• समाचार
    • समाज
    • विचार/ब्लग
    • अर्थ
    • सूचना/प्रविधि
    • स्वास्थ्य
    • साहित्य
    • अन्तर्राष्ट्रिय
    • आर्थिक
    • खेलकुद
    • मनोरञ्जन
    • कानुन

देशभर मनसुन सक्रिय: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आह्वान

July 1, 2026

ShareTweet
Subscribe

असार १७, काठमाडौँ | मनसुन नेपाल भित्रिएको १२ दिनमा देशभर पूर्ण रूपमा सक्रिय भएको छ। मनसुनी वायुको प्रभावले आज बुधबार बिहानैदेखि काठमाडौँ उपत्यकासहित बागमती र गण्डकी प्रदेशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो एक घण्टाको अवधिमा धादिङको गजुरीमा १९.६ मिलिमिटर, लमजुङको भुजुङमा १६ मिलिमिटर र भोर्लेटारमा १४.४ मिलिमिटर वर्षा मापन गरिएको छ।

विगत २४ घण्टामा कोशीदेखि सुदूरपश्चिम प्रदेशसम्म नै हल्कादेखि मध्यम र केही स्थानमा अति भारी वर्षा भएको छ। महाशाखाको विवरण अनुसार बर्दियाको मानपुरमा १३६.६ मिलिमिटर, तारातालमा १२८.८ मिलिमिटर, कैलालीको बलियामा १२१ मिलिमिटर, बाँकेको बेलभरमा १०४.८ मिलिमिटर र कास्कीको यांगिकोटमा ८०.६ मिलिमिटर वर्षा रेकर्ड भएको छ।

आज दिनभर र राति देशभर पूर्णतया बदली रहने महाशाखाको पूर्वानुमान छ। महाशाखाले जारी गरेको बुलेटिनमा हिमाली र पहाडी भू-भागका धेरै स्थानमा तथा तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ। विशेष गरी कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

रातिको समयमा पनि कोशी, बागमती र लुम्बिनी प्रदेशका पहाडी भू-भागका केही स्थानमा भारी वर्षाको सम्भावना कायमै छ। मनसुन सक्रिय भएसँगै पहाडी क्षेत्रमा पहिरो, गेग्रान बहाव तथा नदीनालामा जलसतह बढ्न सक्ने भन्दै महाशाखाले सावधानी अपनाउन र पूर्वतयारीमा रहन आम नागरिकलाई आग्रह गरेको छ।

संबन्धित शीर्षकहरु

रसुवा बाढी : उद्धार-राहतमा सेना, प्रहरी परिचालन, प्रधानमन्त्री शाहको सुरक्षित स्थानमा बस्न आग्रह
भोटेकोसी नदीमा बाढी, रसुवाका जलविद्युत् आयोजनामा ठूलो क्षति
मनसुनको प्रभावले देशभर वर्षा, कतिपय स्थानमा भारी वर्षाको चेतावनी
प्रधानमन्त्री शाह आज प्रतिनिधिसभामा सांसदका प्रश्नको जवाफ दिने, ११ जनाले दर्ता गराए प्रश्न
जितपुर सिमरा: बालिका गरिमा चौधरी हत्या प्रकरणमा सरकार-पीडित परिवारबीच तीनबुँदे सहमति
बिजुली खपत बढ्दो क्रममा, प्रतिव्यक्ति ४१८ युनिट नाघ्यो
नेपवेस्टसँगको सम्झौता टुंग्याउन मेयरहरूको माग, फोहोर व्यवस्थापन अलपत्र
सिंहदरबार, सर्वोच्च अदालतको आगजनी: रसायन प्रयोगको आशंका हट्यो, पेट्रोलियम मात्र पुष्टि

ताजा अपडेट

  • बिहान ११:०० बजे देखि सा‌ँझ ५:०० बजे सम्म यी ठाउँमा विद्युत प्राधिकरणको सटडाउन
  • रसुवा बाढी : उद्धार-राहतमा सेना, प्रहरी परिचालन, प्रधानमन्त्री शाहको सुरक्षित स्थानमा बस्न आग्रह
  • भोटेकोसी नदीमा बाढी, रसुवाका जलविद्युत् आयोजनामा ठूलो क्षति
  • मनसुनको प्रभावले देशभर वर्षा, कतिपय स्थानमा भारी वर्षाको चेतावनी
  • प्रधानमन्त्री शाह आज प्रतिनिधिसभामा सांसदका प्रश्नको जवाफ दिने, ११ जनाले दर्ता गराए प्रश्न
  • जितपुर सिमरा: बालिका गरिमा चौधरी हत्या प्रकरणमा सरकार-पीडित परिवारबीच तीनबुँदे सहमति
  • बिजुली खपत बढ्दो क्रममा, प्रतिव्यक्ति ४१८ युनिट नाघ्यो

सम्पादक/संचालक

डी.पी. तिम्सिना

कार्यकारी सम्पादक

टेलिना खनाल

सह–सम्पादक

राधिका कार्की

अध्यक्ष

शिखा पुरी

सुचना बिभाग दर्ता नं. १९००/०७६–०७७

हाम्रो बारेमा

यो ई–पत्रिका अनलाइन न्युज पोर्टल हो । यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधिका समाचार तथा विश्लेषणलाई समेट्छ।

Epatrikaa
सम्पर्क

स्ट्याण्डर्ड पब्लिकेसन प्रा.लि.

काठमाडौँ, नेपाल

फोन: ०१-४३८८०४२,९८५१०६४९३२,९८२४६१२९२२

इमेल: epatrikaa@gmail.com

: epatrikanepal@gmail.com