• समाचार
    • समाज
    • विचार/ब्लग
    • अर्थ
    • सूचना/प्रविधि
    • स्वास्थ्य
    • साहित्य
    • अन्तर्राष्ट्रिय
    • आर्थिक
    • खेलकुद
    • मनोरञ्जन
    • कानुन

ऐरीको घातक बलिङमा चितवनको जित

October 27, 2026

ShareTweet
Subscribe

कात्तिक १०, काठमाडौं । चितवन राइनोजले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्समाथि ८ रनको रोमाञ्चक जित हासिल गरेको छ।

त्रिवि क्रिकेट मैदानमा भएको खेलमा चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९ ओभर ३ बलमा १४९ रनमा सीमित भएको हो।

टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ३ विकेट गुमाएर १५७ रन बनायो। ओपनर डाविड मलानले ५१ बलमा सर्वाधिक ७० रन बनाएको छ। रवि बोपाराले ३२ र डान मोस्लीले २९ ले तेस्रो विकेटका लागि ६७ रनको अविजित साझेदारी गरेका छन्।

विराटनगरका इम्रान शेखले ३९ रन बनाए भने आन्द्रे रसेलले १७ बलमा ४ छक्का र १ चौकासहित ३३ रनको आक्रामक खेल खेलेका छन्। विराटनगर जितको नजिक पुगेको थियो। तर १८ बलमा २१ रन आवश्यक हुँदा कमलसिंह ऐरीले १८औं ओभरमा लगातार दुई विकेट लिएपछि खेल चितवनतर्फ फर्किएको हो। १९औं ओभरमा रिजन ढकालले थप दुई विकेट लिँदै जित सुनिश्चित गर्दै ऐरीले ४ ओभरमा २६ रन खर्चेर ४ विकेट लिए।

आजको दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्नेछन्।

संबन्धित शीर्षकहरु

सुडानको न्याला बजारमा ड्रोन हमला, २१ जनाको मृत्यु
कर्णालीले आठौँ विकेट गुमायो
अर्नब चक्रवात: नेपालमा कमजोर प्रभाव
लुम्बिनीले सुदूरपश्चिमलाई ७ विकेटले हरायो
रूपैयाँ थाम्न आरबिआई सक्रिय, नेपाली मुद्रामा पनि असर
प्रधानमन्त्रीद्वारा एनपीएल उद्घाटन
डीआरएसमा दुई जोगिए, कुगेलेइन आउट
बैतडीमा ४.२ म्याग्निच्युडको भूकम्प

ताजा अपडेट

  • बिहान ११:०० बजे देखि सा‌ँझ ५:०० बजे सम्म यी ठाउँमा विद्युत प्राधिकरणको सटडाउन
  • सुडानको न्याला बजारमा ड्रोन हमला, २१ जनाको मृत्यु
  • कर्णालीले आठौँ विकेट गुमायो
  • अर्नब चक्रवात: नेपालमा कमजोर प्रभाव
  • ऐरीको घातक बलिङमा चितवनको जित
  • लुम्बिनीले सुदूरपश्चिमलाई ७ विकेटले हरायो
  • रूपैयाँ थाम्न आरबिआई सक्रिय, नेपाली मुद्रामा पनि असर

सम्पादक/संचालक

डी.पी. तिम्सिना

कार्यकारी सम्पादक

टेलिना खनाल

सह–सम्पादक

राधिका कार्की

अध्यक्ष

शिखा पुरी

सुचना बिभाग दर्ता नं. १९००/०७६–०७७

हाम्रो बारेमा

यो ई–पत्रिका अनलाइन न्युज पोर्टल हो । यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधिका समाचार तथा विश्लेषणलाई समेट्छ।

Epatrikaa
सम्पर्क

स्ट्याण्डर्ड पब्लिकेसन प्रा.लि.

काठमाडौँ, नेपाल

फोन: ०१-४३८८०४२,९८५१०६४९३२,९८२४६१२९२२

इमेल: epatrikaa@gmail.com

: epatrikanepal@gmail.com