साउन २८ गतेदेखि आईपीओ निष्काशन गर्दै चिरख्वा हाइड्रोपावर
August 6, 2023
साउन २१, काठमाडाैँ । चिरख्वा हाइड्रोपावर लिमिटेडले साउन २८ गतेदेखि आईपीओ निष्काशन गर्दैछ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि ४ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। भोजपुर जिल्ला षडानन्द नगरपालिका वडा नं. १ देखि ६ नं.का वासिन्दाले आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले न्युनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा भदौ १० गते हुनेछ भने ढिलोमा भदौ २५ गते हुनेछ।
त्यस्तै ८० हजार कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले न्युनतम १० कित्तादेखि अधिकतममा ५ हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने भदौ १० गतेभित्र आवेदन दिइसक्नु पर्नेछ।
आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ।
कम्पनीले प्रबर्धन गरिरहेको ४.७ मेगावाटको माथिल्लो चिरख्वा खाेला जलविद्युत आयोजनाको कुल अनुमानित लागत ९९ करोड ८० लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २१ करोड २३ लाख ४० हजार ४२६ रुपैयाँ रहेको छ।
आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ७.३९ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १२.१४ वर्ष रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा मेरो शेयरमार्फत आवेदन दिन सक्नेछन्।
स्थानिय बासिन्दाले राष्ट्रिय वाणिज्य बैंकको भोजपुर र दिङ्ला शाखा साथै नेपाल बैंक र लक्ष्मी सनराइज बैंकका भोजपुर शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। शेयर खरिद आवेदन प्राप्त गर्नका लागि २ रुपैयाँ शुल्क दरखास्त फारम बापत बुझाउनु पर्नेछ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।
साउन २१, काठमाडाैँ । चिरख्वा हाइड्रोपावर लिमिटेडले साउन २८ गतेदेखि आईपीओ निष्काशन गर्दैछ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि ४ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। भोजपुर जिल्ला षडानन्द नगरपालिका वडा नं. १ देखि ६ नं.का वासिन्दाले आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले न्युनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा भदौ १० गते हुनेछ भने ढिलोमा भदौ २५ गते हुनेछ।
त्यस्तै ८० हजार कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले न्युनतम १० कित्तादेखि अधिकतममा ५ हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने भदौ १० गतेभित्र आवेदन दिइसक्नु पर्नेछ।
आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ।
कम्पनीले प्रबर्धन गरिरहेको ४.७ मेगावाटको माथिल्लो चिरख्वा खाेला जलविद्युत आयोजनाको कुल अनुमानित लागत ९९ करोड ८० लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २१ करोड २३ लाख ४० हजार ४२६ रुपैयाँ रहेको छ।
आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ७.३९ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १२.१४ वर्ष रहेको छ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा मेरो शेयरमार्फत आवेदन दिन सक्नेछन्।