• समाचार
    • समाज
    • विचार/ब्लग
    • अर्थ
    • सूचना/प्रविधि
    • स्वास्थ्य
    • साहित्य
    • अन्तर्राष्ट्रिय
    • आर्थिक
    • खेलकुद
    • मनोरञ्जन
    • कानुन

सिरिया आक्रमणमा दुई अमेरिकी सैनिकको मृत्यु

December 22, 2025

ShareTweet
Subscribe

पौष ७, काठमाडौँ । सिरियामा भएको एक आक्रमणमा दुई जना अमेरिकी सैनिकको मृत्यु भएको छ। अमेरिकी सेनाले मृत्यु हुने सैनिकहरू २५ वर्षका एड्गार ब्रायन टोरेस टोभार र २९ वर्षका विलियम नाथानिएल हावर्ड भएको पुष्टि गरेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल थु्रथ सोसियलमा लेख्दै आक्रमणका जिम्मेवार “आतङ्ककारीहरूविरुद्ध कडा बदला लिइरहेको” बताएका छन्। उनले सिरियाली सरकार यसमा “पूर्ण रूपमा समर्थनमा रहेको” पनि भनेका छन्।

अमेरिकी सेनाको केन्द्रीय कमाण्ड सेन्टकमका अनुसार पाल्माइरामा भएको यो आक्रमण इस्लामिक स्टेट (आइएस) का एक बन्दुकधारीले गरेको हो र आक्रमणपछि उक्त व्यक्ति मारिएको थियो।

यस घटनामा अन्य तीन जना अमेरिकी सैनिक घाइते भएका छन्। पेन्टागनका एक अधिकारीका अनुसार आक्रमण सिरियाका राष्ट्रपतिको नियन्त्रण नभएको क्षेत्रमा भएको थियो।

तर सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स (एसओएचआर) ले आक्रमणकारी सिरियाली सुरक्षा बलको सदस्य भएको दाबी गरेको छ। हालसम्म कुनै पनि समूहले आक्रमणको जिम्मा लिएको छैन र आक्रमणकारीको पहिचान सार्वजनिक गरिएको छैन।

२०१९ मा अमेरिकी समर्थनमा रहेको गठबन्धनले सिरियामा आइएसले नियन्त्रण गरेको अन्तिम क्षेत्र फिर्ता लिएको घोषणा गरेको थियो। तर त्यसयता पनि आइएसले केही आक्रमणहरू गर्दै आएको छ। संयुक्त राष्ट्रसंघका अनुसार हाल पनि सिरिया र इराकमा आएसका ५,००० देखि ७,००० लडाकुहरू रहेका छन्।

क्ष्क् विरुद्धको अभियान अन्तर्गत अमेरिकाले सन् २०१५ देखि सिरियामा आफ्ना सैनिक राख्दै आएको छ। हालै सिरियाले पनि अन्तर्राष्ट्रिय गठबन्धनमा सामेल भएर क्ष्क् विरुद्ध सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ।

गत नोभेम्बरमा सिरियाका राष्ट्रपति अहमद अल(शाराआले ह्वाइट हाउसमा राष्ट्रपति ट्रम्पसँग भेट गरेका थिए। उनले यस भेटलाई अमेरिका र सिरियाबीचको “नयाँ युग” को सुरुवात भनेका थिए।

संबन्धित शीर्षकहरु

रसुवा बाढी : उद्धार-राहतमा सेना, प्रहरी परिचालन, प्रधानमन्त्री शाहको सुरक्षित स्थानमा बस्न आग्रह
भोटेकोसी नदीमा बाढी, रसुवाका जलविद्युत् आयोजनामा ठूलो क्षति
मनसुनको प्रभावले देशभर वर्षा, कतिपय स्थानमा भारी वर्षाको चेतावनी
प्रधानमन्त्री शाह आज प्रतिनिधिसभामा सांसदका प्रश्नको जवाफ दिने, ११ जनाले दर्ता गराए प्रश्न
जितपुर सिमरा: बालिका गरिमा चौधरी हत्या प्रकरणमा सरकार-पीडित परिवारबीच तीनबुँदे सहमति
बिजुली खपत बढ्दो क्रममा, प्रतिव्यक्ति ४१८ युनिट नाघ्यो
नेपवेस्टसँगको सम्झौता टुंग्याउन मेयरहरूको माग, फोहोर व्यवस्थापन अलपत्र
सिंहदरबार, सर्वोच्च अदालतको आगजनी: रसायन प्रयोगको आशंका हट्यो, पेट्रोलियम मात्र पुष्टि

ताजा अपडेट

  • बिहान ११:०० बजे देखि सा‌ँझ ५:०० बजे सम्म यी ठाउँमा विद्युत प्राधिकरणको सटडाउन
  • रसुवा बाढी : उद्धार-राहतमा सेना, प्रहरी परिचालन, प्रधानमन्त्री शाहको सुरक्षित स्थानमा बस्न आग्रह
  • भोटेकोसी नदीमा बाढी, रसुवाका जलविद्युत् आयोजनामा ठूलो क्षति
  • मनसुनको प्रभावले देशभर वर्षा, कतिपय स्थानमा भारी वर्षाको चेतावनी
  • प्रधानमन्त्री शाह आज प्रतिनिधिसभामा सांसदका प्रश्नको जवाफ दिने, ११ जनाले दर्ता गराए प्रश्न
  • जितपुर सिमरा: बालिका गरिमा चौधरी हत्या प्रकरणमा सरकार-पीडित परिवारबीच तीनबुँदे सहमति
  • बिजुली खपत बढ्दो क्रममा, प्रतिव्यक्ति ४१८ युनिट नाघ्यो

सम्पादक/संचालक

डी.पी. तिम्सिना

कार्यकारी सम्पादक

टेलिना खनाल

सह–सम्पादक

राधिका कार्की

अध्यक्ष

शिखा पुरी

सुचना बिभाग दर्ता नं. १९००/०७६–०७७

हाम्रो बारेमा

यो ई–पत्रिका अनलाइन न्युज पोर्टल हो । यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधिका समाचार तथा विश्लेषणलाई समेट्छ।

Epatrikaa
सम्पर्क

स्ट्याण्डर्ड पब्लिकेसन प्रा.लि.

काठमाडौँ, नेपाल

फोन: ०१-४३८८०४२,९८५१०६४९३२,९८२४६१२९२२

इमेल: epatrikaa@gmail.com

: epatrikanepal@gmail.com