लेन्दे खोलामा बाढी: रसुवागढी जलविद्युत् आयोजनाको उत्पादन बन्द

असार २९, काठमाडौँ । लेन्दे खोलामा आएको लेदोसहितको बाढीका कारण १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाबाट हुने विद्युत् उत्पादन आइतबार साँझदेखि ठप्प भएको छ। बाढीले संरचनामा क्षति पुर्‍याउन सक्ने जोखिमलाई मध्यनजर गर्दै आयोजना व्यवस्थापनले आकस्मिक रूपमा उत्पादन बन्द गरेको हो। आयोजना प्रमुखका अनुसार, सुरक्षा सावधानी अपनाउँदै टनेलमा पानी पठाउने ‘इन्टेक गेट’हरू बन्द गरिएको छ। नदीको बहाव सामान्य हुनासाथ आज (सोमबार) नै उत्पादन पुनः सुचारु गर्ने तयारी रहेको श्रोतले जनाएको छ।...

एडिबीको प्रतिवेदन: नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत पुग्ने प्रक्षेपण

असार २६, काठमाडौं । एसियाली विकास बैंक (एडिबी) ले नेपालको आर्थिक वृद्धिदरको प्रक्षेपणमा सकारात्मक संशोधन गर्दै जलविद्युत् उत्पादनमा भएको उल्लेख्य प्रगतिलाई मुख्य आधार मानेको छ। बैंकले आफ्नो प्रमुख प्रकाशन ‘एसियन डेभलपमेन्ट आउटलुक २०२६’ सार्वजनिक गर्दै चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत पुग्ने नयाँ अनुमान सार्वजनिक गरेको हो। यसअघि अप्रिल महिनामा बैंकले २.७ प्रतिशतको मात्रै वृद्धि हुने प्रक्षेपण गरेको थियो। जलविद्युत् क्षेत्रको बलियो उपस्थितिले अर्थतन्त्रमा थप ऊर्जा थपेको उल्लेख...

मर्स्याङ्दी बेसी हाइड्रोपावरको निर्माण कार्य द्रुत गतिमा, चाँडै सर्वसाधारणका लागि आइपिओ ल्याउने तयारी

असार २५, काठमाडौँ । अपि पावर कम्पनी लिमिटेडको सहायक कम्पनी दिव्यज्योति हाइड्रोपावर लिमिटेडद्वारा लमजुङमा प्रवर्द्धित ५० मेगावाटको ‘मर्स्याङ्दी बेसी जलविद्युत् आयोजना’ को निर्माण कार्यले गति लिएको छ। वित्तीय व्यवस्थापनसँगै आयोजनाका महत्वपूर्ण संरचनाहरूको निर्माण कार्यले तीव्रता पाएको हो। हालसम्म आयोजनाको समग्र भौतिक प्रगति २५ प्रतिशत पुगेको प्रवर्द्धक कम्पनीले जनाएको छ। लमजुङको बेसीसहर नगरपालिका र मर्स्याङ्दी गाउँपालिकामा निर्माणाधीन आयोजनामा सिभिल, हाइड्रो–मेकानिकल तथा इलेक्ट्रो–मेकानिकल तर्फका कामहरू समानान्तर रूपमा अघि बढिरहेका छन्। आयोजनाको इन्टेक तथा...

सहकारी बचतकर्तालाई राहत, ठूला ऋणीलाई सास्ती

असार २५, काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रियालाई तीव्रता दिएको छ। समितिले पछिल्लो तीन महिनाको अवधिमा १,७५४ जना बचतकर्तालाई २ करोड ६३ लाख ९० हजार रुपैयाँ नगद फिर्ता गरेको छ। यस अवधिमा बचत मिलानसहित कुल ४ करोड ४३ लाख ४८ हजार रुपैयाँ बराबरको दायित्व व्यवस्थापन गरिएको समितिले जनाएको छ। समितिले पहिलो चरणमा १० हजार रुपैयाँसम्म बचत भएकाहरूलाई भुक्तानी दिइसकेको छ। अब दोस्रो चरणमा ज्येष्ठ...

