ग्रीन कार्ड’ आवेदनका लागि आफ्नै देश फर्किनुपर्ने अमेरिकी नीति, चौतर्फी आलोचना
May 23, 2026
जेठ ९, काठमाडौं । अमेरिकाले अस्थायी रूपमा आफ्नो देशमा बसिरहेका विदेशी नागरिकका लागि स्थायी बसोबास अनुमति (ग्रीन कार्ड) प्राप्त गर्ने नियममा व्यापक कडाइ गरेको छ। अमेरिकी नागरिकता तथा आप्रवासन सेवा (युएससिआईएस) ले सार्वजनिक गरेको नयाँ नीतिअनुसार अब अमेरिकाभित्रैबाट बसाइँ स्थिति परिवर्तन (एडजस्टमेन्ट अफ स्टाटस) गरेर ग्रीन कार्ड लिन पाइने छैन। अस्थायी भिसामा रहेका विदेशीहरूले अब ग्रीन कार्डको आवेदन प्रक्रियाका लागि अनिवार्य रूपमा आफ्नै देश फर्केर अमेरिकी दूतावासमार्फत कानुनी प्रक्रिया अघि बढाउनुपर्नेछ। प्रणालीमा रहेका कानुनी छिद्र (लुपहोल) को गलत प्रयोग रोक्न र आप्रवासन कानुनको सही कार्यान्वयनका लागि यो कदम चालिएको अमेरिकी गृह सुरक्षा विभागको दाबी छ। राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको यस कडा नीतिको मानवअधिकार तथा आप्रवासी सहायता संस्थाहरूले तीव्र विरोध गरेका छन्। आप्रवासी सहायता संस्था ‘एचआइएएस’ ले घरेलु हिंसा, दुर्व्यवहार झेलेका बालबालिका र जोखिमपूर्ण अवस्थाबाट ज्यान जोगाएर अमेरिका आएका मानिसहरूलाई पुनः उनीहरूकै असुरक्षित देशमा फर्किन बाध्य पारिएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ। ट्रम्प पुनः सत्तामा आएयता आप्रवासन नियम कडा बनाउने अभियानअन्तर्गत यो पछिल्लो कदम चालिएको हो । गतबर्ष नै विद्यार्थी तथा सञ्चारकर्मीको भिसा अवधि छोट्याइनुका साथै एक लाखभन्दा बढी भिसा रद्द भइसकेका छन्।
जेठ ९, काठमाडौं । अमेरिकाले अस्थायी रूपमा आफ्नो देशमा बसिरहेका विदेशी नागरिकका लागि स्थायी बसोबास अनुमति (ग्रीन कार्ड) प्राप्त गर्ने नियममा व्यापक कडाइ गरेको छ। अमेरिकी नागरिकता तथा आप्रवासन सेवा (युएससिआईएस) ले सार्वजनिक गरेको नयाँ नीतिअनुसार अब अमेरिकाभित्रैबाट बसाइँ स्थिति परिवर्तन (एडजस्टमेन्ट अफ स्टाटस) गरेर ग्रीन कार्ड लिन पाइने छैन। अस्थायी भिसामा रहेका विदेशीहरूले अब ग्रीन कार्डको आवेदन प्रक्रियाका लागि अनिवार्य रूपमा आफ्नै देश फर्केर अमेरिकी दूतावासमार्फत कानुनी प्रक्रिया अघि बढाउनुपर्नेछ। प्रणालीमा रहेका कानुनी छिद्र (लुपहोल) को गलत प्रयोग रोक्न र आप्रवासन कानुनको सही कार्यान्वयनका लागि यो कदम चालिएको अमेरिकी गृह सुरक्षा विभागको दाबी छ।
राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको यस कडा नीतिको मानवअधिकार तथा आप्रवासी सहायता संस्थाहरूले तीव्र विरोध गरेका छन्। आप्रवासी सहायता संस्था ‘एचआइएएस’ ले घरेलु हिंसा, दुर्व्यवहार झेलेका बालबालिका र जोखिमपूर्ण अवस्थाबाट ज्यान जोगाएर अमेरिका आएका मानिसहरूलाई पुनः उनीहरूकै असुरक्षित देशमा फर्किन बाध्य पारिएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ। ट्रम्प पुनः सत्तामा आएयता आप्रवासन नियम कडा बनाउने अभियानअन्तर्गत यो पछिल्लो कदम चालिएको हो । गतबर्ष नै विद्यार्थी तथा सञ्चारकर्मीको भिसा अवधि छोट्याइनुका साथै एक लाखभन्दा बढी भिसा रद्द भइसकेका छन्।