पछिल्लो २४ घण्टामा नेपालमा ९०० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकानुसार ६ हजार १५८ जनाको स्वास्थ्य परीक्षण गर्दा ९०० जनामा सङ्क्रमण पुष्टि भएको हो ।
काठमाडौँ उपत्यकामा ३४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ जसमा काठमाडौँमा २८६, ललितपुरमा ४३ जना र भक्तपुरमा १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
नेपालमा अहिलेसम्म कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ८२ हजार ८९० छ । आज २०८ जना निको भएका र नेपालमा हालसम्म २ लाख ७४ हजार ८१२ रहेको छ । निको हुने दर भने ९७ दशमलव एक प्रतिशत रहेको छ ।
अहिले देशभर पाँच हजार आठ सक्रिय सङ्क्रमित छन् । हालसम्मा तीन हजार ७० ले कोरोनाको कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।
काठमाडौँ, बैशाख ३ ।