नेपालले थप २५१ मेगावाट विद्युत भारतीय बजारमा निर्यात गर्ने
August 19, 2024
भदौ ३, काठमाडौँ । नेपालले थप २५१ मेगावाट विद्युत निर्यातका लागि बाटो खुलेको छ । नेपालका १२ वटा जलविद्युत परियोजनाबाट थप २५१ मेगावाट विद्युत् लैजाने स्वीकृत दिएको नेपाल स्थित भारतीय दुतावासले जनाएको छ। यसअघि भारतले नेपालबाट ६९० मेगावाट विद्युत् मात्रै आफ्नो बजारमा बिक्रीका लागि अनुमति दिएको थियो।
थप स्वीकृतिसँगै नेपालले अब भारतीय बजारमा ९४१ मेगावाट विद्युत् बिक्री गर्न अनुमति पाएको छ। परराष्ट्रमन्त्री आरजु राणा देउवा भारत भ्रमणमै रहेका वेला भारतले थप विद्युत खरिद गर्ने निर्णय सार्वजनिक गरेको हो।