• समाचार
    • समाज
    • विचार/ब्लग
    • अर्थ
    • सूचना/प्रविधि
    • स्वास्थ्य
    • साहित्य
    • अन्तर्राष्ट्रिय
    • आर्थिक
    • खेलकुद
    • मनोरञ्जन
    • कानुन

एडिबीको प्रतिवेदन: नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत पुग्ने प्रक्षेपण

July 10, 2026

ShareTweet
Subscribe

असार २६, काठमाडौं । एसियाली विकास बैंक (एडिबी) ले नेपालको आर्थिक वृद्धिदरको प्रक्षेपणमा सकारात्मक संशोधन गर्दै जलविद्युत् उत्पादनमा भएको उल्लेख्य प्रगतिलाई मुख्य आधार मानेको छ। बैंकले आफ्नो प्रमुख प्रकाशन ‘एसियन डेभलपमेन्ट आउटलुक २०२६’ सार्वजनिक गर्दै चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत पुग्ने नयाँ अनुमान सार्वजनिक गरेको हो। यसअघि अप्रिल महिनामा बैंकले २.७ प्रतिशतको मात्रै वृद्धि हुने प्रक्षेपण गरेको थियो।

जलविद्युत् क्षेत्रको बलियो उपस्थितिले अर्थतन्त्रमा थप ऊर्जा थपेको उल्लेख गर्दै एडिबीले उपभोक्ता मुद्रास्फीति पनि ३.७ प्रतिशतबाट घटेर ३.२ प्रतिशतमा सीमित हुने आँकलन गरेको छ। यद्यपि, बैंकले सन् २०२७ को आर्थिक परिदृश्यप्रति भने केही चिन्ता व्यक्त गरेको छ। मध्यपूर्वमा जारी द्वन्द्वका कारण सिर्जित ऊर्जा संकट, पर्यटन क्षेत्रमा पर्न सक्ने प्रभाव र वैदेशिक रोजगारीबाट भित्रिने रेमिट्यान्समा देखिन सक्ने अनिश्चिततालाई मध्यनजर गर्दै बैंकले सन् २०२७ को आर्थिक वृद्धिदर ५.० प्रतिशतबाट घटाएर ४.५ प्रतिशतमा सीमित गरेको छ। साथै, इन्धनको मूल्यवृद्धिको चापले आगामी वर्ष मुद्रास्फीति पुनः ५.० प्रतिशत पुग्ने चेतावनी पनि दिएको छ।

एडिबीका अनुसार यस वर्ष समग्र दक्षिण एसियाको आर्थिक वृद्धिदरमा भने केही गिरावट आउने देखिएको छ। यसअघि ६.३ प्रतिशतको अनुमान गरिएको दक्षिण एसियाको वृद्धिदर अब ६.० प्रतिशतमा खुम्चिने विश्लेषण गरिएको छ। ऊर्जा आपूर्ति शृङ्खलामा देखिएको अवरोध र बढ्दो यातायात खर्चका कारण नेपाल, भारत र पाकिस्तानजस्ता मुलुकहरू थप प्रभावित हुने बैंकको निष्कर्ष छ।

संबन्धित शीर्षकहरु

रसुवा बाढी : उद्धार-राहतमा सेना, प्रहरी परिचालन, प्रधानमन्त्री शाहको सुरक्षित स्थानमा बस्न आग्रह
भोटेकोसी नदीमा बाढी, रसुवाका जलविद्युत् आयोजनामा ठूलो क्षति
मनसुनको प्रभावले देशभर वर्षा, कतिपय स्थानमा भारी वर्षाको चेतावनी
प्रधानमन्त्री शाह आज प्रतिनिधिसभामा सांसदका प्रश्नको जवाफ दिने, ११ जनाले दर्ता गराए प्रश्न
जितपुर सिमरा: बालिका गरिमा चौधरी हत्या प्रकरणमा सरकार-पीडित परिवारबीच तीनबुँदे सहमति
बिजुली खपत बढ्दो क्रममा, प्रतिव्यक्ति ४१८ युनिट नाघ्यो
नेपवेस्टसँगको सम्झौता टुंग्याउन मेयरहरूको माग, फोहोर व्यवस्थापन अलपत्र
सिंहदरबार, सर्वोच्च अदालतको आगजनी: रसायन प्रयोगको आशंका हट्यो, पेट्रोलियम मात्र पुष्टि

ताजा अपडेट

  • बिहान ११:०० बजे देखि सा‌ँझ ५:०० बजे सम्म यी ठाउँमा विद्युत प्राधिकरणको सटडाउन
  • रसुवा बाढी : उद्धार-राहतमा सेना, प्रहरी परिचालन, प्रधानमन्त्री शाहको सुरक्षित स्थानमा बस्न आग्रह
  • भोटेकोसी नदीमा बाढी, रसुवाका जलविद्युत् आयोजनामा ठूलो क्षति
  • मनसुनको प्रभावले देशभर वर्षा, कतिपय स्थानमा भारी वर्षाको चेतावनी
  • प्रधानमन्त्री शाह आज प्रतिनिधिसभामा सांसदका प्रश्नको जवाफ दिने, ११ जनाले दर्ता गराए प्रश्न
  • जितपुर सिमरा: बालिका गरिमा चौधरी हत्या प्रकरणमा सरकार-पीडित परिवारबीच तीनबुँदे सहमति
  • बिजुली खपत बढ्दो क्रममा, प्रतिव्यक्ति ४१८ युनिट नाघ्यो

सम्पादक/संचालक

डी.पी. तिम्सिना

कार्यकारी सम्पादक

टेलिना खनाल

सह–सम्पादक

राधिका कार्की

अध्यक्ष

शिखा पुरी

सुचना बिभाग दर्ता नं. १९००/०७६–०७७

हाम्रो बारेमा

यो ई–पत्रिका अनलाइन न्युज पोर्टल हो । यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधिका समाचार तथा विश्लेषणलाई समेट्छ।

Epatrikaa
सम्पर्क

स्ट्याण्डर्ड पब्लिकेसन प्रा.लि.

काठमाडौँ, नेपाल

फोन: ०१-४३८८०४२,९८५१०६४९३२,९८२४६१२९२२

इमेल: epatrikaa@gmail.com

: epatrikanepal@gmail.com