• समाचार
    • समाज
    • विचार/ब्लग
    • अर्थ
    • सूचना/प्रविधि
    • स्वास्थ्य
    • साहित्य
    • अन्तर्राष्ट्रिय
    • आर्थिक
    • खेलकुद
    • मनोरञ्जन
    • कानुन

जर्मनीबाट सेना घटाउँदै अमेरिका: युरोपेली सुरक्षा रणनीतिमा फेरबदल

May 2, 2026

ShareTweet
Subscribe

बैशाख १९, काठमाडौं । इरान युद्धलाई लिएर उत्पन्न कूटनीतिक तनावका बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जर्मनीमा तैनाथ आफ्ना ५ हजार सैनिक फिर्ता बोलाउने निर्णय गर्नुभएको छ। जर्मन चान्सलर फ्रेडरिक मर्जले हालै इरानसँगको अमेरिकी युद्ध रणनीतिमाथि उठाएको प्रश्न र अमेरिका ‘अपमानित’ भइरहेको भनी दिएको अभिव्यक्तिप्रति आक्रोशित हुँदै ट्रम्पले यस्तो कदम चाल्नुभएको हो।
​अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार, अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले शुक्रबार नै सैनिक फिर्ताको प्रक्रिया अघि बढाउने निर्णय गरिसकेको छ। यो प्रक्रिया आगामी ६ देखि १२ महिनाभित्र सम्पन्न हुने लक्ष्य राखिएको छ। जर्मनीमा हाल करिब ३५ हजार अमेरिकी सैनिकहरू रहेका छन्, जुन युरोपमा अमेरिकाको सबैभन्दा ठूलो सैन्य उपस्थिति हो। यो कटौतीसँगै युरोपमा अमेरिकी सेनाको संख्या सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गर्नुअघिको अवस्थामा पुग्ने अधिकारीहरूले बताएका छन्।
​ट्रम्प प्रशासनले यो निर्णयलाई युरोपेली देशहरूले आफ्नो सुरक्षाको जिम्मेवारी आफैँले लिनुपर्ने नीतिको अंगको रूपमा व्याख्या गरेको छ। पेन्टागनका अधिकारीहरूका अनुसार चान्सलर मर्जको टिप्पणी ‘अनुचित र असहयोगी’ रहेको र त्यसको उचित प्रतिक्रिया स्वरूप यो कदम चालिएको हो।
​तनावको यो बाछिटा जर्मनीमा मात्र सीमित नभई अन्य नेटो सहयोगी राष्ट्रहरूमा पनि फैलिने संकेत देखिएको छ। ट्रम्पले इटाली र स्पेनबाट पनि सेना फिर्ता गर्न सक्ने चेतावनी दिनुभएको छ। विशेषगरी इरानमाथि आक्रमणका लागि आफ्नो हवाई क्षेत्र प्रयोग गर्न नदिएको भन्दै ट्रम्पले स्पेनलाई पूर्ण व्यापार नाकाबन्दी गर्ने धम्की समेत दिनुभएको छ। यता जर्मनीले भने फेब्रुअरी २८ मा इरानमाथि आक्रमण सुरु गर्नुअघि अमेरिकाले आफूहरूसँग कुनै परामर्श नगरेको गुनासो गरेको छ।
​पूर्व पेन्टागन अधिकारी इमरान बायौमीले ट्रम्पको यो पछिल्लो कदमले अमेरिका र युरोपबीचको ऐतिहासिक सुरक्षा सम्बन्धमा ठूलो दरार पैदा गर्ने र युरोपेली राष्ट्रहरूलाई वासिङ्टनप्रति थप संशकित बनाउने विश्लेषण गरेका छन्।

संबन्धित शीर्षकहरु

रसुवा बाढी : उद्धार-राहतमा सेना, प्रहरी परिचालन, प्रधानमन्त्री शाहको सुरक्षित स्थानमा बस्न आग्रह
भोटेकोसी नदीमा बाढी, रसुवाका जलविद्युत् आयोजनामा ठूलो क्षति
मनसुनको प्रभावले देशभर वर्षा, कतिपय स्थानमा भारी वर्षाको चेतावनी
प्रधानमन्त्री शाह आज प्रतिनिधिसभामा सांसदका प्रश्नको जवाफ दिने, ११ जनाले दर्ता गराए प्रश्न
जितपुर सिमरा: बालिका गरिमा चौधरी हत्या प्रकरणमा सरकार-पीडित परिवारबीच तीनबुँदे सहमति
बिजुली खपत बढ्दो क्रममा, प्रतिव्यक्ति ४१८ युनिट नाघ्यो
नेपवेस्टसँगको सम्झौता टुंग्याउन मेयरहरूको माग, फोहोर व्यवस्थापन अलपत्र
सिंहदरबार, सर्वोच्च अदालतको आगजनी: रसायन प्रयोगको आशंका हट्यो, पेट्रोलियम मात्र पुष्टि

ताजा अपडेट

  • बिहान ११:०० बजे देखि सा‌ँझ ५:०० बजे सम्म यी ठाउँमा विद्युत प्राधिकरणको सटडाउन
  • रसुवा बाढी : उद्धार-राहतमा सेना, प्रहरी परिचालन, प्रधानमन्त्री शाहको सुरक्षित स्थानमा बस्न आग्रह
  • भोटेकोसी नदीमा बाढी, रसुवाका जलविद्युत् आयोजनामा ठूलो क्षति
  • मनसुनको प्रभावले देशभर वर्षा, कतिपय स्थानमा भारी वर्षाको चेतावनी
  • प्रधानमन्त्री शाह आज प्रतिनिधिसभामा सांसदका प्रश्नको जवाफ दिने, ११ जनाले दर्ता गराए प्रश्न
  • जितपुर सिमरा: बालिका गरिमा चौधरी हत्या प्रकरणमा सरकार-पीडित परिवारबीच तीनबुँदे सहमति
  • बिजुली खपत बढ्दो क्रममा, प्रतिव्यक्ति ४१८ युनिट नाघ्यो

सम्पादक/संचालक

डी.पी. तिम्सिना

कार्यकारी सम्पादक

टेलिना खनाल

सह–सम्पादक

राधिका कार्की

अध्यक्ष

शिखा पुरी

सुचना बिभाग दर्ता नं. १९००/०७६–०७७

हाम्रो बारेमा

यो ई–पत्रिका अनलाइन न्युज पोर्टल हो । यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधिका समाचार तथा विश्लेषणलाई समेट्छ।

Epatrikaa
सम्पर्क

स्ट्याण्डर्ड पब्लिकेसन प्रा.लि.

काठमाडौँ, नेपाल

फोन: ०१-४३८८०४२,९८५१०६४९३२,९८२४६१२९२२

इमेल: epatrikaa@gmail.com

: epatrikanepal@gmail.com