पाकिस्तानको विशेष अदालतले भूतपूर्व सैन्य शासक परवेज मुशर्रफलाई देशद्रोहको अभियोगमा मृत्युदण्डको सजाय सुनाएको छ ।
उच्च अदातलका इस्लामाबादस्थित अदालतका मुख्य न्यायाधीश भएको तीनसदस्यीय इजलासले मङ्गलवार मुशर्रफलाई संविधानको अवहेलना तथा गम्भीर देशद्रोहको मुद्दामा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको हो ।
मुसरफलाई सन् २००७ मा सङ्कटकाल घोषणा संविधान निलम्बन गरेकोमा देशद्रोहको मुद्दा लगाइएको थियो ।
मुसर्रफ सन् १९९८ मा सेनाप्रमुख नियुक्त भएका थिए ।
कारगिल युद्धमा सेनाको संलग्नताको विषयले तत्कालीन प्रधानमन्त्री नवाज शरिफ र तत्कालिन सेना प्रमुख मुसर्रफबीच विवादले सत्तापलट भई पाकिस्तानमा सैनिक शासन लागु भएको थियो । मुसर्रफ सन् २००१ देखि २००८ सम्म पाकिस्तानका राष्ट्रपति थिए।
सन् २००८ मा निर्वाचनमा पराजित भएपछि राजीनामा गरेर उनी चार वर्ष निर्वासनमा गएका थिए ।
उनले सन् २००७ नोभेम्बरमा सङ्कटकाल लगाएर संविधान निलम्बित गरिदिएका थिए । त्यसैले उनलाई देशद्रोहको मुद्दा चलाइएको थियो ।
मुद्दा चल्दाचल्दै मुसर्रफ सन् २०१६ मा दुबई गएका थिए ।
उनको अहिले त्यहाँ उपचार गराइरहेको जानकारी गराएका छन् ।