• समाचार
    • समाज
    • विचार/ब्लग
    • अर्थ
    • सूचना/प्रविधि
    • स्वास्थ्य
    • साहित्य
    • अन्तर्राष्ट्रिय
    • आर्थिक
    • खेलकुद
    • मनोरञ्जन
    • कानुन

नेपाल सिम रेसिङ नेशनल च्याम्पियनसिप: जयप्रताप र कुशल उपाधि विजेता

October 17, 2026

ShareTweet
Subscribe

असोज ३१, काठमाडौं। नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा नेपाल) को आयोजनामा भएको नेपाल सिम रेसिङ नेशनल च्याम्पियनसिपको उपाधि जयप्रताप मास्के र कुशल भण्डारीले जितेका छन्। सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिषद्मा असोज २८ र २९ गते भएको प्रतियोगितामा मास्केले सिनियर (एमेचर) र भण्डारीले जुनियर (रुकी) क्याटेगोरीमा बाजी मारेका छन्।

अन्तर्राष्ट्रिय अटोमोवाइल फेडरेसन (एफआइए) को मोटरस्पोर्ट्स फण्डिङ प्रोग्राम अन्तर्गत आयोजित यो प्रतियोगिता एफआइए सर्टिफाइड एडभान्स सिम रेसिङ सिमुलेटरमा आइरेसिङ गेमिङमा नेपालमै पहिलोपटक भएको हो।

सिनियर क्याटेगोरीमा ८ जना खेलाडी सहभागी थिए। उनीहरूबीचको फाइनल राउन्ड ‘सर्किट डे लेडेनोन’ मा खेलाइएको थियो। ३.१ कि.मी. लामो, १३ कर्नर भएको र काउन्टर क्लकवाइज घुम्ने यो ट्र्याकमा आठ ल्यापको प्रतिस्पर्धा भएको थियो। मास्केले १ मिनेट २२ सेकेन्डमा बेस्ट ल्याप पूरा गर्दै प्रथम स्थान हासिल गरे। अघिल्लो सिजनका विजेता निमन शाक्य ४ सेकेन्ड पछाडि परे र १ मिनेट २६ सेकेन्डमा दूरी पार गर्दै दोस्रो भए। मास्केले १२ हजार र शाक्यले ६ हजार रुपैयाँ नगद, मेडल तथा प्रमाणपत्र पाए।

विद्यालय तथा कलेजका विद्यार्थीको सहभागिता रहेको जुनियर क्याटेगोरीमा भण्डारी प्रथम भए। स्पर्श व्यान्जु दोस्रो र विनित महर्जन तेस्रो भए। उनीहरूले क्रमशः ९ हजार, ६ हजार र ३ हजार रुपैयाँ नगद, मेडल तथा प्रमाणपत्र प्राप्त गरे। यो क्याटेगोरीको फाइनल ‘ओकायामा सर्किट’ मा भएको थियो। ३.६ कि.मी. लामो र ११ टर्निङ भएको उक्त ट्र्याकमा ५ ल्यापको प्रतिस्पर्धामा १६ जना प्रतिस्पर्धी थिए।

प्रतियोगितामा भेट्रान च्यालेन्ज नामक तेस्रो क्याटेगोरी पनि आयोजना गरिएको थियो। ६ जना ड्राइभर सहभागी यस क्याटेगोरीमा भूषणकुमार श्रेष्ठले जित हात पारे।

प्रतियोगिताको उद्घाटन नासा नेपालका अध्यक्ष दशरथ रिसाल र अन्तर्राष्ट्रिय खेलकुद परिषद्का प्रमुख चन्द्रकुमार राईले गर्नुभएकाे थियो। अध्यक्ष रिसाल, कार्यकारी निर्देशक गोविन्द भट्टराई, सचिव सन्तोष न्यौपाने, सह-कोषाध्यक्ष कमला क्षेत्री, सल्लाहकारहरू ठाकुर न्यौपाने र अमर ज्योति रञ्जित तथा नासा फाउन्डेसनकी डा. टिका ढकाललगायतले पुरस्कार वितरण गर्नुभयो।

संबन्धित शीर्षकहरु

सुडानको न्याला बजारमा ड्रोन हमला, २१ जनाको मृत्यु
कर्णालीले आठौँ विकेट गुमायो
अर्नब चक्रवात: नेपालमा कमजोर प्रभाव
ऐरीको घातक बलिङमा चितवनको जित
लुम्बिनीले सुदूरपश्चिमलाई ७ विकेटले हरायो
रूपैयाँ थाम्न आरबिआई सक्रिय, नेपाली मुद्रामा पनि असर
प्रधानमन्त्रीद्वारा एनपीएल उद्घाटन
डीआरएसमा दुई जोगिए, कुगेलेइन आउट

ताजा अपडेट

  • बिहान ११:०० बजे देखि सा‌ँझ ५:०० बजे सम्म यी ठाउँमा विद्युत प्राधिकरणको सटडाउन
  • सुडानको न्याला बजारमा ड्रोन हमला, २१ जनाको मृत्यु
  • कर्णालीले आठौँ विकेट गुमायो
  • अर्नब चक्रवात: नेपालमा कमजोर प्रभाव
  • ऐरीको घातक बलिङमा चितवनको जित
  • लुम्बिनीले सुदूरपश्चिमलाई ७ विकेटले हरायो
  • रूपैयाँ थाम्न आरबिआई सक्रिय, नेपाली मुद्रामा पनि असर

सम्पादक/संचालक

डी.पी. तिम्सिना

कार्यकारी सम्पादक

टेलिना खनाल

सह–सम्पादक

राधिका कार्की

अध्यक्ष

शिखा पुरी

सुचना बिभाग दर्ता नं. १९००/०७६–०७७

हाम्रो बारेमा

यो ई–पत्रिका अनलाइन न्युज पोर्टल हो । यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधिका समाचार तथा विश्लेषणलाई समेट्छ।

Epatrikaa
सम्पर्क

स्ट्याण्डर्ड पब्लिकेसन प्रा.लि.

काठमाडौँ, नेपाल

फोन: ०१-४३८८०४२,९८५१०६४९३२,९८२४६१२९२२

इमेल: epatrikaa@gmail.com

: epatrikanepal@gmail.com