कलाकार मनोज गजुरेललाई कोरोना सङ्क्रमण देखिएको छ । सोमबार आएको रिपोर्ट अनुसार पोजेटिभ देेेेखिएको उहाँले सामाजिक संजालमा उल्लेख गर्नुु भएको छ
तस्बिर : कलाकार मनोज गजुरेलको फेसबुकबाट
“दाजुलाई अस्पताल लाने/ल्याउने गरेको थिएँ । गत बिहिबार सामान्य टाउको दुख्यो । शुक्रबार ९८° को ज्वरो देखियो । शनिबार ढाडको दुखाई महसुस गरेँ । त्यसपछि हिजो पिसिआर टेस्ट भयो । भर्खरमात्र कोभिड पोजेटिभ भनेर रिपोर्ट आएको हो ।”
आफू बिहिबारदेखि नै आईसोलेसनमा रहेकोले सेल्फ आईसोलेसनको कडा पालना सहित घरेलु उपचारमा रहेको बताउनु भएको छ ।
“मलाई अहिले गार्हो हुनेखालका सिमटम्स छैनन् तर पनि आफू र अरुको स्वास्थ्यलाई ध्यानमा राखेर गुप्तवासमा रहेको जानकारी गराउन चाहान्छु ।”
उहाँले संक्रमणबाट बँच्न सुरक्षाका सम्पुर्ण उपायहरू अपनाउँदा अपनाउँदै पनि यो जुनसुकै बेला जसलाई पनि लाग्न सक्ने रहेछ भन्दै आफू सचेत रहन, अरुलाई सुरक्षित रहन तथा ‘पोजिटिभ’ देखिई हालेमा पनि नआत्तिन, बिश्वासिलो चिकित्सकको सम्पर्कमा रहन अनुरोध गर्नुभएको छ । उहाँ आफू पनि जनस्वास्थ्य विज्ञ तथा सामाजिक अभियन्ता डा. रबिन्द्र समिरको सुझाव, सल्लाह र ‘कोभिड उपचार गाईडलाईन’मा रहेकोरहेको बताउनु भएको छ ।
“मलाई बिश्वास छ, मेरो शरीरमा प्रबेश गरेको यो भाईरस मेरो शारिरिक, मानसिक र आध्यात्मिक शक्तिभन्दा बलियो पक्कै छैन । त्यसैले मैले यो भाईरसलाई आफ्नो शक्तिशाली ईम्युन सिस्टममा स्वागत गरिसकेको छु । तपाईंहरुको शुभकामनाले त मेराे शरीरको जीत र भाईरसको हार झन् चाँडाे हुनेछ । “
काठ्माडौँ, कार्तिक ११ ।
कलाकार मनोज गजुरेललाई कोरोना सङ्क्रमण देखिएको छ ।
सोमबार आएको रिपोर्ट अनुसार पोजेटिभ देेेेखिएको उहाँले सामाजिक संजालमा उल्लेख गर्नुु भएको छ