श्रावन ६, काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले सन् २०२८ मा हुने टी-२० विश्वकपको छनोट यात्रामा एसिया क्षेत्रीय छनोट नखेली सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको २०२८ टी-२० विश्वकप छनोट संरचनाअनुसार, सन् २०२६ को विश्वकपमा सहभागी भएका तर प्रतियोगितामार्फत स्वतः स्थान सुरक्षित गर्न नसकेका टोलीहरूलाई सिधै ग्लोबल छनोटमा प्रवेश दिने व्यवस्था गरिएको छ। नेपालले २०२६ को टी-२० विश्वकपमा समूह चरणभन्दा अगाडि बढ्न...
श्रावन ४, काठमाडौँ । स्पेनले सन् २०२६ को फिफा विश्वकपको उपाधि उचालेको छ। न्युजर्सीस्थित मेटलाइफ स्टेडियममा सम्पन्न रोमाञ्चक फाइनल खेलमा साविक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० गोलले पराजित गर्दै स्पेन दोस्रो पटक विश्व च्याम्पियन बनेको हो। यसअघि स्पेनले सन् २०१० मा पहिलो पटक विश्वकप जितेको थियो। खेलको निर्धारित ९० मिनेटसम्म दुवै टोलीबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयको १०६औँ मिनेटमा वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका फेरान...
श्रावण ३, काठमाडौँ । फिफा विश्वकप २०२६ को तेस्रो स्थानका लागि भएको खेलमा इंग्ल्यान्डले फ्रान्सलाई ६–४ को रोमाञ्चक गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको कांस्य पदक जितेको छ। खेलको पहिलो हाफमा एकपक्षीय दबदबा कायम राखेको इंग्ल्यान्डले दोस्रो हाफमा फ्रान्सको शानदार पुनरागमनको सामना गर्नुपरेको थियो। खेलको सुरुवाती समयमा आक्रामक देखिएको इंग्ल्यान्डले पहिलो हाफमै ४–० को विशाल अग्रता बनाएको थियो। खेलमा सहज जिततर्फ अघि बढेको देखिएको इंग्ल्यान्डले दोस्रो हाफमा भने फ्रान्सेली टोलीको तीव्र दबाब...
असार ३२, काठमाडौँ । विश्वकप फुटबलको फाइनलमा स्थान पक्का गरेको अर्जेन्टिना गम्भीर विवादमा तानिएको छ। इंग्ल्यान्डविरुद्धको सेमिफाइनल खेलपछि अर्जेन्टिनी खेलाडीहरूले मैदानमै विवादास्पद राजनीतिक ब्यानर प्रदर्शन गरेपछि फिफाले अनुशासनको कारबाही गर्ने जोखिम बढेको हो। खेलपश्चात् अर्जेन्टिनी खेलाडीहरूले ‘लास माल्भिनास सोन अर्जेन्टिनास’ (माल्भिनास अर्जेन्टिनाकै हो) लेखिएको ब्यानर बोकेर उत्सव मनाएका थिए। दक्षिण–पश्चिम एटलान्टिक महासागरमा रहेको बेलायती भूभाग फकल्याण्ड टापुलाई अर्जेन्टिनाले ‘माल्भिनास’ भन्दै आफ्नो दाबी गर्दै आएको छ। यही विवादका कारण सन् १९८२...
असार २५, काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ को रोमाञ्चक खेलमा अर्जेन्टिनासँग ३-२ ले पराजित भएपछि इजिप्टले गम्भीर विवाद खडा गरेको छ। रेफ्रीको विवादास्पद निर्णयका कारण आफूहरूले हार बेहोर्नुपरेको दाबी गर्दै इजिप्ट फुटबल संघले फिफासमक्ष औपचारिक उजुरी दर्ता गराएको छ। इजिप्टले खेल सञ्चालन गरेका फ्रान्सेली रेफ्री फ्रान्कोइस लेटेक्सियर र उनको टोलीले ‘दोहोरो मापदण्ड’ अपनाएको आरोप लगाएको छ। मुख्य दुई विवादित घटनाहरूमा इजिप्ट १-० ले अग्रता लिइरहेका बेला भीएआरको...
