कात्तिक ७, काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को राष्ट्रिय जागरण अभियान शनिबारदेखि सुरु भएको छ। पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेरिसडाँडास्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर अभियानको उद्घाटन गर्नुभयो। कात्तिक ७ गतेदेखि मङ्सिर २५ गतेसम्म, झण्डै दुई महिना अभियान चल्नेछ।
प्रचण्डका अनुसार देश जटिल राजनीतिक, आर्थिक र सामाजिक संकटबाट गुज्रिरहेकाले अभियान आवश्यक भएको हो। अभिव्यक्ति स्वतन्त्रताका लागि भएका आन्दोलनको जगमा बनेको सरकारले नै फरक मतप्रति असहिष्णुता देखाएको, बोल्ने र प्रश्न गर्ने स्वतन्त्रतामाथि रोक लगाएको र लोकतान्त्रिक संस्था, ट्रेड युनियन, विद्यार्थी संगठन, कर्मचारीतन्त्र, निजी क्षेत्र तथा नागरिक अधिकारमाथि हस्तक्षेप गरेको उहाँको आरोप छ। उहाँका अनुसार यसले भय र त्रासको वातावरण सिर्जना गरेको हो।
सरकारका यस्ता प्रवृत्तिका साथै पार्टी र जनताबीचको दूरी बढेकाले पनि अभियान सञ्चालन गरिएको प्रचण्डले जारी गरेको अपीलमा उल्लेख छ।