बङ्गलादेशमा विद्यार्थीलाई जीवितै जलाउने १६ जनालाई मृत्युदण्डको फैसला
October 24, 2019
एक छात्रालाई जीवितै जलाएको अभियोगमा बङ्गलादेशमा दोषी ठहर गर्दै १६ जनालाई अदालतले मृत्युदण्डको सजाय सुनाएको छ ।
शिक्षकले यौन दुर्व्यहार गरेको आरोप लगाएकी १९ वर्षीया नुसरत जहाँ आगो लगाई रफीको हत्या भएको थियो ।
नुसरतले यौन दुर्व्यवहार गरेको आरोप लगाएका प्रधानाध्यापकबाहेक उनका दुई सहपाठी छात्रा पनि हत्यामा संलग्न भएको अदालतले ठहर गरेको छ ।
सिरज उद दउलाले आफूलाई बारम्बार अनुचित तरिकाले छोएको भन्दै नुसरतले आफ्ना प्रधानाध्यापक विरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् ।
घटनाबारे दिएको जानकारी उनका भाइले मोबाइल फोनमा रेकर्ड गरेका थिए । उनले भनेकी थिइन, “शिक्षकले मलाई छोएका थिए। म त्यो अपराधविरुद्ध सास रहुन्जेलसम्म लडिरहन्छु।“
अप्रिल ६ मा उनलाई विद्यालयको छतमा बोलाई उजुरी फिर्ता लिन दबाव दिइएको थियो । सो गर्न अस्वीकार गरेपछि उनलाई जीवितै आगो लगाइएको थियो । उनले आत्महत्या गरेको जस्तो देखाउने प्रयास पनि गरिएको थियो ।