कात्तिक ९, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को इतिहासमा पहिलोपटक प्रयोग गरिएको निर्णय समीक्षा प्रणाली (डीआरएस) मा सुदूरपश्चिम रोयल्सका दुई खेलाडी जोगिएका छन् भने स्कट कुगेलेइन आउट भएको छ ।
सोमबारदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सुरु भएको एनपीएलको तेस्रो संस्करणमा लुम्बिनी लायन्सले तीनपटक डीआरएस प्रयोग गर्यो । जसमध्ये दुईपटक सुदूरपश्चिमका ओपनर सैव जैव र आरिफ सेख जोगिएका छन् भने कुगेलेइन आउट भएका हुन् ।
लुम्बिनीका शेर मल्लको ओभरमा जैवविरुद्ध पहिलो अपिल गरिएको थियो । उक्त अपिल सफल हुन सकेन । ३.३ ओभरमा शेरकै बलमा आरिफविरुद्ध अपिल गरियो । टीभी अम्पायरले आरिफलाई नटआउट करार गरेका हुन् ।
शेरले नै ९.३ ओभरमा कुगेलेइनविरुद्ध अपिल गरेका थिए । यो अपिल सफल भइ कुगेलेइन आउट भएको छ ।