नेपाली कथानक चलचित्र ‘छ माया छपक्कै’ रिलिज भएको तेस्रो दिन पुरा भएको छ । शुक्रबारबाट रिलिज भएको छ माया छपक्कैले विगतमा गरेका सफल चलचित्रका रेकर्डहरुलाई पनि पछि पार्दै छ ।
दीपक–दीपाको फिल्म भन्ने वित्तिकै रमाइलो हेर्न पाइन्छ भन्ने बालबालिकादेखि बुढापाकाहरु पनि सिनेमाहल पुगेको पाइन्छ । छ माया छपक्कै लागेका हलहरु हाउसफूलमा चलिरहेका छन् । विगतमा जस्तै दीपक–दीपाको फिल्म हलमा चल्दा हिन्दी चलचित्रलाई छोडेर नेपाली चलचित्र हेर्नेको भिड लागेको पाइन्छ ।
यसले समाजलाई राम्रो र पचाउन सक्ने खालको चलचित्र आवश्यक भएको देखाउँछ । यसरी नेपाली दर्शकले नेपाली समाज र संस्कृतिलाई बोकेर आएका चलचित्रलाई मन पराउँछन भन्ने स्पष्ट पनि हुन्छ । त्यसैले यस्ता चलचित्र आएभने भने हिन्दी चलचित्रलाई विस्थापित मात्र होइन विश्वमा नेपाली चलचित्रको राम्रो बजार हुने कुरामा छ माया छपक्कै हेरेर आएका दर्शकहरुको भनाई छ ।
चलचित्र निर्माता रोहित अधिकारीको निर्माणमा आमा सरस्वती मुभिज, रोहित अधिकारी फिल्मस र आइएमईको प्रस्तुतिमा तयार भएको चलचित्र दिपेन्द्र लामाले निर्देशन गरेका हुन् ।
चलचित्रमा दिपकराज गिरी, केकी अधिकारी, केदारप्रसाद घिमिरे, जितु नेपाल, सुपुष्पा भट्ट, विष्णु सापकोटा, शिशिर बाङ्देल, लगायतका कलाकारहरुको अभिनय छ ।