पुस १५ देखि दूरसञ्चार प्राधिकरणमा दर्ता नभएका मोबाइल सेट नचल्ने
December 24, 2022
पौष ९, काठमाडाैं । नेपाल दूरसञ्चार प्राधिकरणले पुस १५ देखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम कार्यान्वयनमा ल्याउने जनाएको छ । एक सूचना निकाल्दै प्राधिकरणले पुस १५ गतेभित्रमा मोबाइलहरु दर्ता गर्न आह्वान गरेको छ ।
मोबाइल सेटको अबैधानिक तवरले आयात रोक्न, चोरी भएका तथा हराएका मोबाइल सेटको ट्र्याकिङ र ब्लकिङ गरि गैरकानुनी प्रयोगलाई निरुत्साहित गरी व्यवस्थित गर्न दुरसन्चार प्राधिकरणले परीक्षणको रूपमा एमडीएमएस लागू गरेको थियो ।
दुरसन्चार प्राधिकरणले बिदेशबाट आउने नेपालीहरूले निजी प्रयोगका लागि आफ्नो साथमा ल्याएका तर एमडीएमएस प्रणालीमा दर्ता नभएका वा गएको भदौभन्दा अगाडि प्रयोगमा नरहेका मोबाइल सेटहरूको १५ डिजिट नम्बरसहितको भन्सार घोषणा गरी भन्सार ऐन, २०६४ अनुसार भन्सार कार्यालयबाट प्रज्ञापन पत्र लिइ प्रणालीमा अद्यावधिक गर्न अनुरोध गरेको छ । पौष १५ गतेदेखि नियमानुसार भन्सारमा घोषणा नभएको मोबाइल फोन सेट दर्ता नगरिने र यस्ता मोबाइल सेट सञ्चालनमा समेत रोक लगाइने हुँदा व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोबाइल सेटहरू प्रज्ञापन पत्रसहित राहदानी/नागरिकत/राष्ट्रिय परिचयपत्रको आधारमा मात्र एमडीएमएसमा गइ दर्ता गर्न प्राधिकरणले अनुरोध गरेको छ ।
नेपाल भित्रै मोबाइल खरिद गर्दा पनि खरिद मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको एमडीएमएस प्रणालीमा दर्ता भए वा नभएको यकिन गरेर मात्र खरिद गर्न प्राधिकरणले सचेत गराएको छ ।