श्रावण २० , काठमाडौं । देशभर हाल मनसुनी वायुको प्रभाव कायम रहेको छ। मनसुनको न्यूनचापीय रेखा सामान्य अवस्थाभन्दा केही उत्तरतर्फ, नेपालको तराई क्षेत्र नजिकै रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विभागका अनुसार हाल देशभर साधारणतया बादल लागेको छ। बागमती र गण्डकी प्रदेशका केही स्थानमा, कोशी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा तथा लुम्बिनीको एक–दुई स्थानमा हाल मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ। विभागका अनुसार आज दिउँसो...
श्रावण १९, काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्रशासनिक फेरबदल गर्दै विद्युत् विकास विभागबाट मन्त्रालयमा सारेका तीन जना सहसचिव एक हप्ता बितिसक्दा पनि कुनै काम नपाई बसिरहेका छन्। साउन १२ गते सरुवा भई १३ गते रमाना लिएका र १४ गतेदेखि मन्त्रालयमा हाजिर भइरहेका यी अधिकारीलाई हालसम्म कुनै महाशाखा वा कार्यक्षेत्र तोकिएको छैन। जिम्मेवारीविहीन बनाइएकाहरूमा विद्युत् विकास विभागकी निवर्तमान महानिर्देशक मनदेवी श्रेष्ठ, विभागकै अध्ययन महाशाखा उपमहानिर्देशक गोकर्णराज पन्थ र अनुमतिपत्र...
श्रावण १९, काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज (मंगलबार) दिउँसो १ः०० बजेदेखि बस्दै छ। बैठकमा विभिन्न प्रतिवेदन पेस गर्ने तथा जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल गर्ने कार्यसूची तय गरिएको छ। प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘आदिवासी जनजाति आयोगको छैटौँ वार्षिक प्रतिवेदन’ पेस गर्नुहुनेछ। यसैगरी, आजको बैठकमा नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रस्तुत गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि पनि छलफल हुनेछ। सांसद...
श्रावण १८, काठमाडौँ । रोल्पा जिल्लाको इरीवाङ आसपास केन्द्रबिन्दु बनाएर सोमबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, सोमबार बिहान ३ बजेर ७ मिनेटमा ४.४ स्थानीय म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पको धक्का रोल्पा र आसपासका क्षेत्रमा महसुस गरिएको थियो। भूकम्पबाट भएको क्षतिको विवरण भने हालसम्म प्राप्त हुन सकेको छैन। यसअघि पनि रोल्पा र आसपासका क्षेत्रमा पटक-पटक भूकम्पका धक्का महसुस हुने गरेका छन्, जसमध्ये केही महिनाअघि रुकुम पूर्वको कोल...
श्रावण १७, काठमाडौं। भौगोलिक रूपमा कठिन र दुर्गम मानिने क्षेत्रहरूमा सडक पुर्याउने अभियानमा नेपाली सेनाले उल्लेखनीय प्रगति हासिल गरेको छ। सेनाले हालसम्म ३२ वटा सडक आयोजना पूरा गरिसकेको छ, जसअन्तर्गत कुल १,४११.५४ किलोमिटर सडक निर्माण भइसकेको छ। कान्ति लोकमार्ग, कर्णाली राजमार्ग, जाजरकोट–डोल्पा सडक, बेँसीसहर–चामे खण्ड, कालीगण्डकी करिडोर र कर्णाली करिडोर लगायतका ठूला आयोजना यसअघि नै सम्पन्न भइसकेका छन्। कठोर भूबनोट, अग्ला भिर र निर्माण गर्न जटिल मानिने सडकखण्डहरू सामान्यतया निजी...
श्रावण १५, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले मधेशबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका नेताहरूसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा छलफल गर्नुभएको छ। छलफलमा सुनसरीलगायत मधेशका केही जिल्लामा उत्पन्न तनाव समाधानबारे कुराकानी भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यसअघि प्रधानमन्त्री शाहले हालैका दिनमा मधेशमा देखिएको घटनाक्रमबारे राष्ट्रलाई सम्बोधन गर्नुभएको थियो, र त्यसपछि राष्ट्रपति रामचन्द्र पौडेल तथा उपराष्ट्रपति रामसहाय यादवसँग पनि छलफल गर्नुभएको थियो। सरकारले संवाद र सहकार्यमार्फत मधेश क्षेत्रको तनाव शान्तिपूर्ण...
श्रावण १५, काठमाडौं । सङ्घीय संसदको राष्ट्रियसभाको बैठक आज बस्ने भएको छ। दिउँसो १:१५ बजेदेखि सुरु हुने यस बैठकमा गृहमन्त्री सुधन गुरुङले आफ्नो मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको जवाफ दिनुहुनेछ। सङ्घीय संसद् सचिवालयका अनुसार शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पनि मन्त्रालयसँग सम्बन्धित प्रश्नको उत्तर दिने सम्भावना रहेको छ। बैठकमा राष्ट्रियसभा सदस्य कमला पन्तले मनसुनजन्य विपद् व्यवस्थापनका लागि सरकारले गरेको पूर्वतयारीबारे गृहमन्त्रीको ध्यानाकर्षण गराउने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। यसैबीच, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले पूर्वउपप्रधानमन्त्री तथा...
श्रावण १४, काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नुभएको छ। केही बेरअघि राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्री शाह र राष्ट्रपति पौडेलबीच भेटवार्ता भएको हो। सो भेटवार्ताका क्रममा उहाँहरूबीच मुलुकको समसामयिक विषयवस्तुहरूमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । ...
श्रावण १४, काठमाडौं । संघीय संसद्को प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक बिहान ११ बजेका लागि बोलाइएको हो। आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले “अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३” लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। यसैगरी सभामुख डीपी अर्यालले प्रतिनिधिसभाका पूर्वसदस्य एवं संविधानसभा सदस्य गोपालमान श्रेष्ठको निधनमा शोक प्रस्ताव पनि प्रस्तुत गर्नुहुनेछ भनी संसद् सचिवालयले जनाएको छ। उल्लेखनीय छ, प्रतिनिधिसभाको बैठक १४ दिनको...
श्रावण १२, काठमाडौँ । मुग्लिङ–नारायणगढ सडक खण्डअन्तर्गत खहरे खोला नजिकै सुक्खा पहिरो खसेपछि सो सडक खण्डको दुईतर्फी यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक डिभिजन कार्यालय भरतपुरका अनुसार आज मंगलबार बिहान ८ बजी ५० मिनेटमा मुग्लिङ नजिकैको खहरे खोलामा अचानक पहिरो खसेको हो। पहिरोका कारण उक्त मार्ग हुँदै आवतजावत गर्ने सयौँ सवारीसाधन र हजारौँ यात्रु बाटोमै रोकिएका छन्। अवरुद्ध सडक खोल्नका लागि पहिरो हटाउने कार्य तत्काल सुरु गरिएको सम्बन्धित निकायले जनाएको...


