काठमाडौं उपत्यकामा १३५७ सहित देशभर २५०८ जनामा कोरोना संक्रमण
October 31, 2020
बिगत २४ घण्टामा काठमाडौं उपत्यकामा १३५७ जना सहित देशभर २ हजार ५०८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार २७९ जनाको पीसीआर परीक्षण हुँदा २ हजार ५०८ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।
आज उपत्यकामा थपिएका संक्रमितमा ५६९ महिला र ७८८ पुरुष रहेका छन् । यससँगै काठमाडौंमा संक्रमितको संख्या ६१ हजार ८५५ पुगेको छ भने भक्तपुरमा ५ हजार ६९९ र ललितपुरमा ८ हजार ७९४ पुगेको छ ।
यस्तै २४ घण्टामा थप २ हजार २६४ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् । यससँगै १ लाख ३१ हजार २२२ संक्रमणमुक्त भएका हुन । यस्तै बितेको २४ घण्टामा थप १७ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ९३७ पुगेको छ ।
बिगत २४ घण्टामा काठमाडौं उपत्यकामा १३५७ जना सहित देशभर २ हजार ५०८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार २७९ जनाको पीसीआर परीक्षण हुँदा २ हजार ५०८ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।
आज उपत्यकामा थपिएका संक्रमितमा ५६९ महिला र ७८८ पुरुष रहेका छन् । यससँगै काठमाडौंमा संक्रमितको संख्या ६१ हजार ८५५ पुगेको छ भने भक्तपुरमा ५ हजार ६९९ र ललितपुरमा ८ हजार ७९४ पुगेको छ ।
यस्तै २४ घण्टामा थप २ हजार २६४ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् । यससँगै १ लाख ३१ हजार २२२ संक्रमणमुक्त भएका हुन ।
यस्तै बितेको २४ घण्टामा थप १७ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ९३७ पुगेको छ ।