• समाचार
    • समाज
    • विचार/ब्लग
    • अर्थ
    • सूचना/प्रविधि
    • स्वास्थ्य
    • साहित्य
    • अन्तर्राष्ट्रिय
    • आर्थिक
    • खेलकुद
    • मनोरञ्जन
    • कानुन

दक्षिण–पश्चिम चीनमा नयाँ बनेको पुल ढल्यो

November 12, 2025

ShareTweet
Subscribe



कार्तिक २६, काठमाडाैँ । चीनको दक्षिण–पश्चिमी प्रान्त सिचुवानमा हालै मात्र सञ्चालनमा आएको एउटा पुल आंशिक रूपमा ढलेको छ।

माआरकाङ (तिब्बती नाम बारकाम) शहरस्थित ७५८ मिटर लामो होङछी पुल राष्ट्रिय राजमार्गमार्फत चीनको मुटु प्रदेशलाई तिब्बतसँग जोड्छ। स्थानीय प्रशासनका अनुसार सोमबार दिउँसो पुल वरपरका ढलान र सडकमा दरार देखिएपछि प्रहरीले पुल आवागमनका लागि बन्द गरेको थियो।

मंगलबार दिउँसो पहाडको भू–भागमा थप परिवर्तन देखा परेपछि पहिरो गएको र त्यसैको कारण पुलको नजिकको भाग र सडकको माटोको आधार (रोडबेड) समेत भासिँदै पुलको केही भाग ढलेको जनाइएको छ।

सिचुवान रोड एन्ड ब्रिज ग्रुपले निर्माण गरेको यो पुलको काम यसै वर्ष पूरा भएको थियो। पुल ढल्केको क्षण र त्यसपछिका दृश्यहरू चिनियाँ सामाजिक सञ्जालमा भाइरल भएका छन् ।

सिचुवान क्षेत्र भूकम्पीय रूपमा अत्यन्त सक्रिय मानिन्छ। सन् २००८ मा यहीं ७.९ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा करिब ६९,००० मानिसको मृत्यु भएको थियो।

स्थानीय अधिकारीहरूले घटनाको कारणबारे थप अनुसन्धान सुरु गरेको जनाएका छन्। प्रारम्भिक अनुमानअनुसार लगातारको भू–स्खलनका कारण पुलको आधार कमजोर बनेको हुनसक्ने बताइएको छ।

यो घटना चीनमा हालै बनेका पूर्वाधार परियोजनाहरूको गुणस्तर र जोखिम व्यवस्थापनमाथि पनि प्रश्न उठाउने विषय बनेको छ।

संबन्धित शीर्षकहरु

रसुवा बाढी : उद्धार-राहतमा सेना, प्रहरी परिचालन, प्रधानमन्त्री शाहको सुरक्षित स्थानमा बस्न आग्रह
भोटेकोसी नदीमा बाढी, रसुवाका जलविद्युत् आयोजनामा ठूलो क्षति
मनसुनको प्रभावले देशभर वर्षा, कतिपय स्थानमा भारी वर्षाको चेतावनी
प्रधानमन्त्री शाह आज प्रतिनिधिसभामा सांसदका प्रश्नको जवाफ दिने, ११ जनाले दर्ता गराए प्रश्न
जितपुर सिमरा: बालिका गरिमा चौधरी हत्या प्रकरणमा सरकार-पीडित परिवारबीच तीनबुँदे सहमति
बिजुली खपत बढ्दो क्रममा, प्रतिव्यक्ति ४१८ युनिट नाघ्यो
नेपवेस्टसँगको सम्झौता टुंग्याउन मेयरहरूको माग, फोहोर व्यवस्थापन अलपत्र
सिंहदरबार, सर्वोच्च अदालतको आगजनी: रसायन प्रयोगको आशंका हट्यो, पेट्रोलियम मात्र पुष्टि

ताजा अपडेट

  • बिहान ११:०० बजे देखि सा‌ँझ ५:०० बजे सम्म यी ठाउँमा विद्युत प्राधिकरणको सटडाउन
  • रसुवा बाढी : उद्धार-राहतमा सेना, प्रहरी परिचालन, प्रधानमन्त्री शाहको सुरक्षित स्थानमा बस्न आग्रह
  • भोटेकोसी नदीमा बाढी, रसुवाका जलविद्युत् आयोजनामा ठूलो क्षति
  • मनसुनको प्रभावले देशभर वर्षा, कतिपय स्थानमा भारी वर्षाको चेतावनी
  • प्रधानमन्त्री शाह आज प्रतिनिधिसभामा सांसदका प्रश्नको जवाफ दिने, ११ जनाले दर्ता गराए प्रश्न
  • जितपुर सिमरा: बालिका गरिमा चौधरी हत्या प्रकरणमा सरकार-पीडित परिवारबीच तीनबुँदे सहमति
  • बिजुली खपत बढ्दो क्रममा, प्रतिव्यक्ति ४१८ युनिट नाघ्यो

सम्पादक/संचालक

डी.पी. तिम्सिना

कार्यकारी सम्पादक

टेलिना खनाल

सह–सम्पादक

राधिका कार्की

अध्यक्ष

शिखा पुरी

सुचना बिभाग दर्ता नं. १९००/०७६–०७७

हाम्रो बारेमा

यो ई–पत्रिका अनलाइन न्युज पोर्टल हो । यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधिका समाचार तथा विश्लेषणलाई समेट्छ।

Epatrikaa
सम्पर्क

स्ट्याण्डर्ड पब्लिकेसन प्रा.लि.

काठमाडौँ, नेपाल

फोन: ०१-४३८८०४२,९८५१०६४९३२,९८२४६१२९२२

इमेल: epatrikaa@gmail.com

: epatrikanepal@gmail.com