पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र नेतृ हिसिला यमीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।पूर्वप्रधानमन्त्री भट्टराईले ट्वीटमार्फत कोरोना संक्रमण भएको बताउनु भएको छ । कात्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजिटिभ आएको उल्लेख गर्नुभएको छ ।“हिसिला र म दुबैलाई कोभिड-१९ को संक्रमण पुष्टी भएको छ। कार्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजिटीभ आएको हो।चिकित्सकहरूको सल्लाह बमोजिम हामी होम आइसोलेसनमा नै रहनेछौं !...
काठमाडाैं, कार्तिक ३ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका दुई हजार ३८८ जना सहित देशभर तीन हजार ७९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या एक लाख ३६ हजार ३६ पुगेको छ । आज थपिएका संक्रमितमध्ये काठमाडौंका दुई हजार ८, ललितपुरका २८१ र भक्तपुरका ९९ जना हुन् । हाल सक्रिय संक्रमित ४० हजार ७७८ जना छन् । यसैगरी पछिल्लो २४ घण्टामा कोरोना निको...
काठमाडौं, असोज २६ पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २२८३ जना सहित देशभर ४०४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १४ हजार ५३० जनाको पिसिआर परीक्षण गर्दा देशभर ४०४७ जना संक्रमित थपिएको जानकारी दिनुभएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १८८८, भक्तपुरमा ११८ र ललितपुरमा २७७ जनालाई कोरोना पोजेटिभ देखिएको हो । हालसम्म नेपालमा ११ लाख...
नेपालमा आज अहिले सम्मकै धेरै ३ हजार ४३९ जना कोरोना संक्रमित थपिएका छन् । यो सगैँ नेपालमा संक्रमितको संख्या ९४ हजार २५३ पुगेको छ । आज १४ हजार २०९ जनामा गरिएको परीक्षणमा ३ हजार ४३९ जना संक्रमित फेला परेका हुन् । सक्रिय संक्रमितको संख्या २५ हजार ७ जना रहेका छन् । त्यस मध्य १० हजार बढी संस्थागत आईसोलेसनमा छन् भने १५ हजार जति होम ईसोलेसनमा रहेका छन् । आज कोरोना...
काठमाडौं, असोज १६ पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा १ हजार ६ सय ३८ जना सहित देशभर २ हजार ७ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार काठमाण्डाैमा १२ सय ८०, भक्तपुरमा एक सय ९६ जना र ललितपुरमा एक सय ६२ जनामा सङ्क्रमण देखिएकाे हाे । २४ घण्टामा देशभर २७२२ जना संक्रमित थपिएको उहाँले जानकारी दिनुभयो । डा. गौतमले दिनुभएको जानकारी...
काठमाडौं, असोज १५ पछिल्लो २४ घण्टामा देशभर १९११ जनामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभर १९११ जना संक्रमित थपिएको जानकारी दिनुभयो । नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा. गौतमले पछिल्लो २४ घण्टामा १२ हजार ४४४ जनाको पिसिआर परीक्षण १९११ जना संक्रमित थपिएकाे बताउनु भयाे । नेपालमा १० लाख ३३ हजार ९४७ जनाको पिसिआर परीक्षण गर्दा ७९ हजार ७२८ जना संक्रमित भएकाे...
काठमाडौं, असोज १– पछिल्लो २४ घण्टामा उपत्यकामा ६१८ सहित देशभर १२४६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । काठमाडौं उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा ६१८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा बिहीबार प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार काठमाडौंमा ५०७, भक्तपुरमा ५० र ललितपुरमा ६१ जनामा कोरोना पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १०६४१ जनाको पीसीआर परीक्षण गर्दा १२४६ जनामा...
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४३१ सहित देशभर १२०१ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा संक्रमितमध्ये काठमाडौंका ३ सय ७७, ललितपुरका ३७ र भक्तपुरकमा १७ जना रहेका छन । देशभरका विभिन्न प्रयोगशालामा १०१७६ जनाको पीसीआर परीक्षण गर्दा १२०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा....
नेपालमा पछिल्लो २४ घण्टामा २२ सय ८७ जना कोरोना संक्रमण मुक्त भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा अहिलेसम्मकै धेरै २ हजार २ सय ८७ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज भएका छन् । नेपालमा काेराेना निकाे हुनेको सङ्ख्या ३२ हजार ९ सय ६४ जना पुगेको छ । नेपालमा हाल १४ हजार ८ सय ६८ जना सक्रिय सङ्क्रमित रहेका...
काठमाडौं, भदौ २३ –पछिल्लो २४ घण्टामा उपत्यकामा ३ सय ९६ सहित देशभर ९०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १० हजार ६ सय ११ जनाको पीसीआर परीक्षण गर्दा ९ सय २ जनामा कोरोनाको सङ्क्रमण देखिएको हो । काठमाडौंमा ३ सय, भक्तपुरमा ५८ र ललितपुरमा ३८ जनासहित उपत्यकामा ३ सय ९६ जना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी गराउनु भएको छ...


