगदान लेखेर मात्र हो, अरू सशक्त अवस्थामा रहेकाहरूले उहाँबाट पाठ सिकेर देश निर्माणमा लाग्नुपर्छ’, ओलीले भन्नुभयो ।
नेपाल प्रज्ञा प्रतिष्ठानकी प्रज्ञा परिषद् सदस्य तथा साहित्यकार माया ठकुरी तथा लेखक एवम् पत्रकार अभय श्रेष्ठले महेशका कथाहरू अब्बल तथा समयलाई चित्रण गर्ने खालका भएका तथा तिनलाई सिगार्न अक्षरसँग खेल्ने महेशको क्षमताले चकित पारेको बताउनु भयो । कार्यक्रम संचालक रुपेश श्रेष्ठ र लेखक एवम् पत्रकार अभय श्रेष्ठले केही कथाहरुका केही अंश वाचन गरेर दर्शक तथा श्रोतालाई महेशको अब्बल लेखाईको स्वाद पस्केका थिए ।

विगत झण्डै डेढ दशकदेखि ‘मोटर न्युरोन डिजिज’ रोगले सताइएका थापा हाल शारीरिक रुपमा पूर्ण अशक्त र बोलीसमेत प्रष्ट बुझिदैन तर उहाँकोे विचार पूर्ण रुपमा शसक्त र प्रष्टसँग बुझिने छ । अनस्क्रिन किबोर्डको सहायताले दाया हातको दुई औंलाले कम्प्युटर माउसमा क्लिक गर्दै नेपाली साहित्यलाई बलियो बनाउनको लागि उहाँको यो अवस्थाको योगदानले नेपाली साहित्यमा एक बलियो टेवा पुगेको कार्यक्रममा उपस्थित साहित्य पारखीहरुले बताए ।

लेखक थापाको आफ्नो दृढ विचारलाई उहाँकी श्रीमती निशा शर्माले वाचन गर्दै गर्दा लोकार्पण समारोहमा उपस्थित सम्पूर्ण साहित्यप्रेमीहरुले उहाँको त्यो आत्मविश्वासलाई प्रशंसा गरेको आभाष हुन्थ्यो । कथासंग्रह सांग्रिला प्रकाशनले बजारमा ल्याएको छ । साहित्यकार थापाका यस अघि अल्पविराम आत्मकथा र नमोनम् व्यंग्यसंग्रह बजारमा आएका छन् ।

संबन्धित शीर्षकहरु

रसुवा बाढी : उद्धार-राहतमा सेना, प्रहरी परिचालन, प्रधानमन्त्री शाहको सुरक्षित स्थानमा बस्न आग्रह
भोटेकोसी नदीमा बाढी, रसुवाका जलविद्युत् आयोजनामा ठूलो क्षति
प्रधानमन्त्री शाह आज प्रतिनिधिसभामा सांसदका प्रश्नको जवाफ दिने, ११ जनाले दर्ता गराए प्रश्न
जितपुर सिमरा: बालिका गरिमा चौधरी हत्या प्रकरणमा सरकार-पीडित परिवारबीच तीनबुँदे सहमति
बिजुली खपत बढ्दो क्रममा, प्रतिव्यक्ति ४१८ युनिट नाघ्यो
नेपवेस्टसँगको सम्झौता टुंग्याउन मेयरहरूको माग, फोहोर व्यवस्थापन अलपत्र
सिंहदरबार, सर्वोच्च अदालतको आगजनी: रसायन प्रयोगको आशंका हट्यो, पेट्रोलियम मात्र पुष्टि
नेपालगञ्ज–पोखरा हवाई उडान भदौको अन्तिम साताबाट पुनः सञ्चालन हुने

ताजा अपडेट

  • बिहान ११:०० बजे देखि सा‌ँझ ५:०० बजे सम्म यी ठाउँमा विद्युत प्राधिकरणको सटडाउन
  • रसुवा बाढी : उद्धार-राहतमा सेना, प्रहरी परिचालन, प्रधानमन्त्री शाहको सुरक्षित स्थानमा बस्न आग्रह
  • भोटेकोसी नदीमा बाढी, रसुवाका जलविद्युत् आयोजनामा ठूलो क्षति
  • मनसुनको प्रभावले देशभर वर्षा, कतिपय स्थानमा भारी वर्षाको चेतावनी
  • प्रधानमन्त्री शाह आज प्रतिनिधिसभामा सांसदका प्रश्नको जवाफ दिने, ११ जनाले दर्ता गराए प्रश्न
  • जितपुर सिमरा: बालिका गरिमा चौधरी हत्या प्रकरणमा सरकार-पीडित परिवारबीच तीनबुँदे सहमति
  • बिजुली खपत बढ्दो क्रममा, प्रतिव्यक्ति ४१८ युनिट नाघ्यो

सम्पादक/संचालक

डी.पी. तिम्सिना

कार्यकारी सम्पादक

टेलिना खनाल

सह–सम्पादक

राधिका कार्की

अध्यक्ष

शिखा पुरी

सुचना बिभाग दर्ता नं. १९००/०७६–०७७

हाम्रो बारेमा

यो ई–पत्रिका अनलाइन न्युज पोर्टल हो । यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधिका समाचार तथा विश्लेषणलाई समेट्छ।

Epatrikaa
सम्पर्क

स्ट्याण्डर्ड पब्लिकेसन प्रा.लि.

काठमाडौँ, नेपाल

फोन: ०१-४३८८०४२,९८५१०६४९३२,९८२४६१२९२२

इमेल: epatrikaa@gmail.com

: epatrikanepal@gmail.com