• समाचार
    • समाज
    • विचार/ब्लग
    • अर्थ
    • सूचना/प्रविधि
    • स्वास्थ्य
    • साहित्य
    • अन्तर्राष्ट्रिय
    • आर्थिक
    • खेलकुद
    • मनोरञ्जन
    • कानुन

न्यूयोर्कमा पहिलो मुस्लिम र दक्षिण एशियाली मेयरः जोहरन मम्दानीले रचे इतिहास

November 10, 2025

ShareTweet
Subscribe

कार्तिक २४, काठमाडाैँ । न्यूयोर्क सिटीको इतिहासमा पहिलो पटक मुस्लिम र दक्षिण एशियाली व्यक्ति मेयर बनेका छन्। ३४ वर्षीय जोहरन मम्दानी, क्विन्सका डेमोक्रेटिक सोसियालिस्ट र राज्य सभासद्, पूर्व गभर्नर एन्ड्र्यू कुवो र रिपब्लिकन कर्टिस स्लिवालाई हराउँदै न्यूयोर्कको नयाँ नेतृत्वमा पुगेका हुन्।
मम्दानीले ५०.४ प्रतिशत मत ल्याए भने कुवोले ४१.६ प्रतिशत र स्लिवाले ७.१ प्रतिशत मत पाए।
मम्दानीले विजय सभालाई सम्बोधन गर्दै “आज हामीले देखायौं—आशा अझै जीवित छ।” उनले आफ्नो जितलाई “कामदार वर्ग र सामान्य न्यूयोर्कवासीहरूको जित” भएको भन्दै सबैका लागि काम गर्ने सरकार बनाउने वाचा गरे।
उगाण्डामा भारतीय मूलका अभिभावकबाट जन्मिएका मम्दानी सात वर्षको उमेरमा परिवारसहित अमेरिकाको न्यूयोर्क आएका थिए। उनी फिल्म निर्देशक मीरा नायर र कोलम्बिया विश्वविद्यालयका प्राध्यापक महमुद मम्दानीका छोरा हुन्।
राजनीतिमा प्रवेश अघि उनी घरबाट निकालिन लागेका कम आय भएका परिवारहरूलाई सहयोग गर्ने घरसम्बन्धी सल्लाहकारका रूपमा काम गर्थे। आफ्नो अभियानमा उनले सहरलाई सबैका लागि सुरक्षित र सुलभ बनाउने लक्ष्य राखेका छन्।
मम्दानीले चार वर्षका लागि भाडा स्थिरता, निःशुल्क सार्वजनिक बस, न्यूनतम ज्याला २०३० सम्म ३० डलरसम्म बढाउने, र शहरकै स्वामित्वका किराना पसल विस्तार समावेश छन्। यी योजनाका लागि उनले ठूला कम्पनी र धनीहरूमा कर वृद्धि गर्ने प्रस्ताव गरेका छन्। मम्दानीले “सहर र देशलाई करुणा र दृढताले उज्यालो बनाऔं।” भन्दै सबैलाई समावेश हुन आव्हानसमेत गरेका छन् । मम्दानी युवामाझ अत्यन्त लोकप्रिय छन्। सामाजिक संजालमा सक्रिय रहँदै उनले मुस्लिम पहिचानलाई गर्वका साथ प्रस्तुत गरे र उर्दू भाषामा प्रचारसमेत गरे।
उनकी श्रीमती रमा दुवाजी सिरियाली मूलकी कलाकार हुन ।

संबन्धित शीर्षकहरु

रसुवा बाढी : उद्धार-राहतमा सेना, प्रहरी परिचालन, प्रधानमन्त्री शाहको सुरक्षित स्थानमा बस्न आग्रह
भोटेकोसी नदीमा बाढी, रसुवाका जलविद्युत् आयोजनामा ठूलो क्षति
प्रधानमन्त्री शाह आज प्रतिनिधिसभामा सांसदका प्रश्नको जवाफ दिने, ११ जनाले दर्ता गराए प्रश्न
जितपुर सिमरा: बालिका गरिमा चौधरी हत्या प्रकरणमा सरकार-पीडित परिवारबीच तीनबुँदे सहमति
बिजुली खपत बढ्दो क्रममा, प्रतिव्यक्ति ४१८ युनिट नाघ्यो
नेपवेस्टसँगको सम्झौता टुंग्याउन मेयरहरूको माग, फोहोर व्यवस्थापन अलपत्र
सिंहदरबार, सर्वोच्च अदालतको आगजनी: रसायन प्रयोगको आशंका हट्यो, पेट्रोलियम मात्र पुष्टि
नेपालगञ्ज–पोखरा हवाई उडान भदौको अन्तिम साताबाट पुनः सञ्चालन हुने

ताजा अपडेट

  • बिहान ११:०० बजे देखि सा‌ँझ ५:०० बजे सम्म यी ठाउँमा विद्युत प्राधिकरणको सटडाउन
  • रसुवा बाढी : उद्धार-राहतमा सेना, प्रहरी परिचालन, प्रधानमन्त्री शाहको सुरक्षित स्थानमा बस्न आग्रह
  • भोटेकोसी नदीमा बाढी, रसुवाका जलविद्युत् आयोजनामा ठूलो क्षति
  • मनसुनको प्रभावले देशभर वर्षा, कतिपय स्थानमा भारी वर्षाको चेतावनी
  • प्रधानमन्त्री शाह आज प्रतिनिधिसभामा सांसदका प्रश्नको जवाफ दिने, ११ जनाले दर्ता गराए प्रश्न
  • जितपुर सिमरा: बालिका गरिमा चौधरी हत्या प्रकरणमा सरकार-पीडित परिवारबीच तीनबुँदे सहमति
  • बिजुली खपत बढ्दो क्रममा, प्रतिव्यक्ति ४१८ युनिट नाघ्यो

सम्पादक/संचालक

डी.पी. तिम्सिना

कार्यकारी सम्पादक

टेलिना खनाल

सह–सम्पादक

राधिका कार्की

अध्यक्ष

शिखा पुरी

सुचना बिभाग दर्ता नं. १९००/०७६–०७७

हाम्रो बारेमा

यो ई–पत्रिका अनलाइन न्युज पोर्टल हो । यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधिका समाचार तथा विश्लेषणलाई समेट्छ।

Epatrikaa
सम्पर्क

स्ट्याण्डर्ड पब्लिकेसन प्रा.लि.

काठमाडौँ, नेपाल

फोन: ०१-४३८८०४२,९८५१०६४९३२,९८२४६१२९२२

इमेल: epatrikaa@gmail.com

: epatrikanepal@gmail.com