असार २४, काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध २-० ले पछि परेको स्थिति उल्टाउँदै साविक विजेता अर्जेन्टिनाले ३-२ को कठिन जितसहित क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ। खेल सकिन ११ मिनेट बाँकी रहँदासम्म इजिप्टको पक्षमा रहेको जितको नतिजा अन्तिम क्षणमा अर्जेन्टिनाको आक्रामक पुनरागमनसँगै बदलिएको हो। खेलको अधिकांश समय नियन्त्रणमा राखेको इजिप्टले दुई गोलको अग्रता बनाएको थियो। तर, खेलको ७९औँ मिनेटपछि अर्जेन्टिनाले तीन गोल गर्दै खेल...
असार २३, काठमाडौँ । सन् २०२६ को विश्वकप फुटबलमा अमेरिकी स्ट्राइकर फोलारिन बालोगुनमाथिको निलम्बन फिफाले अन्तिम समयमा हटाउने निर्णय गरेपछि अन्तर्राष्ट्रिय खेल वृत्तमा गम्भीर प्रश्न र विवाद उब्जिएको छ। बोस्निया–हर्जेगोभिना विरुद्धको खेलमा रातो कार्ड पाएका बालोगुनलाई सामान्यतया एक खेलको प्रतिबन्ध लाग्नुपर्ने भए पनि फिफाको अनुशासनात्मक समितिले ४० हजार अमेरिकी डलर जरिवाना गराउँदै बेल्जियम विरुद्धको महत्वपूर्ण नकआउट खेलमा खेल्ने अनुमति दिएको थियो। यद्यपि, मैदानमा बालोगुनको उपस्थिति भए पनि अमेरिका बेल्जियमसँग...
असार २२, काठमाडौँ । पाँच पटकको विश्व विजेता ब्राजिल सन् २०२६ को फिफा विश्वकपको अन्तिम १६ बाटै बाहिरिएको छ। आइतबार राति न्युयोर्क न्यु जर्सी स्टेडियममा सम्पन्न निकै प्रतिस्पर्धात्मक खेलमा ब्राजिल नर्वेसँग २–१ गोलअन्तरले पराजित हुन पुग्यो। नर्वेको ऐतिहासिक जितमा स्टार स्ट्राइकर एर्लिङ हालान्ड नायक बने, जसले दुई गोल गर्दै टोलीलाई पहिलो पटक क्वार्टरफाइनलको यात्रा गराए। खेलको अधिकांश समय दबाबमा देखिएको ब्राजिलका लागि इन्जुरी समयको १०औं मिनेटमा नेयमारले पेनाल्टीमार्फत एक सान्त्वना...
असार २०, काठमाडाैँ । साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को नकआउट चरणमा डेब्यु टोली केप भर्डविरुद्ध निकै संघर्षपूर्ण जित निकाल्दै अन्तिम १६ मा प्रवेश गरेको छ। शुक्रबार राति मायामी स्टेडियममा भएको रोमाञ्चक खेलमा अर्जेन्टिनाले केप भर्डलाई ३–२ गोलले पराजित गरेको हो। विश्वकपको इतिहासमै सम्भवत: सबैभन्दा ठूलो उलटफेरको संघारमा पुगेको अर्जेन्टिना अन्तिम समयको आत्मघाती गोलको मद्दतले मात्र प्रतियोगितामा आफ्नो यात्रा कायम राख्न सफल भयो। खेलको १११औं मिनेटमा केप भर्डका डिनी...
असार १९, काठमाडाैँ । फिफा विश्वकप २०२६ अन्तर्गत बिहीबार राति भएको रोमाञ्चक भिडन्तमा क्रोएसियालाई २–१ ले पाखा लगाउँदै पोर्चुगल अन्तिम १६ मा प्रवेश गरेको छ। प्रतिस्पर्धात्मक बनेको उक्त खेलमा पोर्चुगलले इन्जुरी समयको अन्तिमसम्मै संघर्ष गर्दै महत्वपूर्ण जित हात पारेको हो। खेलको ५३औँ मिनेटमा इभान प्यारिसिकले गोल गर्दै क्रोएसियालाई सुरुवाती अग्रता दिलाएका थिए। ६८औँ मिनेटमा कप्तान क्रिस्टियानो रोनाल्डोले गोल फर्काउँदै खेललाई १–१ को बराबरीमा ल्याए। त्यसको केही समयपछि ८०औँ मिनेटमा प्रशिक्षक...


