बिदामा पनि बैंक खुल्ने: होली र निर्वाचन दिनमा सेवा सञ्चालन गर्न राष्ट्र बैंकको निर्देशन
March 2, 2026
फागुन १८, काठमाडौं । नेपाल राष्ट्र बैंकले होली पर्व र आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनको दिन पनि बैंक तथा वित्तीय संस्थाहरूलाई सेवा सञ्चालन गर्न निर्देशन दिएको छ। केन्द्रीय बैंकले जारी गरेको निर्देशनअनुसार होलीको दिन र प्रतिनिधिसभा निर्वाचनको दिनमा पनि बैंकहरू खुला राख्नुपर्ने बताइएको छ। राष्ट्र बैंकले विशेष गरी सरकारी कारोबार गर्ने तोकिएका वाणिज्य बैंकहरूलाई भुक्तानी व्यवस्था तथा राजस्व दाखिला गर्न आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएको छ। निर्वाचन प्रचार-प्रसारका लागि राजनीतिक दल तथा उम्मेदवारहरूले सञ्चालन गरेका बैंक खाताहरूमा नगद, चेक वा अन्य विनिमय साधनहरूको दाखिला तथा भुक्तानी सेवा पनि निर्बाध उपलब्ध गराउनुपर्ने उल्लेख छ।
फागुन १८, काठमाडौं । नेपाल राष्ट्र बैंकले होली पर्व र आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनको दिन पनि बैंक तथा वित्तीय संस्थाहरूलाई सेवा सञ्चालन गर्न निर्देशन दिएको छ।
केन्द्रीय बैंकले जारी गरेको निर्देशनअनुसार होलीको दिन र प्रतिनिधिसभा निर्वाचनको दिनमा पनि बैंकहरू खुला राख्नुपर्ने बताइएको छ।
राष्ट्र बैंकले विशेष गरी सरकारी कारोबार गर्ने तोकिएका वाणिज्य बैंकहरूलाई भुक्तानी व्यवस्था तथा राजस्व दाखिला गर्न आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएको छ। निर्वाचन प्रचार-प्रसारका लागि राजनीतिक दल तथा उम्मेदवारहरूले सञ्चालन गरेका बैंक खाताहरूमा नगद, चेक वा अन्य विनिमय साधनहरूको दाखिला तथा भुक्तानी सेवा पनि निर्बाध उपलब्ध गराउनुपर्ने उल्लेख छ।