• समाचार
    • समाज
    • विचार/ब्लग
    • अर्थ
    • सूचना/प्रविधि
    • स्वास्थ्य
    • साहित्य
    • अन्तर्राष्ट्रिय
    • आर्थिक
    • खेलकुद
    • मनोरञ्जन
    • कानुन

लेन्दे खोलामा बाढी: रसुवागढी जलविद्युत् आयोजनाको उत्पादन बन्द

July 13, 2026

ShareTweet
Subscribe

असार २९, काठमाडौँ । लेन्दे खोलामा आएको लेदोसहितको बाढीका कारण १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाबाट हुने विद्युत् उत्पादन आइतबार साँझदेखि ठप्प भएको छ। बाढीले संरचनामा क्षति पुर्‍याउन सक्ने जोखिमलाई मध्यनजर गर्दै आयोजना व्यवस्थापनले आकस्मिक रूपमा उत्पादन बन्द गरेको हो।

आयोजना प्रमुखका अनुसार, सुरक्षा सावधानी अपनाउँदै टनेलमा पानी पठाउने ‘इन्टेक गेट’हरू बन्द गरिएको छ। नदीको बहाव सामान्य हुनासाथ आज (सोमबार) नै उत्पादन पुनः सुचारु गर्ने तयारी रहेको श्रोतले जनाएको छ। गत वर्षको असारमा आएको विनाशकारी बाढीले यस आयोजनाको ड्याम तथा भौतिक संरचनामा पुर्‍याएको क्षतिबाट पाठ सिक्दै यसपटक आयोजनाले उच्च सतर्कता अपनाएको हो।

यसैबीच, भोटेकोसी नदीमा पानीको सतह बढेसँगै रसुवागढी भन्सार यार्डमा पार्किङ गरिएका कार्गो ट्रक र आयातित सवारी साधनहरूलाई सुरक्षाकर्मीले सुरक्षित स्थानमा सारेका छन्। बाढीले यार्डको उत्तरी क्षेत्रसमेत जोखिममा परेको भन्दै चालकहरूले तटबन्धको माग गरेका छन्।

आइतबारको बाढीले मैलुङ सडक खण्डमा असर पुर्‍याएपछि जिल्ला प्रशासन कार्यालय, रसुवाले जोखिमयुक्त सडकको यात्रा नगर्न आग्रह गरेको छ। प्रमुख जिल्ला अधिकारीले केरुङ आवतजावत गर्ने सवारी साधनहरूलाई वैकल्पिक मार्गका रूपमा बेत्रावती–कालिकास्थान–धुन्चे–स्याफ्रुबेसी–रसुवागढी सडक प्रयोग गर्न सूचना जारी गर्नुभएकाे छ।

गोसाइँकुण्ड गाउँपालिकाले खोला आसपासमा नजान र नदी किनारमा सवारी साधन पार्किङ नगर्न स्थानीयवासीलाई सचेत गराएकाे छ। निरन्तरको वर्षासँगै नदीमा पानीको सतह बढ्न सक्ने भएकाले सार्वजनिक स्थानहरूमा समेत सावधानी अपनाउन प्रशासनले अपिल गरेको छ। कुनै पनि आकस्मिक विपद्को खबर गर्न सर्वसाधारणलाई टोल-फ्री नम्बर १२३४ मा सम्पर्क गर्न अनुरोध गरिएको छ।

अहिलेसम्म मैलुङ सडक खण्ड प्रभावित हुनुबाहेक अन्य ठूलो मानवीय वा भौतिक क्षति नभएको प्रशासनले जनाएको छ।

संबन्धित शीर्षकहरु

रसुवा बाढी : उद्धार-राहतमा सेना, प्रहरी परिचालन, प्रधानमन्त्री शाहको सुरक्षित स्थानमा बस्न आग्रह
भोटेकोसी नदीमा बाढी, रसुवाका जलविद्युत् आयोजनामा ठूलो क्षति
मनसुनको प्रभावले देशभर वर्षा, कतिपय स्थानमा भारी वर्षाको चेतावनी
प्रधानमन्त्री शाह आज प्रतिनिधिसभामा सांसदका प्रश्नको जवाफ दिने, ११ जनाले दर्ता गराए प्रश्न
जितपुर सिमरा: बालिका गरिमा चौधरी हत्या प्रकरणमा सरकार-पीडित परिवारबीच तीनबुँदे सहमति
बिजुली खपत बढ्दो क्रममा, प्रतिव्यक्ति ४१८ युनिट नाघ्यो
नेपवेस्टसँगको सम्झौता टुंग्याउन मेयरहरूको माग, फोहोर व्यवस्थापन अलपत्र
सिंहदरबार, सर्वोच्च अदालतको आगजनी: रसायन प्रयोगको आशंका हट्यो, पेट्रोलियम मात्र पुष्टि

ताजा अपडेट

  • बिहान ११:०० बजे देखि सा‌ँझ ५:०० बजे सम्म यी ठाउँमा विद्युत प्राधिकरणको सटडाउन
  • रसुवा बाढी : उद्धार-राहतमा सेना, प्रहरी परिचालन, प्रधानमन्त्री शाहको सुरक्षित स्थानमा बस्न आग्रह
  • भोटेकोसी नदीमा बाढी, रसुवाका जलविद्युत् आयोजनामा ठूलो क्षति
  • मनसुनको प्रभावले देशभर वर्षा, कतिपय स्थानमा भारी वर्षाको चेतावनी
  • प्रधानमन्त्री शाह आज प्रतिनिधिसभामा सांसदका प्रश्नको जवाफ दिने, ११ जनाले दर्ता गराए प्रश्न
  • जितपुर सिमरा: बालिका गरिमा चौधरी हत्या प्रकरणमा सरकार-पीडित परिवारबीच तीनबुँदे सहमति
  • बिजुली खपत बढ्दो क्रममा, प्रतिव्यक्ति ४१८ युनिट नाघ्यो

सम्पादक/संचालक

डी.पी. तिम्सिना

कार्यकारी सम्पादक

टेलिना खनाल

सह–सम्पादक

राधिका कार्की

अध्यक्ष

शिखा पुरी

सुचना बिभाग दर्ता नं. १९००/०७६–०७७

हाम्रो बारेमा

यो ई–पत्रिका अनलाइन न्युज पोर्टल हो । यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधिका समाचार तथा विश्लेषणलाई समेट्छ।

Epatrikaa
सम्पर्क

स्ट्याण्डर्ड पब्लिकेसन प्रा.लि.

काठमाडौँ, नेपाल

फोन: ०१-४३८८०४२,९८५१०६४९३२,९८२४६१२९२२

इमेल: epatrikaa@gmail.com

: epatrikanepal@gmail.com