कर्णालीले आठौँ विकेट गुमायो

कात्तिक १०, काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स भिडिरहेका छन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय रंगशालामा टस जितेको जनकपुरले पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो । त्यसपछि कर्णाली पहिले ब्याटिङमा उत्रिएको हो । खेलमा कर्णालीले आठौँ विकेट गुमाएको छ । १८ औँ ओभरको पाँचौँ बलमा पवन सर्राफ आउट भएका छन् । ललितनारायण राजवंशीको बलमा जिमी निसामले क्याच टिपेपछि उनी पेभिलियन फर्किएका हुन्...

ऐरीको घातक बलिङमा चितवनको जित

कात्तिक १०, काठमाडौं । चितवन राइनोजले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्समाथि ८ रनको रोमाञ्चक जित हासिल गरेको छ। त्रिवि क्रिकेट मैदानमा भएको खेलमा चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९ ओभर ३ बलमा १४९ रनमा सीमित भएको हो। टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ३ विकेट गुमाएर १५७ रन बनायो। ओपनर डाविड मलानले ५१ बलमा सर्वाधिक ७० रन बनाएको छ। रवि बोपाराले ३२...

लुम्बिनीले सुदूरपश्चिमलाई ७ विकेटले हरायो

कात्तिक ९, काठमाडौँ । नेपाल प्रिमियर लिगको उद्घाटन खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गरेको छ। टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले किशोर महतोले ४ विकेट र शेर मल्लले ३ विकेट को घातक बलिङले हारि १७.२ ओभरमा ८७ रनमै समेटिएको हो। लुम्बिनीले ८८ रनको लक्ष्य ९.५ ओभरमै पूरा गर्‍यो। डार्सी सर्ट (४०) र आसिफ शेखले (३२) पहिलो विकेटका लागि ७१ रनको साझेदारी गरी जितको जग बसालेका हुन्। कप्तान रोहितकुमार...

प्रधानमन्त्रीद्वारा एनपीएल उद्घाटन

कात्तिक ९, काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टियू) क्रिकेट मैदानमा नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको औपचारिक उद्घाटन गर्नुभएकाे छ। प्रधानमन्त्रीबाट उद्घाटन भएसँगै आजदेखि टियू क्रिकेट मैदानमा एनपीएलको तेस्रो संस्करण सुरु भएको हो। प्रधानमन्त्रीले आज बिहानै एनपीएलको तेस्रो सिजनप्रति शुभकामना व्यक्त गर्नुभएकाे थियो। तस्बिर : ‍प्रधानमन्त्रीको कार्यलय ...

डीआरएसमा दुई जोगिए, कुगेलेइन आउट

कात्तिक ९, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को इतिहासमा पहिलोपटक प्रयोग गरिएको निर्णय समीक्षा प्रणाली (डीआरएस) मा सुदूरपश्चिम रोयल्सका दुई खेलाडी जोगिएका छन् भने स्कट कुगेलेइन आउट भएको छ । सोमबारदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सुरु भएको एनपीएलको तेस्रो संस्करणमा लुम्बिनी लायन्सले तीनपटक डीआरएस प्रयोग गर्‍यो । जसमध्ये दुईपटक सुदूरपश्चिमका ओपनर सैव जैव र आरिफ सेख जोगिएका छन् भने कुगेलेइन आउट भएका हुन् । लुम्बिनीका शेर मल्लको ओभरमा जैवविरुद्ध पहिलो...

विश्वप्रसिद्ध खेलाडीसहित भोलिदेखि एनपीएल सुरु

कात्तिक ८, काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण भोलिदेखि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुँदैछ। प्रतियोगिता मंसिर ५ गतेसम्म चल्नेछ। मोइन अली, शाकिब अल हसन, आन्द्रे रसेल र डेविड वार्नरजस्ता विश्व क्रिकेटका चर्चित खेलाडी नेपाली उदाउँदा प्रतिभासँगै मैदानमा उत्रिनेछन्। साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीचको उद्घाटन खेलका टिकट अनलाइन बिक्री खुलेको करिब ३० मिनेटमै सकिएकाे हो। लिग चरणका खेलको टिकट सामान्यमा रु. ५०० र भिआईपीमा...

एनपीएलले नेपाली क्रिकेटलाई विश्व नक्सामा उचाल्यो

कात्तिक ७, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु हुन लाग्दा अग्रज खेल पत्रकारहरूले यो प्रतियोगिता अन्तर्राष्ट्रिय स्तरमा ब्राण्ड बन्दै गएको बताउनुभएकाे छ । प्रतियोगिता कात्तिक १० देखि मङ्सिर ६ गतेसम्म कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदैछ । उहाँहरूका अनुसार लिगले प्राविधिक रूपमा सुधार गरेको छ, विदेशी खेलाडीलाई सहभागी गराएको छ र प्रायोजकको ध्यान तानेको छ । एनपीएलले विश्वको ध्यान नेपालतर्फ तानेको बताइएको छ । यसले पर्यटनमा...

एनपीएल तेस्रो संस्करण: पहिलो खेलको टिकट छोटो समयमै सकियो

कात्तिक ६, काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि जारी गरिएका सम्पूर्ण टिकट सकिएका छन्। बिहीबार साँझबाट अनलाइन तथा अन्य माध्यमबाट टिकट बिक्री सुरु भएको थियो, र केही समयमै हाउसफुल भएको छ। आयोजकका अनुसार साधारण दर्शकदीर्घाका लागि प्रतिटिकट रु. ५०० र प्रिमियम दर्शकदीर्घाका लागि रु. १,००० शुल्क तोकिएको थियो। बिक्री सुरु भएको छोटो समयमै दुवै श्रेणीका टिकट सकिनुले क्रिकेटप्रेमीमा लिगप्रति उत्साह कायमै रहेको देखाएको हो। यस...

ओमानसमक्ष नेपालको २८१ रनको लक्ष्य, रोहित–दीपेन्द्रको कीर्तिमानी साझेदारी

कात्तिक २, काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को अन्तिम खेलमा नेपालले घरेलु टोली ओमानलाई २८१ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ। तालिकाको शीर्ष ६ मा पर्न जित्नैपर्ने यो खेलमा रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले चौथो विकेटका लागि कीर्तिमानी साझेदारी गर्दै नेपाललाई डिफेन्ड गर्न सकिने योगफलमा पुर्‍याएको हो। टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ५० ओभरमा २८० रनमा अलआउट भयो। सुरुवात निकै कमजोर रह्यो। खराब लयमा रहेका ओपनर आसिफ सेख...

नेपाल सिम रेसिङ नेशनल च्याम्पियनसिप: जयप्रताप र कुशल उपाधि विजेता

असोज ३१, काठमाडौं। नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा नेपाल) को आयोजनामा भएको नेपाल सिम रेसिङ नेशनल च्याम्पियनसिपको उपाधि जयप्रताप मास्के र कुशल भण्डारीले जितेका छन्। सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिषद्मा असोज २८ र २९ गते भएको प्रतियोगितामा मास्केले सिनियर (एमेचर) र भण्डारीले जुनियर (रुकी) क्याटेगोरीमा बाजी मारेका छन्। अन्तर्राष्ट्रिय अटोमोवाइल फेडरेसन (एफआइए) को मोटरस्पोर्ट्स फण्डिङ प्रोग्राम अन्तर्गत आयोजित यो प्रतियोगिता एफआइए सर्टिफाइड एडभान्स सिम रेसिङ सिमुलेटरमा आइरेसिङ गेमिङमा नेपालमै पहिलोपटक भएको हो। सिनियर...