नयाँ दिल्लीको रेस्टुरेन्टमा भीषण आगलागी: २१ जनाको मृत्यु, दर्जनौँ घाइते
June 3, 2026
जेठ २०, काठमाडौँ । भारतको राजधानी नयाँ दिल्लीस्थित एक रेस्टुरेन्टमा बुधबार बिहान भीषण आगलागी हुँदा कम्तीमा २१ जनाको मृत्यु भएको छ। दक्षिण दिल्लीको मालवीय नगर क्षेत्रमा रहेको ‘लेमन ग्रीन’ रेस्टुरेन्ट तथा होटल (फ्लोरिस स्टे बी एन्ड बी) भवनमा भएको उक्त दुर्घटनामा दर्जनौँ व्यक्ति घाइते भएका छन्। मृतकको संख्या अझै बढ्न सक्ने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
बुधबार बिहान करिब ८:५० बजे अचानक सल्किएको आगो तीव्र गतिमा फैलिएपछि भवनभित्र रहेका मानिसहरू थुनिएका थिए। प्रत्यक्षदर्शीका अनुसार आगलागीपछि भागदौड मच्चिएको थियो भने केही व्यक्तिहरूले ज्यान जोगाउन माथिल्लो तलाबाट तल सडकमार्फत हामफालेका थिए। स्थानीय बासिन्दाहरूले नजिकैको पसलबाट डस्ना (म्याट्रेस) ल्याएर सडकमा फिँजाई केही व्यक्तिको उद्धार गरेका थिए। घटनाको जानकारी पाउनासाथ दिल्ली अग्नि सेवा (डीएफएस), दिल्ली प्रहरी र विपद् व्यवस्थापन टोली द्रुत गतिमा परिचालन गरिएका थिए।
उद्धार कार्यका लागि दुईवटा वाटर टेन्डर, दुईवटा वाटर बाउजर तथा द्रुत प्रतिक्रिया सवारीसाधनसहितका आपत्कालीन उपकरण घटनास्थलमा पुर्याइएका थिए। उद्धार टोलीले रेस्टुरेन्टको बेसमेन्ट तथा विभिन्न तलाहरूबाट ४० भन्दा बढी व्यक्तिको उद्धार गरी क्याट्स एम्बुलेन्समार्फत अस्पताल पुर्याएको थियो। आगलागीको स्पष्ट कारण भने अझै खुल्न सकेको छैन। भवनमा अग्नि सुरक्षाको मापदण्ड पालना नगरिएको र बाहिरिने एउटा मात्र बाटो भएका कारण क्षति बढी भएको प्रारम्भिक अनुमान गरिएको छ।
दुर्घटनामा घाइते तथा जलेका व्यक्तिहरूलाई तत्काल साकेतस्थित म्याक्स अस्पतालमा भर्ना गरिएको छ। अस्पतालले जारी गरेको विज्ञप्तिअनुसार अस्पताल पुर्याइएका व्यक्तिहरूमध्ये १८ जनालाई चिकित्सकले मृत घोषित गरेका थिए। हाल १५ जनाको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको छ, जसमध्ये आठ जनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई भेन्टिलेटरमा राखिएको छ। अन्य पाँच जना भने सामान्य चोटपटकपछि डिस्चार्ज भइसकेका छन्।
उक्त दुःखद घटनाप्रति भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ता र उपराज्यपाल तरणजीत सिंह सन्धूले गहिरो दुःख व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री मोदीले मृतकका परिवारलाई प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट जनही दुई लाख भारतीय रुपैयाँ र घाइतेहरूलाई ५० हजार रुपैयाँ आर्थिक सहायता दिने घोषणा गर्नुभएको छ भने मुख्यमन्त्री रेखा गुप्ताले सरकारको प्रत्यक्ष निगरानीमा उद्धार तथा उपचार कार्य भइरहेको जानकारी दिँदै पीडित परिवारलाई आवश्यक सम्पूर्ण सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको छ। दिल्ली प्रहरीले घटनाको छानबिन सुरु गरिसकेको छ।