कोरोनाभाइरसको नयाँ भेरियन्ट बीएफ-७ संक्रमण बढ्दै गएको भन्दै सचेत रहन आग्रह
December 24, 2022
पाैष ९, काठमाडाैं । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिकस्थलमा अनिवार्य मास्क लगाउन अनुरोध गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति निकालेर छिमेकी देशमा कोरोनाभाइरसको नयाँ भेरियन्ट बीएफ-७ को संक्रमण बढ्दै गएको भन्दै माक्स लगाउन आग्रह गरेको हो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता तथा डा. सञ्जयकुमार ठाकुरद्वारा हस्ताक्षरित विज्ञप्तिमा स्यानिटाइजरको प्रयोग गर्न, नियमितरूपमा साबुनपानीले हात धुन, भौतिक दूरीसमेत कायम गर्न पनि आग्रह गरेको छ । यसैगरी कोभिड–१९ को बुस्टर डोज खोप लगाउन पनि अपिल गरिएको छ ।
अंग्रेजी नयाँ वर्ष, क्रिसमस लगायत कुनै पनि भिडभाड हुने स्थलमा विशेष सतर्कता अपनाउन समेत मन्त्रालयले आग्रह गरेको छ । नेपालमा बीएफ–७ भेरियन्ट पुष्टि नभए पनि चीन र भारतमा बढ्दै गएकोले खुल्ला सीमाना र आवतजावतका कारण जोखिम रहेको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।