जुवा तथा बाजीजन्य कार्यमा संलग्न भएमा बैंक खाता रोक्का
December 13, 2022
२०७९ मंसिर २७, मंगलबार । नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै विद्युतिय भुक्तानी मार्फत जुवा तथा बाजिजन्य गैर कानूनी कार्यहरुमा संलग्न नहुन सूचित गरेको हो । साथै जुवा तथा बाजीजन्य कार्यमा संलग्न भएमा बैंक खाता, मोवाइल वालेट लगायतबाट हुुने कारोबारहरु रोक्का गर्ने जनाएको छ ।
यस्तो कार्यमा संलग्न भएको खण्डमा इजाजत अनुमतिपत्र प्राप्त संस्थाहरुले जुवा तथा बाजीजन्य गैर कानुनी कार्यहरुको भुक्तानी बैंक खाता, मोवाइल बैंकिङ्ग, मोवाइल वालेट लगायतका माध्यमबाट हुन नदिने व्यवस्था मिलाउन समेत बैंक तथा वित्तिय संस्थाहरुलाई समेत सुचित गरेको छ । कसैले विद्युतिय भुक्तानीका माध्यमबाट जुवा तथा बाजी जन्य कार्यमा संलग्न भए बैंकलाई फोन मार्फत समेत जानकारी गर्न सकिने राष्ट्र बैंकले सुचित गरेको हो ।