ट्रम्पद्वारा तेस्रो मूलुकबाट हुने आप्रवासन स्थायी रूपमा रोक्ने घोषणा: के अर्थ राख्छ?
November 29, 2025
राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार राति “सबै तेस्रो मुलुकहरू” बाट हुने आप्रवासनलाई “स्थायी रोक” लगाइने घोषणा गरेका छन्। वाशिङ्टन डिसीमा दुई नेशनल गार्ड सदस्यमाथि भएको गोलीकाण्डपछिको नयाँ कदमले अमेरिकी आप्रवासन नीति झनै कडा बनाएको छ।
बुधवार भएको गोलीकाण्डमा एक नेशनल गार्ड सदस्यको मृत्यु भएको थियो भने अर्का व्यक्ति गम्भीर अवस्थामा छन्। यस घटनामा २९ वर्षीय अफगान नागरिक रहमानुल्लाह लाकानवाललाई प्रमुख संदिग्धका रूपमा चिनाइएको छ।
ट्रम्पले आफ्नो सोसल’ प्लेटफर्ममा लेख्दै भने, “अमेरिकी प्रणालीलाई पुनःस्थापित गर्न, बाइडेन प्रशासनका समय भएका लाखौँ अवैध प्रवेशहरूलाई अन्त्य गर्न म सबै तेस्रो विश्व मुलुकबाट हुने आप्रवासनलाई स्थायी रूपमा रोक्छु।”
राष्ट्रपतिले “तेस्रो विश्व” को परिभाषा खुलाएर नबताएको भए पनि अन्तर्राष्ट्रिय रूपमा यो शब्द आर्थिक रूपमा कमजोर वा विकासोन्मुख मुलुकहरूका लागि प्रयोग गरिन्छ।
ट्रम्पले थप भने—
“अमेरिकाका लागि ‘सकारात्मक योगदान’ नपुर्याउने वा देशप्रति प्रेम नभएका व्यक्तिहरूलाई हटाइने छ।”
गैर–नागरिकहरूलाई दिइँदै आएका सबै संघीय सुविधा र सब्सिडी बन्द गरिने।
“पब्लिक चार्ज”, “सुरक्षा जोखिम” वा “पश्चिमी सभ्यतासँग असंगत” मानिएका विदेशी नागरिकहरूलाई देशनिकाला गरिन सकिने।
अफगान नागरिकहरूमाथि प्रक्रिया स्थगित
गोलीकाण्डपछि, यूएस सिटिजनसिप एन्ड इमिग्रेशन सर्भिसेजले अफगान नागरिकसम्बन्धी सबै आप्रवासन अनुरोधहरू अनिश्चितकालका लागि स्थगित गरेको घोषणा गरेको छ। यूएस सिटिजनसिप एन्ड इमिग्रेशन सर्भिसेजका निर्देशक जोसेफ एड्लोले १९ देशका नागरिकलाई दिइएका ग्रीन कार्डहरू पुनः परीक्षण गर्न आदेश दिएका छन्।
यी देशहरू ट्रम्पले जून २०२५ मा लागू गरेको यात्रा–प्रतिबन्ध सूचीमा थिए। यसमा अफगानिस्तान, सोमालिया, इरान, हाइटी, सिरिया, यमन, लिबिया, म्यान्मारलगायत देश समावेश छन्।
‘स्थायी रोक’ को कानुनी अस्पष्टता
अन्तर्राष्ट्रिय कानुन विज्ञहरूका अनुसार “स्थायी रोकिने” भन्ने शब्द अस्पष्ट छ। भारतका वरिष्ठ कानुन व्यवसायी अभिषेक सक्सेनाका अनुसार, “अमेरिकी आप्रवासन कानुनमा ‘परमानेन्ट पज’ भन्ने शब्द स्पष्ट परिभाषित छैन। यसको अर्थ निश्चित अन्त्य–मिति नभएको रोक हो, जसलाई पछि हटाउन पनि सकिन्छ।”
उनका अनुसार यस्तो व्यापक रोकलाई अमेरिकी अदालतमा चुनौती दिन सकिन्छ।
ग्रीन कार्ड भएका व्यक्तिहरूको अवस्थाबारे अनिश्चितता
ट्रम्प प्रशासनले १९ देशका ग्रीन कार्डधारकहरूलाई “पुनःजाँच” गर्ने बताएको भए पनि,
यो प्रक्रिया कसरी हुन्छ,
ग्रीन कार्ड रद्द गर्न मिल्छ वा मिल्दैन जस्ता विषयमा स्पष्टता छैन।
