नेपाल-भारत मुद्दामा सूची बनाएर काम गर्न प्रधानमन्त्री मोदी तयार
June 3, 2026
जेठ २०, काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतबीच थाती रहेका तथा आपसी हितका विविध विषयहरूको सूची तयार पारेर समयसीमासहित काम गर्न आफू तयार रहेको बताउनु भएकाे छ । भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा भारत भ्रमणमा रहनुभएका सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँगको उच्चस्तरीय भेटवार्तामा प्रधानमन्त्री मोदीले यस्तो प्रतिबद्धता जनाउनु भएकाे हाे ।
नयाँ दिल्लीमा भएको सो मैत्रीपूर्ण भेटघाटका क्रममा प्रधानमन्त्री मोदीले दुई देशबीचका साझा मुद्दाहरूलाई प्राथमिकताका आधारमा सम्बोधन गर्दै नतिजामुखी ढंगले अघि बढ्नुपर्नेमा जोड दिनुभएकाे छ । रास्वपाको तर्फबाट वार्तामा सहभागी टोलीका अनुसार प्रधानमन्त्री मोदी दुई देशको सम्बन्धलाई व्यावहारिक र समयबद्ध बनाउन सकारात्मक देखिनुभएकाे हाे ।
रास्वपा सभापति लामिछाने पाँच दिने औपचारिक भ्रमणका क्रममा गत जेठ १८ गते नयाँ दिल्ली प्रस्थान गर्नुभएकाे थियाे । भ्रमण दलमा सभापति लामिछानेसहित उहाँकी पत्नी निकिता पौडेल, पार्टीका सहमहामन्त्री विपिन आचार्य, सचिवालय सदस्य एवं विदेश विभाग प्रमुख बोहोरा र प्रदीप आचार्य रहनुभएकाे छ ।
नेपालमा नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको रास्वपा र भारतको संस्थापन पक्षबीच नयाँ दिल्लीमा भएको यो उच्चस्तरीय राजनीतिक संवादलाई दुई देशबीचको आपसी सम्बन्ध र आगामी सहकार्यका दृष्टिले अर्थपूर्ण रूपमा हेरिएको छ ।indi