नेकपाका वरिष्ठ नेता, पूर्व प्रधानमन्त्री एवम् गीतकार जे.एन. खनालका परिवर्तनका स्वरहरु – २ गीतिसङ्ग्रहको आज प्रधानमन्त्री के.पी शर्मा ओलीले प्रज्ञा प्रतिष्ठानमा लोर्कापर्ण गर्नु भयो । उक्त गीति एल्बममा युवा संगीतकार मिलन तिमल्सीनाको एकल संगीत रहेको छ । उक्त एल्बममा ९ वटा गीतहरु छन भने एउटा जे.एन खनालकै वाचनमा श्रद्धाञ्जली आमालाई नामक कविता छ । उक्त एल्बममा इलाम हाम्रो चिया बारी राम्रो, पहिले नेपाली हाँै, आमा, हामी युवा, हामी श्रमिक, अझै पनि, लौ हेर साथी, इलामको गीत, सातै प्रदेश, गीतहरु रहेका छन् ।
यम बराल, ज्ञानु राणा, मिलन नेवार, दीपक लिम्बू, गोविन्द भण्डारी, आनन्द कार्की, धिरज लकान्द्री, अञ्जु घिमिरे, वसन्ती सुनुवार, रामभक्त जोजिजू, अञ्जु घिमिरे, खुमन अधिकारी र पूर्णकला वि.सी. गायकहरुको स्वर रहेको गीति एल्बम गीतकार खनालले आफ्नो देशप्रेम र देश परिवर्तनका आधार युवाहरुप्रति प्रगाढ प्रेम भाव भएको लोकार्पण समारोहमा बताउनु भयो । साथै प्रधानमन्त्री ओलीले अति व्यस्थताको समयमा पनि खनालले फुर्सद निकालेर गीत लेख्न भ्याउने र सक्ने उहाँको क्षमताको उच्च कदर गर्नु भयो । खनालको पहिलो गीति एल्बम परिवर्तनका स्वरहरु पनि देश प्रेम भाव झल्किने गीतहरु बजारमा आएका छन्।
नेकपाका वरिष्ठ नेता, पूर्व प्रधानमन्त्री एवम् गीतकार जे.एन. खनालका परिवर्तनका स्वरहरु – २ गीतिसङ्ग्रहको आज प्रधानमन्त्री के.पी शर्मा ओलीले प्रज्ञा प्रतिष्ठानमा लोर्कापर्ण गर्नु भयो ।
उक्त गीति एल्बममा युवा संगीतकार मिलन तिमल्सीनाको एकल संगीत रहेको छ । उक्त एल्बममा ९ वटा गीतहरु छन भने एउटा जे.एन खनालकै वाचनमा श्रद्धाञ्जली आमालाई नामक कविता छ । उक्त एल्बममा इलाम हाम्रो चिया बारी राम्रो, पहिले नेपाली हाँै, आमा, हामी युवा, हामी श्रमिक, अझै पनि, लौ हेर साथी, इलामको गीत, सातै प्रदेश, गीतहरु रहेका छन् ।
यम बराल, ज्ञानु राणा, मिलन नेवार, दीपक लिम्बू, गोविन्द भण्डारी, आनन्द कार्की, धिरज लकान्द्री, अञ्जु घिमिरे, वसन्ती सुनुवार, रामभक्त जोजिजू, अञ्जु घिमिरे, खुमन अधिकारी र पूर्णकला वि.सी. गायकहरुको स्वर रहेको गीति एल्बम गीतकार खनालले आफ्नो देशप्रेम र देश परिवर्तनका आधार युवाहरुप्रति प्रगाढ प्रेम भाव भएको लोकार्पण समारोहमा बताउनु भयो ।
साथै प्रधानमन्त्री ओलीले अति व्यस्थताको समयमा पनि खनालले फुर्सद निकालेर गीत लेख्न भ्याउने र सक्ने उहाँको क्षमताको उच्च कदर गर्नु भयो ।
खनालको पहिलो गीति एल्बम परिवर्तनका स्वरहरु पनि देश प्रेम भाव झल्किने गीतहरु बजारमा आएका छन्।