अर्थतन्त्रको साख जोगाउँदै ऊर्जा क्षेत्र: २४.८८ प्रतिशतको ऐतिहासिक वृद्धि

असार २३, काठमाडौँ | चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक अवधिमा नेपालको अर्थतन्त्रले ऊर्जा क्षेत्रको बलियो साथ पाएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले हालै सार्वजनिक गरेको प्रारम्भिक राष्ट्रिय लेखा अनुमान अनुसार, माघदेखि चैत्रसम्मको अवधिमा मुलुकको समग्र कुल गार्हस्थ्य उत्पादन (जिडिपी) आधारभूत मूल्यमा ३.५१ प्रतिशतले विस्तार हुने प्रक्षेपण गरिएको छ। अर्थतन्त्रका १८ वटा औद्योगिक वर्गीकरणमध्ये ऊर्जा क्षेत्रको भूमिका यस त्रैमासमा निर्णायक देखिएको छ। विद्युत्, ग्याससहितको ऊर्जा क्षेत्रको उत्पादन वृद्धिदर २४.८८ प्रतिशतको...

नेपाल राष्ट्र बैंक
बिदामा पनि बैंक खुल्ने: होली र निर्वाचन दिनमा सेवा सञ्चालन गर्न राष्ट्र बैंकको निर्देशन

फागुन १८, काठमाडौं । नेपाल राष्ट्र बैंकले होली पर्व र आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनको दिन पनि बैंक तथा वित्तीय संस्थाहरूलाई सेवा सञ्चालन गर्न निर्देशन दिएको छ।केन्द्रीय बैंकले जारी गरेको निर्देशनअनुसार होलीको दिन र प्रतिनिधिसभा निर्वाचनको दिनमा पनि बैंकहरू खुला राख्नुपर्ने बताइएको छ।राष्ट्र बैंकले विशेष गरी सरकारी कारोबार गर्ने तोकिएका वाणिज्य बैंकहरूलाई भुक्तानी व्यवस्था तथा राजस्व दाखिला गर्न आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएको छ। निर्वाचन प्रचार-प्रसारका लागि राजनीतिक दल तथा...

सुनको भाउ तोलामा ११०० रुपैयाँले बढ्यो

माघ २८, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य फेरि उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ३ लाख ६ हजार ६ सय रुपैयाँ कायम भएको छ। हिजोको ३ लाख ५ हजार ५ सय रुपैयाँको तुलनामा १ हजार १ सय रुपैयाँले बढी हो। चाँदीको मूल्य पनि प्रतितोला ५ हजार २९० रुपैयाँ पुगेको छ । हिजोको ५ हजार २४० रुपैयाँको तुलनामा ५० रुपैयाँले बढेको छ। ...

नेपाल राष्ट्र बैंक
अमेरिकी डलरको भाउ केही बढ्याे

माघ २२, काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि अमेरिकी डलरको मूल्यमा केही बढेकाे जनाएकाे छ। आज एक अमेरिकी डलरको खरिददर १४४ रुपैयाँ ४० पैसा र बिक्रीदर १४५ रुपैयाँ कायम गरिएको छ। बुधबार यो दर क्रमशः १४४.१३ र १४४.७३ रुपैयाँ तथा मंगलबार १४६.१३ र १४६.७३ रुपैयाँ रहेको थियो।युरोपेली युरो एकको खरिददर १७० रुपैयाँ ५१ पैसा र बिक्रीदर १७१ रुपैयाँ २२ पैसा निर्धारण भएको छ। बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद...

विद्युत नियमन आयोग पनि अनलाइन सिस्टममा

पुस २४ काठमाडौं । विद्युत नियमन आयोगले अनलाइन सफ्टवेयरमा आधारित डकुमेण्ट म्यानेजमेण्ट सिस्टम (डिएमएस) सञ्चालनमा ल्याएको छ । बुधबार आयोगमा ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री दीपक खड्काले डिएमएस प्रणालीको शुभारम्भ गर्नुभएको हो। शेयर संरचना परिवर्तन सार्वजनिक निष्कासन, विद्युत् खरिद बिक्री सम्झौता तथा संशोधनसम्बन्धी अनुमतिका लागि अनलाइन प्रणाली लागुभएसँगै सहज हुने आयोगको दावी छ । तस्विरः विद्युत नियमन आयोग सार्वजनिक सेवा प्रवाहलाई प्रविधिमैत्री बनाई गुणस्तरीय, जिम्मेबार तथा जवाफदेही बनाउन तथा अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यासहरू अवलम्बन...

सुनको मूल्यमा भारी गिरावट

नेपाल सरकारले भन्सारमा १० प्रतिशत घटाएका कारण सुनको मूल्यमा भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको सुनको मूल्य तोलामा १५ हजार ९०० रुपैयाँ घटेको हो । महासंघका अनुसार सोमबार सुनको भाउ प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँ निर्धारण गरेको छ । आइतबार प्रतितोला १ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीमा पनि भन्सारमा दर ५ प्रतिशत घटाएर १० प्रतिशत...