तर कानुनले ग्रीन कार्ड कानुनी प्रक्रिया बिना रद्द गर्न नपाइने स्पष्ट रूपमा बताउँछ।
शरणार्थी र आप्रवासनमा थप कडाइ
यसअघि, ट्रम्पले
शरणार्थी प्रवेश कार्यक्रम स्थगित गरिसकेका छन्,
२०२६ को लागि शरणार्थी संख्या घटाएर ७,५०० पुर्याएका छन्—जो अमेरिकी इतिहासकै सबैभन्दा कम हो।
एच–१बी भिसा शुल्क १ लाख डलरसम्म बढाइएपछि निजी क्षेत्रबाट अदालतमा मुद्दा दायर भएको छ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार राति “सबै तेस्रो मुलुकहरू” बाट हुने आप्रवासनलाई “स्थायी रोक” लगाइने घोषणा गरेका छन्। वाशिङ्टन डिसीमा दुई नेशनल गार्ड सदस्यमाथि भएको गोलीकाण्डपछिको नयाँ कदमले अमेरिकी आप्रवासन नीति झनै कडा बनाएको छ।
बुधवार भएको गोलीकाण्डमा एक नेशनल गार्ड सदस्यको मृत्यु भएको थियो भने अर्का व्यक्ति गम्भीर अवस्थामा छन्। यस घटनामा २९ वर्षीय अफगान नागरिक रहमानुल्लाह लाकानवाललाई प्रमुख संदिग्धका रूपमा चिनाइएको छ।
ट्रम्पले आफ्नो सोसल’ प्लेटफर्ममा लेख्दै भने,
“अमेरिकी प्रणालीलाई पुनःस्थापित गर्न, बाइडेन प्रशासनका समय भएका लाखौँ अवैध प्रवेशहरूलाई अन्त्य गर्न म सबै तेस्रो विश्व मुलुकबाट हुने आप्रवासनलाई स्थायी रूपमा रोक्छु।”
राष्ट्रपतिले “तेस्रो विश्व” को परिभाषा खुलाएर नबताएको भए पनि अन्तर्राष्ट्रिय रूपमा यो शब्द आर्थिक रूपमा कमजोर वा विकासोन्मुख मुलुकहरूका लागि प्रयोग गरिन्छ।
ट्रम्पले थप भने—
अफगान नागरिकहरूमाथि प्रक्रिया स्थगित
गोलीकाण्डपछि, यूएस सिटिजनसिप एन्ड इमिग्रेशन सर्भिसेजले अफगान नागरिकसम्बन्धी सबै आप्रवासन अनुरोधहरू अनिश्चितकालका लागि स्थगित गरेको घोषणा गरेको छ।
यूएस सिटिजनसिप एन्ड इमिग्रेशन सर्भिसेजका निर्देशक जोसेफ एड्लोले १९ देशका नागरिकलाई दिइएका ग्रीन कार्डहरू पुनः परीक्षण गर्न आदेश दिएका छन्।
यी देशहरू ट्रम्पले जून २०२५ मा लागू गरेको यात्रा–प्रतिबन्ध सूचीमा थिए। यसमा अफगानिस्तान, सोमालिया, इरान, हाइटी, सिरिया, यमन, लिबिया, म्यान्मारलगायत देश समावेश छन्।
‘स्थायी रोक’ को कानुनी अस्पष्टता
अन्तर्राष्ट्रिय कानुन विज्ञहरूका अनुसार “स्थायी रोकिने” भन्ने शब्द अस्पष्ट छ।
भारतका वरिष्ठ कानुन व्यवसायी अभिषेक सक्सेनाका अनुसार,
“अमेरिकी आप्रवासन कानुनमा ‘परमानेन्ट पज’ भन्ने शब्द स्पष्ट परिभाषित छैन। यसको अर्थ निश्चित अन्त्य–मिति नभएको रोक हो, जसलाई पछि हटाउन पनि सकिन्छ।”
उनका अनुसार यस्तो व्यापक रोकलाई अमेरिकी अदालतमा चुनौती दिन सकिन्छ।
ग्रीन कार्ड भएका व्यक्तिहरूको अवस्थाबारे अनिश्चितता
ट्रम्प प्रशासनले १९ देशका ग्रीन कार्डधारकहरूलाई “पुनःजाँच” गर्ने बताएको भए पनि,
जस्ता विषयमा स्पष्टता छैन।
तर कानुनले ग्रीन कार्ड कानुनी प्रक्रिया बिना रद्द गर्न नपाइने स्पष्ट रूपमा बताउँछ।
शरणार्थी र आप्रवासनमा थप कडाइ
यसअघि, ट्रम्पले