• समाचार
    • समाज
    • विचार/ब्लग
    • अर्थ
    • सूचना/प्रविधि
    • स्वास्थ्य
    • साहित्य
    • अन्तर्राष्ट्रिय
    • आर्थिक
    • खेलकुद
    • मनोरञ्जन
    • कानुन

राहदानी ठेक्का विवाद: असार ३१ सम्म जर्मन कम्पनीलाई नै काम गर्न दिने सहमति

June 30, 2026

ShareTweet
Subscribe

असार १६, काठमाडौं । राहदानी विभागले जर्मन कम्पनीहरूको सहयोगमा आगामी असार ३१ गते (जुलाई १५) सम्म नयाँ इ–पासपोर्ट छपाइ सुरु गर्ने भएको छ। पछिल्लो समय प्रधानमन्त्रीको सचिवालयले ठेक्का पाएका जर्मन कम्पनीहरूले समयमा काम गर्न नसक्ने दाबी गर्दै ठेक्का रद्द गर्न राहदानी विभागलाई चर्को दबाब दिँदै आएको थियो।

सचिवालयका सदस्यहरूले तालुकदार मन्त्रालयलाई ‘बाइपास’ गर्दै राहदानी विभागका अधिकारीहरूलाई सिधै ठेक्का तोड्न मौखिक निर्देशन दिएपछि विभागका कर्मचारीहरू परराष्ट्रमन्त्री शिशिर खनालको ‘गुहार’ माग्दै मन्त्रालय पुगेका थिए। मन्त्रालयमा आइतबार र सोमबार भएको श्रृंखलाबद्ध छलफलपछि प्रधानमन्त्रीको सचिवालय र परराष्ट्र मन्त्रालय तत्कालका लागि असार ३१ गतेसम्म काम अघि बढाउन सहमत हुनुभएकाे छ।

छलफलमा परराष्ट्रमन्त्री खनालले विना आधार ठेक्का तोड्दा नेपालले अन्तर्राष्ट्रिय ‘आर्बिट्रेसन’ (मध्यस्थता) को सामना गर्नुपर्ने र त्यसले देशको प्रतिष्ठा तथा आर्थिक क्षेत्रमा गम्भीर क्षति पुर्‍याउने चेतावनी दिनुभएकाे थियाे। मन्त्री खनालले जर्मन कम्पनी र राहदानी विभागले असार ३१ सम्म इ–पासपोर्ट छाप्ने प्रतिबद्धता जनाएका छन्। त्यो मितिसम्म हामीले प्रक्रिया अघि बढ्न दिनुपर्छ। यदि उनीहरूले तोकिएको समयमा काम गर्न सकेनन् भने मात्र विकल्प खोज्ने हो भन्नुभयाे।

मन्त्रीको अडानपछि प्रधानमन्त्रीका सल्लाहकारहरू असिम शाह, विवेक मिश्र र माधव खनाल असार ३१ सम्म पर्खिन सहमत हुनुभएकाे हाे। मन्त्री खनालले विभागका अधिकारीहरूलाई नतिजामा केन्द्रित हुन निर्देशन दिँदै अब सचिवालयबाट कुनै हस्तक्षेप नहुने आश्वासन दिनुभएकाे छ। मन्त्रालयको यो निर्देशनले विभागका कर्मचारीहरूमा केही राहत महसुस भएको छ।

संबन्धित शीर्षकहरु

रसुवा बाढी : उद्धार-राहतमा सेना, प्रहरी परिचालन, प्रधानमन्त्री शाहको सुरक्षित स्थानमा बस्न आग्रह
भोटेकोसी नदीमा बाढी, रसुवाका जलविद्युत् आयोजनामा ठूलो क्षति
मनसुनको प्रभावले देशभर वर्षा, कतिपय स्थानमा भारी वर्षाको चेतावनी
प्रधानमन्त्री शाह आज प्रतिनिधिसभामा सांसदका प्रश्नको जवाफ दिने, ११ जनाले दर्ता गराए प्रश्न
जितपुर सिमरा: बालिका गरिमा चौधरी हत्या प्रकरणमा सरकार-पीडित परिवारबीच तीनबुँदे सहमति
बिजुली खपत बढ्दो क्रममा, प्रतिव्यक्ति ४१८ युनिट नाघ्यो
नेपवेस्टसँगको सम्झौता टुंग्याउन मेयरहरूको माग, फोहोर व्यवस्थापन अलपत्र
सिंहदरबार, सर्वोच्च अदालतको आगजनी: रसायन प्रयोगको आशंका हट्यो, पेट्रोलियम मात्र पुष्टि

ताजा अपडेट

  • बिहान ११:०० बजे देखि सा‌ँझ ५:०० बजे सम्म यी ठाउँमा विद्युत प्राधिकरणको सटडाउन
  • रसुवा बाढी : उद्धार-राहतमा सेना, प्रहरी परिचालन, प्रधानमन्त्री शाहको सुरक्षित स्थानमा बस्न आग्रह
  • भोटेकोसी नदीमा बाढी, रसुवाका जलविद्युत् आयोजनामा ठूलो क्षति
  • मनसुनको प्रभावले देशभर वर्षा, कतिपय स्थानमा भारी वर्षाको चेतावनी
  • प्रधानमन्त्री शाह आज प्रतिनिधिसभामा सांसदका प्रश्नको जवाफ दिने, ११ जनाले दर्ता गराए प्रश्न
  • जितपुर सिमरा: बालिका गरिमा चौधरी हत्या प्रकरणमा सरकार-पीडित परिवारबीच तीनबुँदे सहमति
  • बिजुली खपत बढ्दो क्रममा, प्रतिव्यक्ति ४१८ युनिट नाघ्यो

सम्पादक/संचालक

डी.पी. तिम्सिना

कार्यकारी सम्पादक

टेलिना खनाल

सह–सम्पादक

राधिका कार्की

अध्यक्ष

शिखा पुरी

सुचना बिभाग दर्ता नं. १९००/०७६–०७७

हाम्रो बारेमा

यो ई–पत्रिका अनलाइन न्युज पोर्टल हो । यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधिका समाचार तथा विश्लेषणलाई समेट्छ।

Epatrikaa
सम्पर्क

स्ट्याण्डर्ड पब्लिकेसन प्रा.लि.

काठमाडौँ, नेपाल

फोन: ०१-४३८८०४२,९८५१०६४९३२,९८२४६१२९२२

इमेल: epatrikaa@gmail.com

: epatrikanepal@gmail.com