• समाचार
    • समाज
    • विचार/ब्लग
    • अर्थ
    • सूचना/प्रविधि
    • स्वास्थ्य
    • साहित्य
    • अन्तर्राष्ट्रिय
    • आर्थिक
    • खेलकुद
    • मनोरञ्जन
    • कानुन

देशभर मनसुन सक्रिय: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आह्वान

July 1, 2026

ShareTweet
Subscribe

असार १७, काठमाडौँ | मनसुन नेपाल भित्रिएको १२ दिनमा देशभर पूर्ण रूपमा सक्रिय भएको छ। मनसुनी वायुको प्रभावले आज बुधबार बिहानैदेखि काठमाडौँ उपत्यकासहित बागमती र गण्डकी प्रदेशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो एक घण्टाको अवधिमा धादिङको गजुरीमा १९.६ मिलिमिटर, लमजुङको भुजुङमा १६ मिलिमिटर र भोर्लेटारमा १४.४ मिलिमिटर वर्षा मापन गरिएको छ।

विगत २४ घण्टामा कोशीदेखि सुदूरपश्चिम प्रदेशसम्म नै हल्कादेखि मध्यम र केही स्थानमा अति भारी वर्षा भएको छ। महाशाखाको विवरण अनुसार बर्दियाको मानपुरमा १३६.६ मिलिमिटर, तारातालमा १२८.८ मिलिमिटर, कैलालीको बलियामा १२१ मिलिमिटर, बाँकेको बेलभरमा १०४.८ मिलिमिटर र कास्कीको यांगिकोटमा ८०.६ मिलिमिटर वर्षा रेकर्ड भएको छ।

आज दिनभर र राति देशभर पूर्णतया बदली रहने महाशाखाको पूर्वानुमान छ। महाशाखाले जारी गरेको बुलेटिनमा हिमाली र पहाडी भू-भागका धेरै स्थानमा तथा तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ। विशेष गरी कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

रातिको समयमा पनि कोशी, बागमती र लुम्बिनी प्रदेशका पहाडी भू-भागका केही स्थानमा भारी वर्षाको सम्भावना कायमै छ। मनसुन सक्रिय भएसँगै पहाडी क्षेत्रमा पहिरो, गेग्रान बहाव तथा नदीनालामा जलसतह बढ्न सक्ने भन्दै महाशाखाले सावधानी अपनाउन र पूर्वतयारीमा रहन आम नागरिकलाई आग्रह गरेको छ।

संबन्धित शीर्षकहरु

सुडानको न्याला बजारमा ड्रोन हमला, २१ जनाको मृत्यु
कर्णालीले आठौँ विकेट गुमायो
अर्नब चक्रवात: नेपालमा कमजोर प्रभाव
ऐरीको घातक बलिङमा चितवनको जित
लुम्बिनीले सुदूरपश्चिमलाई ७ विकेटले हरायो
रूपैयाँ थाम्न आरबिआई सक्रिय, नेपाली मुद्रामा पनि असर
प्रधानमन्त्रीद्वारा एनपीएल उद्घाटन
डीआरएसमा दुई जोगिए, कुगेलेइन आउट

ताजा अपडेट

  • बिहान ११:०० बजे देखि सा‌ँझ ५:०० बजे सम्म यी ठाउँमा विद्युत प्राधिकरणको सटडाउन
  • सुडानको न्याला बजारमा ड्रोन हमला, २१ जनाको मृत्यु
  • कर्णालीले आठौँ विकेट गुमायो
  • अर्नब चक्रवात: नेपालमा कमजोर प्रभाव
  • ऐरीको घातक बलिङमा चितवनको जित
  • लुम्बिनीले सुदूरपश्चिमलाई ७ विकेटले हरायो
  • रूपैयाँ थाम्न आरबिआई सक्रिय, नेपाली मुद्रामा पनि असर

सम्पादक/संचालक

डी.पी. तिम्सिना

कार्यकारी सम्पादक

टेलिना खनाल

सह–सम्पादक

राधिका कार्की

अध्यक्ष

शिखा पुरी

सुचना बिभाग दर्ता नं. १९००/०७६–०७७

हाम्रो बारेमा

यो ई–पत्रिका अनलाइन न्युज पोर्टल हो । यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधिका समाचार तथा विश्लेषणलाई समेट्छ।

Epatrikaa
सम्पर्क

स्ट्याण्डर्ड पब्लिकेसन प्रा.लि.

काठमाडौँ, नेपाल

फोन: ०१-४३८८०४२,९८५१०६४९३२,९८२४६१२९२२

इमेल: epatrikaa@gmail.com

: epatrikanepal@gmail.com