जेठ ७, काठमाडौं । राजधानीमा शुक्रबारदेखि बहुप्रतीक्षित ‘काभा महिला भलिबल च्याम्पियनसिप’ सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सञ्चालन हुने यस प्रतियोगितामा आयोजक नेपालसहित दक्षिण र मध्य एसियाका ८ राष्ट्रहरूले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगितामा नेपाल, भारत, श्रीलङ्का, बङ्गलादेश, इरान, कीर्गिस्तान, मालदिभ्स र कजाकिस्तानको सहभागिता रहनेछ । प्रतियोगिताको उद्घाटन खेलमै शुक्रबार दिउँसो घरेलु टोली नेपालले बलियो प्रतिद्वन्द्वी भारतको सामना गर्ने तालिका छ ।प्रतियोगिताको पूर्वसन्ध्यामा बिहीबार काठमाडौँमा आयोजित...
बैशाख २३, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका कप्तान आरिफ शेखलाई विशेष बढुवा प्रदान गरिएको छ । उहाँ जवान पदबाट सहायक हवल्दारमा पदोन्नति हुनुभएको हो ।बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धीविक्रम शाहले उहाँलाई दर्ज्यानी चिह्न प्रदान गर्नुभएको थियो ।कप्तानको रूपमा उहाँले नेपाल पुलिस क्लबलाई जय ट्रफी तथा प्रो क्लब च्याम्पियनसिपको उपाधि जिताउन सफल हुनुभएको...
बैशाख ८,काठमाडौं । नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीचको दुई खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज १–१ को बराबरीमा सकिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार सम्पन्न दोस्रो खेलमा नेपालले युएईलाई ८ विकेटले पराजित गर्दै सिरिजमा उत्कृष्ट पुनरागमन गरेको हो। पहिलो खेलमा ६ विकेटको पराजय व्यहोरेको नेपालले दोस्रो खेलमा भने बलिङ र ब्याटिङ दुवै क्षेत्रमा सन्तुलित प्रदर्शन गर्दै सहज जित निकाल्यो।युएईले प्रस्तुत गरेको १२९ रनको लक्ष्य पछ्याउने क्रममा नेपालका ओपनर...
बैशाख ४, काठमाडौं । अर्जेन्टिनाका महान् फुटबल खेलाडी लियाेनल मेसीले स्पेनको क्याटलोनिया क्षेत्रमा रहेको ‘कर्नेला’ नामक फुटबल क्लबको स्वामित्व ग्रहण गर्नु भएकाे छ। यससँगै मेसीले खेलाडी जीवनपछि व्यवस्थापन र लगानीको क्षेत्रमा पनि नयाँ यात्रा सुरु गर्नु भएकाे छ।३८ वर्षीय मेसीले आफ्नो करियरको उत्कर्षकाल बार्सिलाेना फुटबल क्लबमा बिताउनु भएकाे थियाे, जहाँ वहाँले टोलीलाई चार पटक युरोपको प्रतिष्ठित च्याम्पियन्स लिग र १० पटक स्पेनी शीर्ष लिग प्रतियोगिता उपाधि जिताउन महत्वपूर्ण योगदान...
फागुन २०, काठमाडौँ । आइसिसी टी–२० विश्वकपमा आजदेखि सेमिफाइनलका खेलहरू हुँदैछन्।सेमिफाइनलको पहिलो खेलमा बुधबार दक्षिण अफ्रिका र न्युजिल्याण्ड भिड्दैछन्।कोलकातास्थित इडेन गार्डेनमा बेलुकी सवा ७ बजेदेखि खेल सुरू हुनेछ।दक्षिण अफ्रिका र न्युजिल्याण्डबीच भएका खेल हेर्दा दक्षिण अफ्रिका बलियो देखिन्छ ।आज विजयी हुने देशले बिहीबार भारत र इंग्ल्याण्डबीचको विजयी टोलीसँग आइतबार फाइनल खेल्नेछ। ...
फागुन १०, काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटको ‘सुपर–एट’ मा दक्षिण अफ्रिकाले भारतलाई ७६ रनले हराएको छ । दक्षिण अफ्रिकाले दिएको १ सय ८८ रनको लक्ष्य पछ्याएको भारतले १८ ओभर ५ बलमा १११ रन बनाउँदै अलआउट भयो । त्यसअघि दक्षिण अफ्रिकाले ७ विकेट गुमाएर १ सय ८७ रन बनाएको थियो । भारत समूह ‘ए’ बाट र दक्षिण अफ्रिका समूह ‘डी’ बाट विजेता बन्दै सुपर एटमा पुगेका हुन् । तस्विरः गेटी...
फागुन १०, काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटको ‘सुपर–एट’ मा इङ्ग्ल्यान्डले श्रीलङ्कालाई ५१ रनले हराएको छ । इङ्ग्ल्यान्ड दिएको १ सय ४७ रनको लक्ष्य श्रीलङ्काले १६ ओभर ४ बल खेल्दै ९५ रन बनाएर अलआउट भयो । त्यसअघि इङ्ल्यान्डले ९ विकेट गुमाएर १ सय ४६ रन बनाएको थियो । तस्विरः गेटी इमेज ‘सुपर–एट’ मा दुई वटा समूहमा चार–चार वटा टोली रहेका छन् । ‘सुपर–एट’ का शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । ...
फागुन ६, काठमाडौँ । नामिबियालाई हराउँदै पाकिस्तान टी–२० विश्वकप क्रिकेटको ‘सुपर–एट’ मा पुगेको छ । तस्विरः गेटी इमेज श्रीलङ्काको कोलम्बोमा भएको समूह ‘ए’ को खेलमा पाकिस्तानले नामिबियालाई १०२ रनले हराउँदै ‘सुपर–एट’ पुगेको हो। टस जितेर ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ३ विकेट गुमाएर १९९ रन बनायो । पाकिस्तानका साहिबजादा फरहानले शतक बनाए । फरहानले ५८ बलमा नटआउट १०० रन बनाएका थिए । नामिबियाका ज्याक ब्रासेलले २ विकेट लिए ।पाकिस्तानले दिएको २००...
फागुन ५, काठमाडौँ । नेपालले टी २० विश्वकपको स्कटल्यान्डसँगको खेलमा जित निकालेको छ। आइसिसी टी २० विश्वकप २०२६ अन्तर्गत अन्तिम खेलमा स्कटल्यान्डलाई ७ विकेटले पराजित गर्दै जित निकालेको हो। दीपेन्द्रले २३ बलमा ५० रन स्कोर बनाएर नेपालले १ सय ७१ रनको लक्ष्य मुम्बईको वानखडे रंगशालामा ४ बल अगाडि नै पूरा गर्यो ।दीपेन्द्रले ४ चौका र ३ छक्का प्रहार गरे । दीपेन्द्र र गुलशन झाले चौथो विकेटमा ३६ बलमा ७३ रनको...
माघ २५, काठमाडौं । टी–२० विश्वकप २०२६ को समूह सीअन्तर्गत मुम्बईको वानखेडे स्टेडियममा भएको खेलमा ४ रनले पराजय व्यहोरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको इङ्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाई १८४ रन बनाएको थियो। नेपालले लक्ष्य पछ्याउँदै २० ओभरमा ६ विकेट गुमाई १८० रन मात्र जोड्न सक्यो। अन्तिम ओभरमा १० रन आवश्यक हुँदा मात्र ५ रन मात्र जोड्यो ।नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ४४ रन जोड्दै टी–२० अन्तर्राष्ट्रियमा...


