असार २५, काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रियालाई तीव्रता दिएको छ। समितिले पछिल्लो तीन महिनाको अवधिमा १,७५४ जना बचतकर्तालाई २ करोड ६३ लाख ९० हजार रुपैयाँ नगद फिर्ता गरेको छ। यस अवधिमा बचत मिलानसहित कुल ४ करोड ४३ लाख ४८ हजार रुपैयाँ बराबरको दायित्व व्यवस्थापन गरिएको समितिले जनाएको छ।
समितिले पहिलो चरणमा १० हजार रुपैयाँसम्म बचत भएकाहरूलाई भुक्तानी दिइसकेको छ। अब दोस्रो चरणमा ज्येष्ठ नागरिक, एकल महिला र गम्भीर बिरामीलाई उच्च प्राथमिकतामा राख्दै २५ हजार रुपैयाँसम्मका बचतकर्ताको रकम फिर्ता गर्ने तयारी गरिएको छ।
यसैबीच, सहकारीको रकम अपचलन गरी सम्पर्कविहीन बनेका ठूला ऋणीहरूमाथि समितिले कडाइ सुरु गरेको छ। ऋण नतिर्ने ऋणीलाई कालोसूचीमा राख्ने, राहदानी रोक्का गर्ने तथा विदेशमा रहेका ऋणीहरूसँग भर्चुअल माध्यमबाट सम्पर्क गरी असुली प्रक्रिया अघि बढाउने समितिको योजना छ। सहकारीको सम्पत्ति व्यवस्थापन र कर्जा असुलीलाई थप प्रभावकारी बनाउँदै बचतकर्ताको रकम फिर्ता गर्ने कार्यलाई निरन्तरता दिइने समितिले जनाएको छ।