कात्तिक ५, काठमाडौँ । बाँकेको जानकी गाउँपालिका–५ बकसपुरमा रहेको अम्बे स्टिल सरिया उद्योगमा बिहीबार बिहान आगलागी भएको छ। उद्योगको परिसरमा रहेको फर्नेस आयल भण्डारण गरिएको ट्याङ्कीमा आगो लाग्दा करिब रु. १ करोड ५६ लाखको क्षति भएको प्रारम्भिक अनुमान छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बिहान करिब १:३० बजे विद्युतीय तारमा सर्ट सर्किट भएपछि ट्याङ्कीमा आगो फैलिएको हो। फलाम प्रशोधनका क्रममा फर्नेसमा प्रयोग हुने इन्धन ट्याङ्कीमा भण्डारण गरिएको थियो।
घटनाको सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय खजुराखुर्दबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। नेपाल प्रहरी, स्थानीयवासी र दमकलको संयुक्त प्रयासले एक घण्टाभित्रै आगो पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।