• समाचार
    • समाज
    • विचार/ब्लग
    • अर्थ
    • सूचना/प्रविधि
    • स्वास्थ्य
    • साहित्य
    • अन्तर्राष्ट्रिय
    • आर्थिक
    • खेलकुद
    • मनोरञ्जन
    • कानुन

खामेनीको हत्या पछि इरानमाथि थप हमला, ट्रम्पको कडा चेतावनी: “कहिल्यै नदेखिएको शक्तिबाट जवाफ दिनेछौं”

March 1, 2026

ShareTweet
Subscribe

फागुन १७, काठमाडौं । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको मृत्यु पछि अमेरिका र इजरायलले इरानमाथि थप हवाई हमला जारी राखेका छ। इरानी स्टेट मिडियाले खामेनीको मृत्यु पुष्टि गरेको छ भने इरानले अमेरिकी तथा इजरायली सैन्य अड्डाहरूमाथि जवाफी मिसाइल र ड्रोन आक्रमण तीव्र पारेको हाे।
अमेरिका र इजरायलको संयुक्त हवाई आक्रमणमा खामेनीको अफिसमा हमला भएको थियो। इरानी राज्य टेलिभिजनले उहाँलाई “शहीद” घोषणा गर्दै ४० दिनको शोक मनाउने निर्णय गरेको छ। खामेनी १९८९ देखि इरानको सर्वोच्च नेता थिए । उनले लगभग ३७ वर्षसम्म देशको नेतृत्व गरेका थिए ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रुथ सोसलमा पोस्ट गर्दै खामेनीको मृत्युलाई “इतिहासकै सबैभन्दा दुष्ट व्यक्तिको अन्त्य” भन्दै इरानी जनतालाई “आफ्नो देश फिर्ता लिन” आह्वान गरेका छन् । यदि इरानले थप आक्रमण गरे अमेरिकाले “कहिल्यै नदेखिएको शक्ति” प्रयोग गर्ने चेतावनी दिएका छन् । ट्रम्पले यो साता भर आक्रमण जारी रहने र आवश्यक परे लामो समयसम्म चल्ने बताएका छन् ।
इरानको सेनाले “सबैभन्दा विनाशकारी प्रतिकार” गर्ने चेतावनी दिएको छ। इरानले इजरायल र क्षेत्रीय अमेरिकी अड्डाहरूमाथि नयाँ मिसाइल तथा ड्रोन आक्रमण गरेको छ। यसले मध्यपूर्वमा तनाव चर्किएको छ र विश्वव्यापी तेल मूल्यमा उछाल आउने आशंका छ।
इरानमा केही स्थानमा खामेनीको मृत्युको खबरपछि विरोधीहरूले सडकमा उत्सव मनाएका भिडियोहरू सार्वजनिक भएका छन्, भने सरकारी पक्षले शोक मनाइरहेको छ।

संबन्धित शीर्षकहरु

रसुवा बाढी : उद्धार-राहतमा सेना, प्रहरी परिचालन, प्रधानमन्त्री शाहको सुरक्षित स्थानमा बस्न आग्रह
भोटेकोसी नदीमा बाढी, रसुवाका जलविद्युत् आयोजनामा ठूलो क्षति
मनसुनको प्रभावले देशभर वर्षा, कतिपय स्थानमा भारी वर्षाको चेतावनी
प्रधानमन्त्री शाह आज प्रतिनिधिसभामा सांसदका प्रश्नको जवाफ दिने, ११ जनाले दर्ता गराए प्रश्न
जितपुर सिमरा: बालिका गरिमा चौधरी हत्या प्रकरणमा सरकार-पीडित परिवारबीच तीनबुँदे सहमति
बिजुली खपत बढ्दो क्रममा, प्रतिव्यक्ति ४१८ युनिट नाघ्यो
नेपवेस्टसँगको सम्झौता टुंग्याउन मेयरहरूको माग, फोहोर व्यवस्थापन अलपत्र
सिंहदरबार, सर्वोच्च अदालतको आगजनी: रसायन प्रयोगको आशंका हट्यो, पेट्रोलियम मात्र पुष्टि

ताजा अपडेट

  • बिहान ११:०० बजे देखि सा‌ँझ ५:०० बजे सम्म यी ठाउँमा विद्युत प्राधिकरणको सटडाउन
  • रसुवा बाढी : उद्धार-राहतमा सेना, प्रहरी परिचालन, प्रधानमन्त्री शाहको सुरक्षित स्थानमा बस्न आग्रह
  • भोटेकोसी नदीमा बाढी, रसुवाका जलविद्युत् आयोजनामा ठूलो क्षति
  • मनसुनको प्रभावले देशभर वर्षा, कतिपय स्थानमा भारी वर्षाको चेतावनी
  • प्रधानमन्त्री शाह आज प्रतिनिधिसभामा सांसदका प्रश्नको जवाफ दिने, ११ जनाले दर्ता गराए प्रश्न
  • जितपुर सिमरा: बालिका गरिमा चौधरी हत्या प्रकरणमा सरकार-पीडित परिवारबीच तीनबुँदे सहमति
  • बिजुली खपत बढ्दो क्रममा, प्रतिव्यक्ति ४१८ युनिट नाघ्यो

सम्पादक/संचालक

डी.पी. तिम्सिना

कार्यकारी सम्पादक

टेलिना खनाल

सह–सम्पादक

राधिका कार्की

अध्यक्ष

शिखा पुरी

सुचना बिभाग दर्ता नं. १९००/०७६–०७७

हाम्रो बारेमा

यो ई–पत्रिका अनलाइन न्युज पोर्टल हो । यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधिका समाचार तथा विश्लेषणलाई समेट्छ।

Epatrikaa
सम्पर्क

स्ट्याण्डर्ड पब्लिकेसन प्रा.लि.

काठमाडौँ, नेपाल

फोन: ०१-४३८८०४२,९८५१०६४९३२,९८२४६१२९२२

इमेल: epatrikaa@gmail.com

: epatrikanepal@gmail.com