झापाको दमक नगरपालिका, गौरादह नगरपालिका र कमल गाउँपालिकाको दुई हजार दुई सय बिघामा फैलिएको आधुनिक औद्योगिक पार्क निर्माण हुन लागेको हो । सरकारले औद्योगिक पार्कका लागि आवश्यक पर्ने जग्गा मध्ये एक हजार सात सय ९० बिघा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको नाममा दिइसकेको जसमा नौ सय ४२ बिघा जग्गा लिमिटेडको नाममा निःशुल्क प्राप्त भएको र चार सय ११ बिघाको मुआब्जा वितरण भइरहेको कार्यक्रमा जनाइएको छ ।
चिनियाँ ग्लोबल एनजिओ युनियनका उपाध्यक्ष चउ हुई जोनको नेतृत्वमा आएको टोली तथा स्थानीय प्रतिनिधीहरुले योजनास्थल अवलोकन गरेको थियो ।
औद्योगिक पार्कमा औद्योगिक उत्पादनका कार्य, इलेक्ट्रोनिक, अटो मोबाइल्स, गार्मेन्ट, खाद्यान्नलगायत उद्योगलाई आकर्षित गर्ने योजना छ । राजधानीमा बिहीबार एक कार्यक्रम आयोजना गरी पार्क निर्माण सुरु भएको घोषणा गरिएको हो ।
औद्योगिक पार्कमा करिब एक लाख रोजगारी सिर्जना हुने बताइएको छ।
उद्घाटन समारोहमा औद्योगिक पार्कका अध्यक्ष गोविन्द थापाले यो निर्माण कार्य नेपालको अहिलेसम्मको नै सबैभन्दा प्रभावकारी र आकर्षकणको केन्द्र हुने र देशमा आधुनिक औद्योगिकीकरणको शुरुवात भएको जानकारी दिए । उनले औद्योगिक पार्क निर्माणपछि नेपालमा विकासको नयाँ मोडल स्थापित हुने देश समृद्धितिर अघि बढेको बताए ।